• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बलम्बु महालक्ष्मी जात्रा


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जात्रै जात्राको शहर हो काठमाडौं । जात्रा नबुझी उपत्यकाको संस्कृति कल्पना पनि गर्न सकिँदैन । यहाँका रैथानेहरुलाई जात्रा भनेको सर्वाेपरी चिज हो । खासगरी आफ्नो गाउँ, टोल तथा क्षेत्रमा हुने जात्रा ।

    Advertisement

    उपत्यकाको कुनै न कुनै ठाउँमा कुनै न कुनै किसिमका जात्रा चलिरहेको हुन्छ । अर्थात्, उपत्यकामा जात्रा सदाबहार रुपमा चलिरहेको हुन्छ । केही दिन अघि नयाँ वर्ष (न्हुँद) सुरु भयो । नयाँ वर्ष लागेपछि उपत्यकामा पहिलो जात्रा हुन्छ चन्द्रागिरी नगरपालिकाको बलम्बुमा । एक महिनाको अवधिमा चन्द्रागिरी नगरपालिकाभित्र रहेका नैकाप, सतुंगल, बोसिगाउँ, मच्छेगाउँ, टौखेल, तीनथाना, र कीर्तिपुरसहितको सातगाँउले जात्रा हुँदैछ ।

    प्रसिद्ध सातगाँउले जात्रालाई बखु मह् जात्रा को नाममा स्थानीयले मनाउँदै आएका छन् । त्यस्तै थानकोटको जात्रालाई सखि मह् जात्रा भनिन्छ । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यस्तो हुन्छ लाः तिइ मह् जात्रा ।

    यसरी सुरु हुन्छ लाः तिइ मह् जात्रा

    नेपाल मण्डलका नेवार समुदायले आआफ्नो ठाउँ अनुुसार मौलिक तरिकाले जात्रा मनाउँछन् ।

    बलम्बु महालक्ष्मी जात्राको पनि फरक मौलिक पक्ष छ । उपत्यकामा मनाइने प्रायजसो जात्रा उस्तैउस्तै देखिन्छ । तर, हरेक जात्राको भित्री स्वरुप भने नितान्त फरक हुन्छ ।

    लाः ति मह् जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन छ । लाः को अर्थ मासु, तिइको अर्थ झोल र मह्को अर्थ भात हो ।

    यो जात्रा वर्षभरीको २४ अष्टमी मध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट शुरु हुन्छ । सो दिन छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरु छोयला, तखाः (थलथले), यला लगायतका परिकार बनाउँछन् । पाहुना बोलाएर खुवाउँछन् ।

    त्यस्तै जात्राको सम्पूर्ण जिम्मेवारी थकाली गुठी, दुवा गुठी र नाचखलः ले लिन्छ ।

    पूजा विधि

    मुः अष्टमीका दिन थकाली गुठीका सात जना गुठीयारहरु बिहानदेखि खाना नखाइ दिनभरी चोखो बस्छन् र मध्यरातमा ह्वंकू पूजा गर्छन् । यो पूजा पीठ अर्थात् पिंगलमा रहेको मन्दिरमा गरिन्छ ।

    ह्वंकू पूजामा एउटै राँगालाई दुई पटक बलि दिइन्छ । कथन अनुसार विधिवत् रुपमा पूजा सकिएपछि बलि दिइसकेको उक्त राँगालाई पुनः जोडेर महालक्ष्मीको मन्दिरमा ल्याई बलि दिने चलन छ । यसरी एउटै राँगालाई दुईपटक बलि दिने प्रतिकात्मक चलन उपत्यकामा सम्भवत कुमारी जात्रामा मात्र हो । यसरी बली दिने काम सकिएपछि थकाली गुठीयारहरु घर फर्कन्छन् ।

    मुःअष्टमीको मध्यरातमा बलम्बुका थकाली गुुठीयारहरु पुरोहितलाई लिएर कसैले नदेख्ने गरी एउटा राँगोसहित पीठमा ह्वंकू पूजा गर्न जान्छन् । थकाली गुठीयारहरु घर फर्कनासाथ दुवा गुठीका नौ जना गुठीयारहरु होम गर्न पीठमा जान्छन् । होम गर्न एक सय आठ थरीका अन्नको चरु बनाइएको हुन्छ । बाख्राको टाउको खरानी नभएसम्म होम गरिन्छ ।

    गुठीयारका नियम

    दुवा गुठीका गुठीयारहरुले अष्टमीको दिनबाट पाँच दिनसम्म आफ्नो घरमा पकाएको खाना खान नहुने चलन छ । उनीहरुले चिउरा, पिसेको केराउ, गुन्द्रुक र मुला खाएर बस्नुपर्ने हुन्छ ।

    नवमीका दिनलाई ‘तयारीको दिन’ पनि भनिन्छ । नवमीमा पाहुनाहरुलाई बोलाइ सत्कार गर्नका लागि विभिन्न परिकार तयार पारिन्छ ।

    सोही दिन जात्रामा आएका पाहुनाहरुको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ । कार्यक्रमा स्थानीय युवाहरुले विविध बाजागाजाका साथ नाच गान गर्छन् ।

    जात्राको मुख्य दिन

    दशमीको दिन जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यस दिन बिहानै नौ जना गुठीयारहरु कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् ।

    विधिवत् रुपमा पूजा गरिसकेपछि गुठीयारहरु नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठीयारहरु आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारहरुले पिउने चलन छ । त्यसपछि दुवा गुठीका नौ जना गुठीयार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट एउटा फूल खस्छ अनि मात्र दशमीको जात्रा विधिवत् रुपमा आरम्भ हुन्छ । पूजा लगत्तै मन्दिरमा रहेका मूर्तिहरुलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ । कुमारीलाई ह्वंकूमा बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिंगारिन्छ ।

    त्यसपछि ढकीलाई पीठमा लगिन्छ । अनि मात्र खटको जात्रा शुभारम्भ हुन्छ । खटको जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ । पीठमा लगिसकेपछि वृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानु पर्ने हुन्छ । पूजा सकिए लगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्धारेहरुले क्वाथः लेमा पूजा गर्छन् । उक्त पूजा सकिए लगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ नचाइन्छ । रथ दिन भरी नचाइन्छ । रथ नचाउनेहरुले खाली खुट्टा नचाउनु पर्ने हुन्छ ।

    बलम्बु जात्रा कुमारी, महालक्ष्मी र गणेशको रथ नचाईले गर्दा रोचक बनेको छ । यहाँका सांस्कृतिक बाजाहरुले जात्रालाई झनै शोभायमान बनाउँदै आइरहेको छ ।

    बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचीन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरु पनि अभिन्न रुपमा गाँसिएका छन् । नेवार समुदायको अगुवाईमा चल्ने यस्ता जात्रा नेपालको अमूल्य सम्पत्ति हो ।

    चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा यस वर्षको महालक्ष्मी जात्रा ‘लाः तिइ मर’ बुधबार सुरु भएको छ । वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट जात्रा सुरु हुन्छ । दशमी जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यस दिन बिहानै नौ जना गुठियारले कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् । विधिवत् रूपमा पूजा गरिसकेपछि गुठियारहरू नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठियार आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारले पिउने चलन छ । त्यसपछि गुठीका नौ जना गुठियार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट फूल खसेपछि मात्र दशमीको जात्रा विधिवत् रूपमा आरम्भ हुन्छ । पूजालगत्तै मन्दिरमा रहेका मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ ।

    कुमारीलाई बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिँगारिन्छ । त्यसपछि ढकीलाई पीठमा लगिन्छ र खटको जात्रा शुभारम्भ हुन्छ । जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ । पीठमा लगिसकेपछि बृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानुपर्ने हुन्छ । पूजा सकिएलगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्वारेले पूजा गर्छन् । पूजा सकिएलगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ दिनभरि नचाइन्छ । रथ नचाउनेले खाली खुट्टा नचाउनुपर्ने हुन्छ ।

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer