• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

बलम्बु महालक्ष्मी जात्रा


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जात्रै जात्राको शहर हो काठमाडौं । जात्रा नबुझी उपत्यकाको संस्कृति कल्पना पनि गर्न सकिँदैन । यहाँका रैथानेहरुलाई जात्रा भनेको सर्वाेपरी चिज हो । खासगरी आफ्नो गाउँ, टोल तथा क्षेत्रमा हुने जात्रा ।

    Advertisement

    उपत्यकाको कुनै न कुनै ठाउँमा कुनै न कुनै किसिमका जात्रा चलिरहेको हुन्छ । अर्थात्, उपत्यकामा जात्रा सदाबहार रुपमा चलिरहेको हुन्छ । केही दिन अघि नयाँ वर्ष (न्हुँद) सुरु भयो । नयाँ वर्ष लागेपछि उपत्यकामा पहिलो जात्रा हुन्छ चन्द्रागिरी नगरपालिकाको बलम्बुमा । एक महिनाको अवधिमा चन्द्रागिरी नगरपालिकाभित्र रहेका नैकाप, सतुंगल, बोसिगाउँ, मच्छेगाउँ, टौखेल, तीनथाना, र कीर्तिपुरसहितको सातगाँउले जात्रा हुँदैछ ।

    प्रसिद्ध सातगाँउले जात्रालाई बखु मह् जात्रा को नाममा स्थानीयले मनाउँदै आएका छन् । त्यस्तै थानकोटको जात्रालाई सखि मह् जात्रा भनिन्छ । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यस्तो हुन्छ लाः तिइ मह् जात्रा ।

    यसरी सुरु हुन्छ लाः तिइ मह् जात्रा

    नेपाल मण्डलका नेवार समुदायले आआफ्नो ठाउँ अनुुसार मौलिक तरिकाले जात्रा मनाउँछन् ।

    बलम्बु महालक्ष्मी जात्राको पनि फरक मौलिक पक्ष छ । उपत्यकामा मनाइने प्रायजसो जात्रा उस्तैउस्तै देखिन्छ । तर, हरेक जात्राको भित्री स्वरुप भने नितान्त फरक हुन्छ ।

    लाः ति मह् जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन छ । लाः को अर्थ मासु, तिइको अर्थ झोल र मह्को अर्थ भात हो ।

    यो जात्रा वर्षभरीको २४ अष्टमी मध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट शुरु हुन्छ । सो दिन छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरु छोयला, तखाः (थलथले), यला लगायतका परिकार बनाउँछन् । पाहुना बोलाएर खुवाउँछन् ।

    त्यस्तै जात्राको सम्पूर्ण जिम्मेवारी थकाली गुठी, दुवा गुठी र नाचखलः ले लिन्छ ।

    पूजा विधि

    मुः अष्टमीका दिन थकाली गुठीका सात जना गुठीयारहरु बिहानदेखि खाना नखाइ दिनभरी चोखो बस्छन् र मध्यरातमा ह्वंकू पूजा गर्छन् । यो पूजा पीठ अर्थात् पिंगलमा रहेको मन्दिरमा गरिन्छ ।

    ह्वंकू पूजामा एउटै राँगालाई दुई पटक बलि दिइन्छ । कथन अनुसार विधिवत् रुपमा पूजा सकिएपछि बलि दिइसकेको उक्त राँगालाई पुनः जोडेर महालक्ष्मीको मन्दिरमा ल्याई बलि दिने चलन छ । यसरी एउटै राँगालाई दुईपटक बलि दिने प्रतिकात्मक चलन उपत्यकामा सम्भवत कुमारी जात्रामा मात्र हो । यसरी बली दिने काम सकिएपछि थकाली गुठीयारहरु घर फर्कन्छन् ।

    मुःअष्टमीको मध्यरातमा बलम्बुका थकाली गुुठीयारहरु पुरोहितलाई लिएर कसैले नदेख्ने गरी एउटा राँगोसहित पीठमा ह्वंकू पूजा गर्न जान्छन् । थकाली गुठीयारहरु घर फर्कनासाथ दुवा गुठीका नौ जना गुठीयारहरु होम गर्न पीठमा जान्छन् । होम गर्न एक सय आठ थरीका अन्नको चरु बनाइएको हुन्छ । बाख्राको टाउको खरानी नभएसम्म होम गरिन्छ ।

    गुठीयारका नियम

    दुवा गुठीका गुठीयारहरुले अष्टमीको दिनबाट पाँच दिनसम्म आफ्नो घरमा पकाएको खाना खान नहुने चलन छ । उनीहरुले चिउरा, पिसेको केराउ, गुन्द्रुक र मुला खाएर बस्नुपर्ने हुन्छ ।

    नवमीका दिनलाई ‘तयारीको दिन’ पनि भनिन्छ । नवमीमा पाहुनाहरुलाई बोलाइ सत्कार गर्नका लागि विभिन्न परिकार तयार पारिन्छ ।

    सोही दिन जात्रामा आएका पाहुनाहरुको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ । कार्यक्रमा स्थानीय युवाहरुले विविध बाजागाजाका साथ नाच गान गर्छन् ।

    जात्राको मुख्य दिन

    दशमीको दिन जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यस दिन बिहानै नौ जना गुठीयारहरु कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् ।

    विधिवत् रुपमा पूजा गरिसकेपछि गुठीयारहरु नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठीयारहरु आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारहरुले पिउने चलन छ । त्यसपछि दुवा गुठीका नौ जना गुठीयार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट एउटा फूल खस्छ अनि मात्र दशमीको जात्रा विधिवत् रुपमा आरम्भ हुन्छ । पूजा लगत्तै मन्दिरमा रहेका मूर्तिहरुलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ । कुमारीलाई ह्वंकूमा बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिंगारिन्छ ।

    त्यसपछि ढकीलाई पीठमा लगिन्छ । अनि मात्र खटको जात्रा शुभारम्भ हुन्छ । खटको जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ । पीठमा लगिसकेपछि वृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानु पर्ने हुन्छ । पूजा सकिए लगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्धारेहरुले क्वाथः लेमा पूजा गर्छन् । उक्त पूजा सकिए लगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ नचाइन्छ । रथ दिन भरी नचाइन्छ । रथ नचाउनेहरुले खाली खुट्टा नचाउनु पर्ने हुन्छ ।

    बलम्बु जात्रा कुमारी, महालक्ष्मी र गणेशको रथ नचाईले गर्दा रोचक बनेको छ । यहाँका सांस्कृतिक बाजाहरुले जात्रालाई झनै शोभायमान बनाउँदै आइरहेको छ ।

    बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचीन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरु पनि अभिन्न रुपमा गाँसिएका छन् । नेवार समुदायको अगुवाईमा चल्ने यस्ता जात्रा नेपालको अमूल्य सम्पत्ति हो ।

    चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा यस वर्षको महालक्ष्मी जात्रा ‘लाः तिइ मर’ बुधबार सुरु भएको छ । वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट जात्रा सुरु हुन्छ । दशमी जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यस दिन बिहानै नौ जना गुठियारले कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् । विधिवत् रूपमा पूजा गरिसकेपछि गुठियारहरू नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठियार आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारले पिउने चलन छ । त्यसपछि गुठीका नौ जना गुठियार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट फूल खसेपछि मात्र दशमीको जात्रा विधिवत् रूपमा आरम्भ हुन्छ । पूजालगत्तै मन्दिरमा रहेका मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ ।

    कुमारीलाई बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिँगारिन्छ । त्यसपछि ढकीलाई पीठमा लगिन्छ र खटको जात्रा शुभारम्भ हुन्छ । जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ । पीठमा लगिसकेपछि बृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानुपर्ने हुन्छ । पूजा सकिएलगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्वारेले पूजा गर्छन् । पूजा सकिएलगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ दिनभरि नचाइन्छ । रथ नचाउनेले खाली खुट्टा नचाउनुपर्ने हुन्छ ।

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer