• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, पुष २१, २०८२
☰
सोमबार, पुष २१, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ३. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. हामी युक्रेन शान्ति सम्झौताको निकै नजिक छौं: राष्ट्रपति ट्रम्प

  • १०. इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

गाजाका ४० हजार बालबालिकालाई खोप दिदै डब्लुएचओ


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

    Advertisement

    सङ्गठनका उच्चाधिकारीले यस अभियानले गाजाको गम्भीररूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् । डब्लुएचओ र यसका साझेदार संस्थाले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए ।

    डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनिया जस्ता गम्भीर रोगबाट जोगाउने लक्ष्य राखिएको छ ।

    अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइने छ । महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनः उपकरण र पुनर्निर्माणमा सहयोग पुर्याउन सहज भएको उल्लेख गर्नुभयो ।

    यसैबिच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबिच गत अक्टोबर १० मा लागू भएको युद्ध विराम कायम राख्न सघाएको बताइन्छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ ।

    उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुने महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ । (एएफपी)

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ३.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ४.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    • ५.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ६.
      आज २०८२ साल पौष १७ गते बिहिवार

    भर्खरै

    • १.
      आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स

    • ४.
      आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ७.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer