• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, पुष २१, २०८२
☰
सोमबार, पुष २१, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ३. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. हामी युक्रेन शान्ति सम्झौताको निकै नजिक छौं: राष्ट्रपति ट्रम्प

  • १०. इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

राष्ट्रपति पुटिन भारतको राजकीय भ्रमणमा


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि भारत भ्रमणका लागि आइपुगेका छन । राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि हिजो मस्कोबाट प्रस्थान गर्नु भएको हो । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । उहाँलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ एयरपोर्ट पुगेका थिए।

    Advertisement

    प्रधानमन्त्री मोदीले राति पुटिनको सम्मानमा रात्रि भोजको आयोजना पनि गरेका छन् । पुटिन करिब ३० घन्टा भारतमा बस्ने कार्यक्रम रहेको छ । उहाँ भारत पुग्नुअघि रुसका उपप्रधानमन्त्री डेनिस मान्तुरोव, रक्षा मन्त्री सर्गेइ सोइग, कृषिमन्त्री दिमित्री पेट्रोभलगायतका मन्त्रीहरू दिल्ली पुगेका थिए । भारत भ्रमणको क्रममा पुटिनले ठूलो मात्रामा भारतसँग रक्षा सम्झौता गर्न सक्ने र भारतले रसियाबाट खरिद गर्दै आएको पेट्रोलियम पदार्थलाई निरन्तरता दिन पहल गर्ने अपेक्षा गरिएको छ । साथै दुई देशबीचको व्यापारिक साझेदारीलाई थप मजबुत बनाउन पनि पहल हुने जनाइएको छ ।

    पुटिनको कार्यतालिका: आज बिहान ९ बजे: राष्ट्रपति भवनमा गार्ड अफ अनर – १० बजे: राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जलि – ११ बजे: हैदराबाद हाउसमा २३ औँ भारत-रसिया समिटमा सहभागी – ४ बजे: हैदराबाद हाउसमा इन्डिया-रसिया बिजनेस फोरमलाई सम्बोधन – ५ बजे: भारत मण्डपमा बिजनेस लिडर्ससँग छलफल – ७ बजे: राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको स्टेट डिनरमा सहभागी पुटिनको भारत भ्रमणले दुई देशबीच रणनीतिक, आर्थिक र रक्षा सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नु भएको थियो । यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो । रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्ने छ ।साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा पनि मुख्य एजेन्डामा समेटिने छन् । तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर-व्यावसायिक निकायबिचका ज्ञापन पत्र हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।

    डिसेम्बर ५ अर्थात् आज शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नु हुने छ । त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ-आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुनुहुने छन । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइने छ ।

    भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय-वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

    पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत-रुस अन्तरसरकारी आयोगका सह-अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबिचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताउनुभएको थियो ।

    यसैबिच, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस-४०० लामो दूरीको एन्टी-एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुन सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “रुसी हतियार भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।”

    रुसले भारतलाई पाँचौ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु-५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ । पेसकोभका शब्दमा, “एसयु-५७ विश्वकै उत्कृष्ट विमान मध्ये एक हो र यसको विषयमा छलफल हुन सक्ने छ ।” पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबिचको सहकार्यको आधार भएको बताउनुभयो ।

    उहाँका अनुसार भारत-रुसबिच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुन सक्ने छ । दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गर्नु भएको थियो । यस पटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५ औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ ।

    सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’का रूपमा उकासिएको थियो । हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन् । सन् २०२४-२५ मा भारत-रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।(एजेन्सी)

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ३.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ४.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    • ५.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ६.
      आज २०८२ साल पौष १६ गते बुधवार

    भर्खरै

    • १.
      आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स

    • ४.
      आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ७.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer