• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

सुदुरको शान: मेलौली भगवती मन्दिर, परिचय, विद्यमान अवस्था र सम्भाव्यता


  •   सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिम प्रदेश, वैतडी जिल्लाको तल्लो स्वराड अन्तर्गत मेलौली नगरपालिकामा पर्ने सुदुरको सम्पत्ती मेलौली भगवती मन्दिर १३४ रोपनीको सुन्दर दुवाचौरमा अवस्थित छ । बैतडी जिल्लाको जिल्ला सदरमुकामबाट १२ कोश दक्षिणमा पर्ने यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । समुद्री सतहबाट लगभग १७०० मिटरको उचाईमा अवस्थित यो मन्दिर कलाको सुन्दर नमूना हो । यस क्षेत्रमा समशीतोष्ण हावापानी पाइन्छ । पाटन पञ्चेश्वर सडक मार्गको पाटन मेलौली खण्डमा चल्ने सवारी साधनबाट तीस किलोमिटरको यात्रापछि पुग्न सकिने यो मन्दिरमा हेलिकेप्टरबाट पनि पुग्न सकिन्छ । समयसमयमा पुनःनिर्माण कार्य पनि हुदै आएको यस मन्दिरको पछिल्लो पुनःर्निर्माण कार्य वि.सं २०३८ सालबाट सुरु भइ २०४३ सालमा सम्पन्न भएको थियो भने मर्मत सम्भार, सजावट तथा रंगरोगनको कार्य अहिले पनि जारी छ ।

    Advertisement

    शक्तिशाली तथा प्रसिद्ध शक्तिपीठका रुपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा कार्तिक शुक्ल चतुर्दशी, असौज नवरात्री र चैत्र नवरात्रीमा हुन्छ । पूजारीको अधिकार ओझा,जोशी,बाग,पैंतोला हुदै पालीका भट्ट ब्रहामण सम्म पुग्छ । उसो त यहाँ गौरा पर्वको वेला पनि मेला लाग्छ र दिनहुू जसो दर्शनाभिलासी भक्तजन आई रहन्छन् तर कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा उल्लेखनीय छ । नेपाल र भारतका विभित्र स्थानबाट हजारौंको संख्यामा मेला भर्न आउने दर्शनाभिलासी भक्तजनहरूमा निकै उत्साह हुन्छ। डेउडा पारखीहरू अहोरात्र डेउडामा झुमेका हुन्छन् । करौडौको व्यापार हुन्छ । नेजा, ध्वजा ,भाना, भोक्कर,नरसिंहा, झ्याली लगायत दाईन (दमाहाको बाजा) गाजा सहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएका धामी सवार डोल जात्राको महत्व पनि उत्तिकै छ । दशौं व्यक्तिहरूले बोक्ने चक्डोलमा सवार भइ पूर्णिमाका बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म धामी काम्ने गरेकोे अनुपम दृष्यको दृष्यावलोकन गर्न टाढा टाढाबाट दर्शनाभिलासीहरू राती नै आइ सकेका हुन्छन् । छुट्टिएका परिजनहरू र विछोडिएका इष्टमित्रहरूको पुनर्मिलन समेत गराउने यस पर्वको सामाजिक महत्व पनि उत्तिकै छ ।

    मेलौली भगवतीको उत्पत्ति सम्वन्धी किंवदन्ती
    एघारौं शदीतिर भारतमा हिन्दु मुस्लिम दंगाकोक्रममा आफ्नो सनातन धर्मको रक्षार्थ कुमाउ हुदै काली तरी आएका कत्युरा वंशी पोखर्याल थर भएका मानिसको दुधालु गाई वन जाने बेलामा अतिदुर्गम सिमपडको उकालो चट्टान भएको बाटोबाट जाने र फर्किदा सिरोडाको सरल बाटो भएर आउूने गर्दथ्यो । गोधुलीमा घर आउूदा उक्त गाईको कल्चौडी भरिनुको सट्टा खाली भएको पाइन थाल्यो । एक दिन हैन दुई दिन हैन नियमित यही प्रक्रिया दोहोरिन थाल्यो । हुदा हुदा दुधालु गाईले घरमा दूध दिन छाडे पछि गोठालामाथी बनमै दूध दुहेर खाएको सङ्का गरिन थाल्यो । सोही क्रम दोहोरिन थालेपछि एकदिन गोठालोले दोबाउ बसी त्यस गाईको चेवा गर्यो । गोठालोले ग्वाल्लेकधुराको झाडीमा गएर गाईले एउटा शिला माथि दूध चुहाइरहेको देख्यो । उसले तत्काल घर गएर सबै कुरा बतायो । गाई मालिकले त्यस दूध खाने शिलालाई अज्ञात शक्ति भएको ठान्दै त्यसलाइ महाकाली नदीमा बगाएर आउने निर्णय गरी डोकोमा हालेर सुकेको मेलको ली टेक्दै महाकाली नदी तर्फ प्रस्थान गरे । गाई मालिक पोखर्याल अहिलेको मन्दिर भएको ठाउूमा पुगिसकेपछि दिसा पिसाब लाग्यो । उसले शौच गर्न जाने हेतुले मेलको लीको अडेसमा डोको त्यही बिसायोे । शौच गरिसकेपछि सौडानीे लगायतका स्थानमा पानीको खोजी गर्दा भएको पानी पनि बिलाउदै गरेको अनौठो दृश्य देख्यो । शिला बिसाएको ठाउूमा आएर हेर्दा आङ्खनो सुकेको मेलको ली समेत पलाएर बोठको रुपमामा परिणत भएको देखेपछि उसलाई झन अचम्म लाग्यो । उसले भएर डोकोनेर गई शौच शुद्घिगर्न नपाएको र पानी देखेका स्थानमा समेत पानी विलाएको दुखेसो पोख्दा डोको भित्ररहेको शिलाबाट ूतिमीले पानी विलाउदै देखेको स्थानमैं पानी पाउने छौ , तर मलाइ अव कही नलग्नू यो स्थान मलाई मन प¥यो, म यहीं बस्ने छु भन्ने आवाज आएको र नभन्दै उसले सौडानीमैं पानी पाएको थियो भन्ने किंवदन्ती रही आएको छ । त्यसपछि वरपर अरुलाई पनि यो घटना सुनाएका र सबै मिली मन्दिर बनाई पूजा आजा चलाएको भत्रे किंवदन्तीलाई सावित गर्न त्यो मेलको हराभरा भएको बोट अहिले पनि मन्दिर गाथभित्र यथावत् रहेको देख्न सकिन्छ ।

    मुख्य आकर्षणहरू :
    दुई ओटा छत राखेर निर्माण गरिएको आकर्षक प्यागोडा शैलीको मन्दिरको संरचना,

    औजारहरूद्वारा काट्न सकिने विशेष ढुङ्गाबाट बनेका मन्दिरका भित्तााहरू,

    रहष्यमय देवाकृति झल्काउने सुन्दर भित्तो चित्रयुक्त प्रवेशद्वारहरू,

    एक मिटर भन्दा बढी लम्बाइको स्थानीय शिल्पकार गोपाल दयालद्वारा निर्मित बाघका कंक्रिट मूर्ति,

    मन्दिर भित्र र वाहिर रहेका विभित्र आकारका धातु एवं प्रस्तर मूर्तिहरू,

    ऐतिहासिक महत्वका शिलालेखहरू,

    झण्डै तीस मिटर अग्लो फलामे पिङ,

    विशाल दुवाचौर,

    काला खाम एवं अन्य खम्बाहरू,

    आसा,बुर्जा, ,चक्डोल, ६० मना चामलको भात पकाउन सकिने ताउली एवं घण्टीहरू,

    मन्दिर प्राङ्गणबाट देखिने सिमापड. लगायतका पर्वतहरूको दृष्य,

    मन्दिर प्राङ्गणबाट देखिने विहानी सूर्योदयको मनोरम दृष्य,

    विभित्र सामाजिक अध्ययनहरूका लागि मन्दिर छेउमैं रहेको देही गाउँ ।
    जय श्री मेलौली भगवती ।

    (स्रोत: उद्बव सिंह, बैतडी)

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer