• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, पुष १९, २०८२
☰
शनिबार, पुष १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. लेखक संघको पूर्ण बैठक माघ १७ मा

  • ३. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पुस १४ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ९. आज २०८२ साल पौष १४ गते सोमवार (Dec 29, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • १०. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन


  •   शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुन्तला पहाडी भुभागमा हुने हिउदे फलफुल हो । यसको उत्पादन प्राय देशका पहाडी जिल्लाहरुमा हुने गर्दछ । व्याबसायीक उत्पादनका लागी गोरखा, काभ्रे, धादिंग, स्याङ्जा आदि पहाडी जिल्लाहरु चर्चित छन ।

    Advertisement

    यसमध्ये एक हो स्याङ्जा जिल्ला । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको बताईन्छ । गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ ।

    गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको बताईन्छ । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।

    विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    जमिनको सतह पाखो, भिरालो तथा उचाई लगभग १५०० मिटर रहेको र पुर्वतर्फ फर्किएको पहाडी भुभागको जमिन सुन्तला बगैँचा निर्माण तथा खेतिका लागी उपयुक्त हुन्छ । पाखो जमिनमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले स्याङ्जाका किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

    शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      लेखक संघको पूर्ण बैठक माघ १७ मा

    • ३.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ४.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ५.
      आज २०८२ साल पौष १६ गते बुधवार

    • ६.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ३.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

    • ६.
      स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन

    • ७.
      आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer