• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेकपा एमाले र दोलखाको विकास


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • भोला खतिवडा

    Advertisement

    नेपालमा बहुदल पश्चात् २०४८ सालमा पहिलो पटक आमनिर्वाचन भएको थियो । लगत्तै २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । २०५१ सालमा मध्यावधि निर्वाचन भयो । २०५४ सालमा दोस्रो पटक स्थानीय निकायहरुको निर्वाचन भयो । २०५६ सालमा आमनिर्वाचन भयो । त्यसपछि धेरै वर्ष निर्वाचन भएन । २०६४ सालमा संविधान सभाको निर्वाचन भयो तर नागरिकको घरदैलोका जनप्रतिनिधिहरु जुन स्थानीय निकायका हुने गर्दछन् त्यो चुनिने निर्वाचन भएन । २०७० सालमा दोस्रो पटक संविधान सभाको निर्वाचन भयो । २०७२ सालमा नेपालको नयाँ संविधान आएपछि २०७४ सालमा स्थानीय तह र आमनिर्वाचन भए । अहिले २०७९ मा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ भने आम निर्वाचनको संघारमा हामी रहेका छौँ ।

    यी निर्वाचनहरुमध्ये अधिकांशमा नेकपा एमाले विजय भएको छ । त्यसैले पनि दोलखाको सन्दर्भमा समग्र विकासको जस र अपजस नेकपा एमालले नै लिनु पर्दछ । विकासको अगुवाई जनप्रतिनिधिहरुले गरेका हुन् तर विकास गर्ने नागरिकहरु नै हुन् । दोलखाको सन्दर्भमा बहुदल पछिको निर्वाचन २०४८ को संसदीय निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभामा २ जना नै नेकपा एमालेका प्रतिनिधिहरु विजयी हुनु भएको थियो । त्यसपछि के कस्ता विकास भए वा उपलव्धीहरु हासिल भए भनी यस लेखमा लेखाजोखा गर्ने कोसिस गरिएको छ ।

    विद्युत विकासतर्फ

    २०४८ मा दोलखा जिल्लाका सीमित सहरी क्षेत्रमा मात्र विद्युत सेवा पहुँच रहेकोमा हाल लगभग शतप्रतिशत घरधुरीमा विस्तार भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भई विद्युत उत्पादन भएका राष्ट्रिय जलविद्युत आयोजनामध्ये राष्ट्रिय गौरवको हालसम्मकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो–तामाकोशी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुन थालिसकेको छ । दोलखाको उत्तरी क्षेत्रको आर्थिक भौतिक तथा समाजिक विकासमा अतुलनीय योगदान पुगेको छ । उक्त आयोजनाको कारण सिंगो मुलुक लोडसेडिङमुक्त भई हाम्रो देश विद्युत निर्यात गर्ने हैसियतमा पुगेको छ र आगामी आर्थिक वर्षवाट ३० करोड भन्दा बढी रोयल्टी दोलखाले प्राप्त गर्ने निश्चित छ । खिम्ती जलविद्युत् आयोजनाको रोयल्टीबापत तामाकोशी गाउँपालिकाले वार्षिक रूपमा लगभग ८ करोड बजेट प्राप्त गर्दै आएको छ । यसबाहेक दोलखामा विभिन्न विद्युत् आयोजनाहरू सम्पन्न भएका छन् । उक्त आयोजनाहरूले थप २०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा योगदान गरेका छन् । अहिले पनि थुप्रै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका छन् । दोलखा जिल्ला र समग्र तामाकोशी नदी प्रवाह प्रणाली देशकै महत्वपूर्ण जलविद्युत ‘हब’ को रूपमा आफ्नो परिचय बनाएको छ ।

    सडकतर्फ

    तीन दशक अघिसम्म दोलखा जिल्लामा लामोसाँघु– जिरी सडक खण्ड मात्र निर्माण भएको थियो । मुडेदेखि जिरीसम्म ८० किमि रहेको थियो । २०५१ सालको नेकपा एमाले सरकारले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने विकास केन्द्रीत नीतिको पृष्ठभूमिमा हाल ३०० किमीभन्दा बढी पक्की सडक र २००० किमीभन्दा बढी कच्ची सडक निर्माण भएको छ । यो सडकको लम्वाइलाई तुलनामा गर्ने हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ओहोरदोहोर गरेभन्दा पनि बढी हुन्छ ।

    दोलखाका ग्रामीणस्तरमा नै यसले जिल्लाको यातायात प्रणालीलाई व्यापक र सहज बनाएको छ । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट ३ घण्टा समयको यात्रामा सदरमुकाम आइपुग्न सकिन्छ । यस प्रकारको यातायात पहुँच देशका अन्य पहाडी जिल्लाहरूमा विरलै पाइन्छ । लामोसाँघु जिरी सडकलाई डबल लेनको बनाउने, चरिकोट र जिरी बजारको शहरी सडक विस्तार गर्ने, भीरकोट–हावा सडक र चरिकोट–सिंगटी सडक कालोपत्रे गर्ने कार्य भैसकेको छ ।

    स्वास्थ्य सेवातर्फ

    जिरी र चरिकोटमा रहेको अस्पताललाई व्यापक स्तरोन्नति भएको छ । जिल्लाभित्र ६० वटा स्वास्थ्य चौकी र ४० भन्दा बढी आधारभूत प्रयोगशाला स्थापना भएका छन् । ग्रामीण क्षेत्रमा स्थापित ती स्वास्थ्य संस्थाहरूबाट ५० भन्दा बढी एम्बुलेन्सहरू सञ्चालन भई आपतकालीन सेवा दिइरहेका छन् । कतिपय वडाहरु ‘जिरो होमडेलिभरी’ पहिचान समेत पाइसकेका छन् । चरिकोट र जिरी अस्पतालका अलावा सिंगटी, मागादेउराली, मैनापोखरी, मालु, मेलुङ लगायतका स्थानमा डाक्टर, नर्स र लाइफ सपोर्ट सिष्टमसहितका आधारभूत अस्पतालहरू स्थापना भएका छन् । यसका अलावा सदरमुकाम चरिकोट र अन्य बजारहरूमा निजी क्षेत्रका एक दर्जन अस्पताल र उपचारात्मक सेवाहरू स्थापना भएका छन् । देशव्यापी अभियानको रुपमा सुरुवात गरेको पालिकास्तरीय आधारभूत अस्पतालहरू निर्माणको क्रममा रहेका छन् ।

    शिक्षातर्फ

    २०४८ सालमा प्रमाणपत्र तह मात्र सञ्चालित गौरीशङ्कर क्याम्पस हाल विस्तृत पूर्वाधारसहित स्नातकोत्तर तहसम्म पढाइने बहुमुखी क्याम्पसको रूपमा सञ्चालित छ । तीन दशकको अवधिमा जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । ग्रामीण क्षेत्रमा देखिने पहेलो रंगका ठूला भवन देखिनासाथ यो विद्यालय वा स्वास्थ्य केन्द्रको भवन भनी अनुमान गर्न मिल्ने अवस्था रहेको छ ।

    अन्य पूर्वाधारतर्फ

    २०७२ सालको भूकम्प पश्चात् जिल्लाभित्र करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला स्थापना भएका छन् । भूकम्प पछिको नीजि घर निर्माणमा पनि सफलता नै हात लागेको छ ।
    भूकम्प पश्चात् जिल्लाभित्र २ दर्जन जिल्लास्तरीय सरकारी कार्यालयका भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, ५० वटा स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका १५ वटा भवनहरू र १०० वटा भन्दा बढी सामुदायिक भवनहरू निर्माण भएका छन् ।

    वित्तीय विकासतर्फ

    तीन दशक अघिसम्म साहु महाजनहरूबाट चर्को ब्याजको ऋण लिनुपर्ने वाध्यता थियो । सहकारीको विस्तारका कारण सो वाध्यताबाट आम दोलखालीमुक्त भई सामान्तवादी अर्थ व्यवस्थाको अन्त्य भएको छ । दोलखा जिल्लाले सहकारी आन्दोलनमा ठूलो सफलता हासिल गरेको छ । दोलखाका धेरै सहकारीहरु राष्ट्रिय स्तरमै ख्याति कमाएका छन् । यसका अलावा जिल्लाभित्र ५०० भन्दा बढी सहकारीहरू स्थापना र सञ्चालन भएका हुन् । जसबाट जिल्लाभित्र १५ अर्बभन्दा बढीको पूँजी परिचालन हुन सकेको छ । झण्डै एक हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले जिल्ला र देशकै आर्थिक बृद्धि र फैलावटमा पर्याप्त योगदान गरेको छ । सहकारी अभियान दोलखाका ७४ वटै वडाहरुमा फैलिएको छ । २०४८ सालमा जिल्लाभर नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु मात्र सञ्चालनमा रहेकोमा हाल सरकारी र निजी गरेर विभिन्न बैँकका ७० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसले जिल्लाको आर्थिक कारोबारको आकारलाई प्रष्ट गर्दछ ।

    सञ्चार, पर्यटन तथा कृषितर्फ

    २०४८ सालमा दूरसञ्चारको क्षेत्रमा अति सीमित टेलिफोन सेवा अहिले जिल्लाभर फोन सेवा, इन्टरनेटसमेत सुचारु भएको छ । तीन दशक अघि रेडियो नेपालको कुनै विकल्प थिएन अहिले दोलखामा नै १० वटा एफएम रेडियो स्टेशन स्थापना भइ सञ्चालनमा आएका छन् । पर्यटन विकासमा कालिन्चोक क्षेत्रमा केबलकारसहित कुरीको पर्यटकीय बजार स्थापना, चरिकोट आसपास दर्जनौं पर्यटकीय गन्तव्यको विकास, दोलखा भीमेश्वर क्षेत्रको जीर्णोद्धार र शैलुङ क्षेत्रमा पर्यटन पदमार्गहरूको निर्माण लगायतका कार्यहरू भएका छन् ।

    जिल्ला भित्रका ९० प्रतिशत घरधुरीलाई आधुनिक प्रणालीको खानेपानी उपलब्ध गराइएको छ भने सिंचाइयोग्य जमिनको ८० प्रतिशत क्षेत्रमा सिंचाइको सुविधा पुर्‍याइएको छ ।
    यहाँ केही उपलव्धीहरुको मात्र चर्चा गरिएको हो । यो भन्दा धेरै विकास भएको छ । विस्तृतरुपमा लेखाजोखा गर्ने हो भने लामो श्रृखला हुनसक्छ । यी उपलव्धी हासिल गर्न दोलखालीको महत्वपूर्ण योगदान रहेको छ । यसको अगुवाई नेकपा एमालेले गरेको भन्न कुनै कन्जुस्याई गर्नुपर्ने देखिन्न । दीर्घकालीन विकासको दृष्टिकोण सहितको योजना बनाउने र त्यसको समन्वयात्मक भूमिकासहित नेतृत्व गर्नमा एमाले अग्रपंक्तिमा रहेको छ । दोलखालीले चाहेजतिको विकास भएन होला तर बिर्सनै नहुने कुरा विकास गरेर टुङ्गिने कुरा होइन । यो निरन्तर चलिरहने प्रकृया हो ।

    लेखक नेकपा एमाले भीमेश्वर नगरकमिटीका सचिव हुन् ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer