• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेकपा एमाले र दोलखाको विकास


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • भोला खतिवडा

    Advertisement

    नेपालमा बहुदल पश्चात् २०४८ सालमा पहिलो पटक आमनिर्वाचन भएको थियो । लगत्तै २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । २०५१ सालमा मध्यावधि निर्वाचन भयो । २०५४ सालमा दोस्रो पटक स्थानीय निकायहरुको निर्वाचन भयो । २०५६ सालमा आमनिर्वाचन भयो । त्यसपछि धेरै वर्ष निर्वाचन भएन । २०६४ सालमा संविधान सभाको निर्वाचन भयो तर नागरिकको घरदैलोका जनप्रतिनिधिहरु जुन स्थानीय निकायका हुने गर्दछन् त्यो चुनिने निर्वाचन भएन । २०७० सालमा दोस्रो पटक संविधान सभाको निर्वाचन भयो । २०७२ सालमा नेपालको नयाँ संविधान आएपछि २०७४ सालमा स्थानीय तह र आमनिर्वाचन भए । अहिले २०७९ मा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ भने आम निर्वाचनको संघारमा हामी रहेका छौँ ।

    यी निर्वाचनहरुमध्ये अधिकांशमा नेकपा एमाले विजय भएको छ । त्यसैले पनि दोलखाको सन्दर्भमा समग्र विकासको जस र अपजस नेकपा एमालले नै लिनु पर्दछ । विकासको अगुवाई जनप्रतिनिधिहरुले गरेका हुन् तर विकास गर्ने नागरिकहरु नै हुन् । दोलखाको सन्दर्भमा बहुदल पछिको निर्वाचन २०४८ को संसदीय निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभामा २ जना नै नेकपा एमालेका प्रतिनिधिहरु विजयी हुनु भएको थियो । त्यसपछि के कस्ता विकास भए वा उपलव्धीहरु हासिल भए भनी यस लेखमा लेखाजोखा गर्ने कोसिस गरिएको छ ।

    विद्युत विकासतर्फ

    २०४८ मा दोलखा जिल्लाका सीमित सहरी क्षेत्रमा मात्र विद्युत सेवा पहुँच रहेकोमा हाल लगभग शतप्रतिशत घरधुरीमा विस्तार भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भई विद्युत उत्पादन भएका राष्ट्रिय जलविद्युत आयोजनामध्ये राष्ट्रिय गौरवको हालसम्मकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो–तामाकोशी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुन थालिसकेको छ । दोलखाको उत्तरी क्षेत्रको आर्थिक भौतिक तथा समाजिक विकासमा अतुलनीय योगदान पुगेको छ । उक्त आयोजनाको कारण सिंगो मुलुक लोडसेडिङमुक्त भई हाम्रो देश विद्युत निर्यात गर्ने हैसियतमा पुगेको छ र आगामी आर्थिक वर्षवाट ३० करोड भन्दा बढी रोयल्टी दोलखाले प्राप्त गर्ने निश्चित छ । खिम्ती जलविद्युत् आयोजनाको रोयल्टीबापत तामाकोशी गाउँपालिकाले वार्षिक रूपमा लगभग ८ करोड बजेट प्राप्त गर्दै आएको छ । यसबाहेक दोलखामा विभिन्न विद्युत् आयोजनाहरू सम्पन्न भएका छन् । उक्त आयोजनाहरूले थप २०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा योगदान गरेका छन् । अहिले पनि थुप्रै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका छन् । दोलखा जिल्ला र समग्र तामाकोशी नदी प्रवाह प्रणाली देशकै महत्वपूर्ण जलविद्युत ‘हब’ को रूपमा आफ्नो परिचय बनाएको छ ।

    सडकतर्फ

    तीन दशक अघिसम्म दोलखा जिल्लामा लामोसाँघु– जिरी सडक खण्ड मात्र निर्माण भएको थियो । मुडेदेखि जिरीसम्म ८० किमि रहेको थियो । २०५१ सालको नेकपा एमाले सरकारले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने विकास केन्द्रीत नीतिको पृष्ठभूमिमा हाल ३०० किमीभन्दा बढी पक्की सडक र २००० किमीभन्दा बढी कच्ची सडक निर्माण भएको छ । यो सडकको लम्वाइलाई तुलनामा गर्ने हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ओहोरदोहोर गरेभन्दा पनि बढी हुन्छ ।

    दोलखाका ग्रामीणस्तरमा नै यसले जिल्लाको यातायात प्रणालीलाई व्यापक र सहज बनाएको छ । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट ३ घण्टा समयको यात्रामा सदरमुकाम आइपुग्न सकिन्छ । यस प्रकारको यातायात पहुँच देशका अन्य पहाडी जिल्लाहरूमा विरलै पाइन्छ । लामोसाँघु जिरी सडकलाई डबल लेनको बनाउने, चरिकोट र जिरी बजारको शहरी सडक विस्तार गर्ने, भीरकोट–हावा सडक र चरिकोट–सिंगटी सडक कालोपत्रे गर्ने कार्य भैसकेको छ ।

    स्वास्थ्य सेवातर्फ

    जिरी र चरिकोटमा रहेको अस्पताललाई व्यापक स्तरोन्नति भएको छ । जिल्लाभित्र ६० वटा स्वास्थ्य चौकी र ४० भन्दा बढी आधारभूत प्रयोगशाला स्थापना भएका छन् । ग्रामीण क्षेत्रमा स्थापित ती स्वास्थ्य संस्थाहरूबाट ५० भन्दा बढी एम्बुलेन्सहरू सञ्चालन भई आपतकालीन सेवा दिइरहेका छन् । कतिपय वडाहरु ‘जिरो होमडेलिभरी’ पहिचान समेत पाइसकेका छन् । चरिकोट र जिरी अस्पतालका अलावा सिंगटी, मागादेउराली, मैनापोखरी, मालु, मेलुङ लगायतका स्थानमा डाक्टर, नर्स र लाइफ सपोर्ट सिष्टमसहितका आधारभूत अस्पतालहरू स्थापना भएका छन् । यसका अलावा सदरमुकाम चरिकोट र अन्य बजारहरूमा निजी क्षेत्रका एक दर्जन अस्पताल र उपचारात्मक सेवाहरू स्थापना भएका छन् । देशव्यापी अभियानको रुपमा सुरुवात गरेको पालिकास्तरीय आधारभूत अस्पतालहरू निर्माणको क्रममा रहेका छन् ।

    शिक्षातर्फ

    २०४८ सालमा प्रमाणपत्र तह मात्र सञ्चालित गौरीशङ्कर क्याम्पस हाल विस्तृत पूर्वाधारसहित स्नातकोत्तर तहसम्म पढाइने बहुमुखी क्याम्पसको रूपमा सञ्चालित छ । तीन दशकको अवधिमा जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । ग्रामीण क्षेत्रमा देखिने पहेलो रंगका ठूला भवन देखिनासाथ यो विद्यालय वा स्वास्थ्य केन्द्रको भवन भनी अनुमान गर्न मिल्ने अवस्था रहेको छ ।

    अन्य पूर्वाधारतर्फ

    २०७२ सालको भूकम्प पश्चात् जिल्लाभित्र करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला स्थापना भएका छन् । भूकम्प पछिको नीजि घर निर्माणमा पनि सफलता नै हात लागेको छ ।
    भूकम्प पश्चात् जिल्लाभित्र २ दर्जन जिल्लास्तरीय सरकारी कार्यालयका भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, ५० वटा स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका १५ वटा भवनहरू र १०० वटा भन्दा बढी सामुदायिक भवनहरू निर्माण भएका छन् ।

    वित्तीय विकासतर्फ

    तीन दशक अघिसम्म साहु महाजनहरूबाट चर्को ब्याजको ऋण लिनुपर्ने वाध्यता थियो । सहकारीको विस्तारका कारण सो वाध्यताबाट आम दोलखालीमुक्त भई सामान्तवादी अर्थ व्यवस्थाको अन्त्य भएको छ । दोलखा जिल्लाले सहकारी आन्दोलनमा ठूलो सफलता हासिल गरेको छ । दोलखाका धेरै सहकारीहरु राष्ट्रिय स्तरमै ख्याति कमाएका छन् । यसका अलावा जिल्लाभित्र ५०० भन्दा बढी सहकारीहरू स्थापना र सञ्चालन भएका हुन् । जसबाट जिल्लाभित्र १५ अर्बभन्दा बढीको पूँजी परिचालन हुन सकेको छ । झण्डै एक हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले जिल्ला र देशकै आर्थिक बृद्धि र फैलावटमा पर्याप्त योगदान गरेको छ । सहकारी अभियान दोलखाका ७४ वटै वडाहरुमा फैलिएको छ । २०४८ सालमा जिल्लाभर नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु मात्र सञ्चालनमा रहेकोमा हाल सरकारी र निजी गरेर विभिन्न बैँकका ७० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसले जिल्लाको आर्थिक कारोबारको आकारलाई प्रष्ट गर्दछ ।

    सञ्चार, पर्यटन तथा कृषितर्फ

    २०४८ सालमा दूरसञ्चारको क्षेत्रमा अति सीमित टेलिफोन सेवा अहिले जिल्लाभर फोन सेवा, इन्टरनेटसमेत सुचारु भएको छ । तीन दशक अघि रेडियो नेपालको कुनै विकल्प थिएन अहिले दोलखामा नै १० वटा एफएम रेडियो स्टेशन स्थापना भइ सञ्चालनमा आएका छन् । पर्यटन विकासमा कालिन्चोक क्षेत्रमा केबलकारसहित कुरीको पर्यटकीय बजार स्थापना, चरिकोट आसपास दर्जनौं पर्यटकीय गन्तव्यको विकास, दोलखा भीमेश्वर क्षेत्रको जीर्णोद्धार र शैलुङ क्षेत्रमा पर्यटन पदमार्गहरूको निर्माण लगायतका कार्यहरू भएका छन् ।

    जिल्ला भित्रका ९० प्रतिशत घरधुरीलाई आधुनिक प्रणालीको खानेपानी उपलब्ध गराइएको छ भने सिंचाइयोग्य जमिनको ८० प्रतिशत क्षेत्रमा सिंचाइको सुविधा पुर्‍याइएको छ ।
    यहाँ केही उपलव्धीहरुको मात्र चर्चा गरिएको हो । यो भन्दा धेरै विकास भएको छ । विस्तृतरुपमा लेखाजोखा गर्ने हो भने लामो श्रृखला हुनसक्छ । यी उपलव्धी हासिल गर्न दोलखालीको महत्वपूर्ण योगदान रहेको छ । यसको अगुवाई नेकपा एमालेले गरेको भन्न कुनै कन्जुस्याई गर्नुपर्ने देखिन्न । दीर्घकालीन विकासको दृष्टिकोण सहितको योजना बनाउने र त्यसको समन्वयात्मक भूमिकासहित नेतृत्व गर्नमा एमाले अग्रपंक्तिमा रहेको छ । दोलखालीले चाहेजतिको विकास भएन होला तर बिर्सनै नहुने कुरा विकास गरेर टुङ्गिने कुरा होइन । यो निरन्तर चलिरहने प्रकृया हो ।

    लेखक नेकपा एमाले भीमेश्वर नगरकमिटीका सचिव हुन् ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer