• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेर गोप्य सरकारी दस्ताबेजहरू जफत गरेको छ।

    Advertisement

    अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गर्दै चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजातहरू फेला पारेको समाचार संस्था एपीले जनाएको छ।

    न्याय मन्त्रालयका अन्वेषकहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिएका हुन्।

    बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने।

    बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए। तर यो अनुसन्धानको समयमा राष्ट्रपति वाइडेन र प्रथम महिला घरमा उपस्थित थिएनन्।

    उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनले प्रयोग गरेको कार्यालयमा वर्गीकृत दस्ताबेज खोज्न अनुमति दिएका हुन्।

    यसअघि शुक्रबार विल्मिङटनस्थित एउटा घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए। यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटरको समयका हुन्।

    यस्ता दस्ताबेजहरू सबैभन्दा पहिले नोभेम्बर २ मा वाइडेनले स्थापना गरेको थिङ्क ट्याङ्क कार्यालय ‘पेन बाइडन सेन्टर’मा फेला परेका थिए।

    २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू फेला परेका थिए।

    राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुनेबित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ।

    जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको थियो।

    पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ।

    एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो।

    ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ। तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।एजेन्सी

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer