• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्व मानचित्रमा नेपाल पनि पर्‍यो : डा. सन्दुक रुइत


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • डा. सन्दुक रुइत, नेत्र विशेषज्ञसँगको कुराकानी :
    डा. साब बधाई छ। तपाईंले इसा अवार्ड पाएको कसरी थाहा पाउनुभयो ?

    Advertisement

    अवार्ड आयोजक तपाईं छनोट हुनुभएको छ, बधाई छ भन्ने सन्देश मोबाइलमा पठाउनुभयो। मैले राजदूताबासबाट पनि यो खबर पाएँ।

    यो कस्तो अवार्ड हो ?
    यो वर्षैपिच्छे विभिन्न विधामा दिने अन्य अवार्ड जस्तो होइन। दुई वर्षमा एउटा विधामा मात्र दिइन्छ।

    प्रतिष्ठित यो अवार्ड पाउनेमा कत्तिको आशावादी हुनुहुन्थ्यो ?

    विश्व स्वास्थ्य संघ (डब्लूएचओ)को फाउन्डेसनसहित अन्य प्रतिष्ठित संस्था पनि सर्ट लिस्टमा थिए। डब्लूएचओ फाउन्डेसनले कोभिड–१९ को महामारीमा खोपलगायत विभिन्न कार्य गरेको थियो। मंगलबार दिउँसो साढे दुई बजेतिर पत्रकार सम्मेलन गरेर मेरो नाम छनोट सार्वजनिक गरियो।

    छनोट सूचीमा परेका अन्तर्राष्ट्रिय संस्थाको नेटवर्क व्यापक हुन्छ। तपाईं कसरी सफल हुनुभयो ?

    अन्तर्राष्ट्रिय संस्थाहरू सामाजिक, राजनीतिक, प्राविधिक र क्षेत्रगत नेटवर्किङमा अगाडि हुन्छन्। डब्लूएचओ फाउन्डेसनका अगाडि हामीजस्तो व्यक्तिको नेटवर्किङ कहाँ हुनु र ? हैन र ?

    यो अवार्ड छनौट निष्पक्ष भएका कारण नै मैले पाएको हुँ। जुरीको अध्यक्ष युनिभर्सिटी अफ मायामीका प्रसिद्ध प्राध्यापक जान पलसन हुनुहुँदो रहेछ। असाध्यै नाम कहलिएको व्यक्तिले निष्पक्ष भएर छनोट गरेकाले नै अवार्ड पाउन सफल भएको हुँ। एउटा नेपालीको छोरोलाई यो अवार्ड दिनु सानो कुरा होइनजस्तो लाग्छ। नेपालमा कसैले पाइरहेको अवार्डभन्दा यो धेरै ठूलो अवार्ड हो।

    तपाईंले अवार्ड पाएपछि कस्तो महसुस गरिरहनुभएको छ ?

    यो अवार्डले नेपाललाई ग्लोबल मानचित्रमा राखेको छ। डब्लूएचओ फाउन्डेसन जस्तो अन्तर्राष्ट्रिय संस्थासँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु भनेको नेपाल र नेपालीका लागि ठूलो उपलब्धि हो जस्तो लाग्छ। आँखाको उपचारमा गरेको अहिलेसम्मको तपस्या र एकांगी भएर काम गरेको योगदानस्वरुप दिए जस्तो लाग्छ।

    तपाईंले अबलम्बन गर्नुभएको आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स)बारे प्रष्ट्याइदिनुहोस् न !

    मोतीबिन्दुको शल्यक्रिया भनेको कमन्ली गरिने शल्यक्रिया हो। आँखाको डाक्टर भएर सुरुमा काम गर्दा नेपाललगायत धेरै विकाशोन्मुख मुलुकमा आँखामा लेन्स हाल्ने प्रविधि थिएन। म टिमसँग बसे। अन्वेषण र पाइलट स्टडी गरेँ। नेपालमा पनि मोतीबिन्दुको शल्यक्रिया गरी आधुनिक ढंगले गर्न समुदायस्तरमा काम गर्न सक्छौं भन्ने लाग्यो। अन्त्यमा नेपालमा सम्भव भयो। र, अन्य मुलुकमा पनि विस्तार गर्न सकियो। नेपालको यो प्रविधिलाई अन्य राष्ट्रहरूले पनि अपनाए।

    इन्टोकुलर लेन्स बाहिर धेरै महंगो पथ्र्यो। डेढ–दुई सय डलर पथ्र्यो। त्यसलाई मोडिफाइ गरेर लेन्सको मूल्यलाई तीन डलरमा झार्न सफल भयौं। त्यसले आँखाको अप्रेसनको मूल्य पनि कम गरायो। अहिले त यो सामान्य लाग्न सक्छ। तर, सुरुको चरणमा यो ठूलो फड्को थियो।

    अहिलेसम्म कति जनालाई नयाँ दृष्टि दिन सफल हुनुभयो ?
    म आफैंले व्यक्तिगत रूपमा झन्डै १ लाख ३० हजार जनालाई दृष्टि दिन सफल भएँ। संस्थागतरुपमा त धेरै गरिसक्यौं।

    अवार्डको रकम झन्डै १३ करोड ८ लाख रुपैयाँ रहेछ। यो रकम के गर्ने योजना छ ?

    भर्खर अवार्डको बारेमा थाहा पाएँ। अचानक यति ठूलो अवार्ड पाउँदा के गर्ने भनेर सोंचिसकेको छैन। विस्तारै सोचौंला नि !

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँने
    सुर्खेत वीरेन्द्रनगरका स्वास्थ्य स्वयंसेविका सुरक्षा कोषमा जोडिँदै
    ‘जेन-जी’ आन्दोलनका १६९ घाइतेको वर्गीकरण, सेवा सुबिधामा छलफल
    भेनेजुएलामा लागुऔषध विरोधी ‘भूमि कारबाही’ शीघ्र सुरु हुन्छ: राष्ट्रपति ट्रम्प

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer