• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भीरमौरीको मह काढ्न शुरु


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • गोरखा । पुस्तौंदेखि भीरमौरीको मह काढ्ने प्रचलनलाई निरन्तरता निम्रुङ खोलामाथिका अक्करमा रहेका भीरमौरीको मह निकाल्न यतिखेर धार्चे गाउँपालिका- ३ खोर्लाका स्थानीय व्यस्त छन् ।  मंगलबारबाट स्थानीयले निम्रुङ खोलाको पहरामा रहेका मौरीको गोला पछ्याइरहेका छन् ।

    Advertisement

    मह काढ्नुभन्दा एक सातादेखि नै यो गाउँका स्थानीयहरु व्यस्त बने । डोरी तयार पारे । भर्‍याङ बनाए । एक सय २० वटा काठको डन्डी राखे भर्‍याङमा । मह काढ्ने काठको पनिउँ, मौरी लठ्याउनका लागि धुवाँको पोको(ब्लेम) तयार पारे । गाउँ भेलापछि मह सिकार गर्ने दिन एकिन गर्दै सोमबार कटुवालले मह काढ्न जानेबारे सन्देश गाउँभरि छरे । कटुवालको सूचनापछि मंगलबार नाम्रुङ खोलामा खोर्ला गाउँका प्रत्येक घरका स्थानीय जम्मा भइसकेका थिए । महसिकारी आ–आफ्नो बाहानासहित तयारी अवस्थामा बसे । अप्पा वर्गले (प्रकृतिपूजा, ठूलो तीन वटा तेर्म र सानो ३७ वटा तोर्म) राखेर पूजा गरे । एक पोम रक्सी चढाए, धुप बालेसँगै यस वर्ष मंगलबारबाट निम्रुङ खोलामा मह सिकार सुरु भएको छ । ‘यो पूजा गरेन भने लठ्ठा चुँडिने, यहाँ आएको मान्छे दुख–बिमार हुन्छ भन्ने स्थानीयको मान्यता छ,’ खोर्लाका डिलबहादुर गुरुङ भन्छन्,‘देवीदेवता, सिमेभूमेलाई पूजा गरेर दुख कष्ट नपरोस् भनेर कामना गर्छौं, यो प्रकृति पूजा हो ।’

    परापूर्वककालदेखि भीरमौरीको मह काढ्ने प्रचलन जीवन्त रहेको धार्चे गाउँपालिका अन्तर्गतको उहिया, खोर्ला, लाप्राक, हुल्चोक लगायतको गाउँमा सिजन सुरु भएसँगै स्थानीय मौरीको गोला खोज्दै जंगल पुग्ने गर्छन् । ‘यो मह काढ्ने सिजन नै हो, अब जेष्ठ र असारमा माहुरी खेल्न जाँदैन, हाम्रो घरमा धान राखेको जस्तो अहिलेसम्म जम्मा भएको मह खाँदै बस्छ,’ डम्बरबहादुर गुरुङले भने, ‘मौरीको गोलामा झोल छ कि छैन हेरेपछि जुन दिन काढे पनि हुन्छ ।’

    समुद्री सतहबाट २२ सय मिटर उचाइमा रहेको क्षेत्र अन्तर्गतको निम्रुङ खोलाका ९ वटा पहरोमा यस वर्ष भीर मौरीका गोला छन् । ती भीर मौरीको मह लगातार काढ्ने डिलबहादुरले बताए । ‘अब मह काढ्दै उकालो लाग्दा जेष्ठ अन्तिम साता हुन्छ,’ उनले भने । मह काढ्नका लागि स्थानीय पोख्त युवाहरु खटिएका छन् । उनीहरुलाई सघाउन झिसमिसेदेखि नै गाउँले दिनभर निम्रुङ खोला आसपास रहन्छन् ।

    सामूहिक रुपमा मह काढ्न खटिएका युवाहरु डोरी समात्ने, डोको लगायतका आवश्यक सामग्री डोरीमा झन्ड्याएर पुग्न दिने, मह ओसार्ने, निम्रुङ खोलामा फड्के हाल्ने काममा खटिएका छन् । मह काढ्ने सिकारीलाई पालो दिन बसेका पृतमान गुरुङ भीरमौरीको मह काढ्ने सिजनलाई गाउँलेले उत्सवको रुपमा लिने बताए । ‘यहाँ मह काढ्न आउनेको आ–आफ्नै भूमिका हुन्छ, सिकारीलाई सहायता दिनेको पनि ठूलो जिम्मेवारी हुन्छ,’ उनले भने, ‘अब भीर मौरीको मह काढ्नका लागि आधुनिक विधि पनि अपनाउनुपर्छ ।’ निम्रुङ खोलामा यतिखेर उहिया र खोर्लाका स्थानीय मौरी भगाउन सुकेको र हरियो स्याउला पोलेर घुवाँ उडाउने, सिकारीले खोला किनारसम्म झारेको चाका निचोरेर मह निकाल्ने काममा व्यस्त छन् । अक्करमा रहेको मौरीको गोलामा डोरीमा झन्डिएका सिकारीले धुवाँ लगाएर मौरी भगाएर मह निकाल्ने गरिन्छ । निम्रुङ खोला छहरा भएको आसपास अक्करमा गोला लगाएर बसेका भीर मौरीका गोला दर्जनौं छन् । अग्ला पहरोमा ज्यानको बाजी राखेर तुर्लुङ झुन्डिएर मह काढ्न सिकारी तल्लीन छन् ।


    मह काढिसकेपछि दामासाही रुपमा मह भाग लगाउने प्रचलन रहेको खोर्ला गाउँकी हिममाया गुरुङ बताउँछिन् । ‘मह औषधिको रुपमा पनि प्रयोग हुन्छ,’ उनले भनिन्, ‘घरको एक जना आउनै पर्छ भन्ने चलन छ, मह सिकारको बेला इच्छा अनुसार हामी आउन छुटाउँदैनौँ ।’ भीरमौरीको महले रोगव्याध निको हुने स्थानीय बताउँछन् । धार्चे क्षेत्रको भीरमौरीको मह काढ्ने चलनको प्रचार गर्दै पर्यटन भित्राउन गाउँपालिकाले पनि प्रयत्न गरेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ बताउँछिन् । ‘यो पुस्तौंदेखि चलेको चलन हो, सिकारीहरु एकदमै जोखिम मोलेर मह काढेको देख्न सक्छौं, यो जोखिमलाई कम गर्न के सकिन्छ सोचिरहेका छौं,’ उनले भनिन्, ‘मह सिकारका लागि प्रख्याती कमाउको क्षेत्रमा मह सिकारसँग जोडेर पर्यटक भित्राउने र चिनारीको रुपमा विकास गर्नेतर्फ पनि सोचिरहेका छौं ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer