• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्तरिक्षमा कहाँ-कहाँ बस्छन् ब्रह्मा, विष्‍णु र शिव?


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • भगवान् जसको सम्पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन । तर, हाम्रा वेदमा कति यस्तो व्याख्या गरिएका छन्, जसले हामीलाई परम् सत्य जान्‍नमा मद्दत गर्छ । आज वैज्ञानिकले पनि मान्‍ने गरेका छन्- हाम्रो सृष्‍टिमा कैयौं आयाम छन् । १० आयामको एक थ्योरी वैज्ञानिकहरूले व्याख्या गरेका छन् । तर, हाम्रा वेद र पुराणहरूमा ६४ वटा आयामको बारेमा उल्लेख गरेका छन् । यी आयाममध्ये भगवान् कुन आयाममा बस्छन्, हामी यही कुरा जान्‍ने प्रयास गर्नेछौं ।

    Advertisement

    हाम्रो भौतिक सृष्‍टि तीन आयाम मिलेर बनेको छ । तीमध्ये पहिलो आयाम तल-माथि हुन सक्नु हो । दोस्रो आयाम दायाँ-बायाँ हुन सक्नु हो । हामीले हेर्ने टेलिभिजन पनि यी दुई आयामको हुन्छ। टेलिभिजनमा देखाइने दृश्य वा घटना तल-माथि या दायाँ-बायाँ गर्न सक्ने हुन्छ। तर, हामी तीन आयामी दुनियाँमा बस्‍ने गर्छौं, जहाँ तल-माथिका साथसाथै दायाँ-बायाँ पनि जान सकिन्छ ।

    तेस्रो आयाम भनेको अगाडि-पछाडि हुन सक्नु भन्‍ने बुझिन्छ, जसलाई थ्री-डी अर्थात् थर्ड डाइमेन्सन भनिन्छ । हामी यिनै तीनै आयाममा बाँधिएका छौं ।

    चौथो आयाम हो समय, जसलाई हामी अगाडि बढेको मात्र देख्‍न सक्छौं, पछाडि जान सक्दैनौं । हामी यी चार आयामहरूलाई मात्र महशुस गर्न सक्छौं, यति मात्रै हाम्रो सीमा हो । यदि हामीले हाम्रा वेद र पुराणको अध्ययन गर्‍यौं भने त्यहाँ यी चार आयामी सृष्‍टिबाहेक अन्य ग्रहहरूको बारेमा पनि बताइएको छ । जहाँ जीवन सम्भव छ । वेदमा बताइएका अन्य ग्रहलाई लोक भनिएको छ ।

    वेद र पुराणमा १४ लोकको बारेमा बताइएको छ । यी १४ लोकहरू हुन्, सत्यलोक, तपलोक, जनकलोक, महरलोक, स्वर्गलोक, भुवरलोक, भूलोक, अताल, विताल, सुताल, तलताल, महाताल, रसाताल, पाताल ।

    भूलोकमा हामी मनुष्‍य बस्‍ने गर्छौं । भुवरलोकमा मनुष्‍यको मृत्युपछि आत्मा बस्‍ने गर्छ। स्वर्गलोकमा देवता बस्छन् । तर, यी सबै तीन आयामी सृष्‍टिमै बस्‍ने गर्छन्। हामीले बुझिसक्यौ कि चौथो आयाम समय हो ।

    अब हामी पाँचौं आयामको बारेमा बुझौं, जसलाई मल्टिपल युनिभर्स (ब्रह्म आयाम) भनिन्छ । यसै पाँचौं आयाममा ब्रह्मा बस्‍ने गर्छन् । तर, ब्रह्मा एक मात्र छैनन् । हरेक ब्रह्मा यसै आयाम जन्मेर यसैमा मर्ने गर्छन् । हरेक ब्रह्माबाट एक ब्रह्माण्डको निर्माण हुने गर्छ। बिग ब्याङ, जसलाई हामी भौतिक तीन आयामी दुनियाँको शुरुवात मान्‍ने गर्छौं, त्यो पनि यही पाँचौं आयामका बह्माबाट उत्पत्ति हुन्छ । यहाँको समय अलग हुन्छ । किनकि, यो आयाम हाम्रो चारै आयामभन्दा बाहिर छ ।

    अब कुरा गरौं छैटौं आयामको, जसमा महा विष्‍णु निवास गर्छन् । महाविष्‍णुका पनि तीन भाग छन्- महाविष्‍णु, कर्बोध कसिह विष्‍णु, कसिरोध कसिह विष्‍णु । उनीहरू मध्ये महाविष्‍णुले ऊर्जाको निर्माण गर्छन् । त्यही ऊर्जाबाट यी पाँच आयामको निर्माण हुन्छ । यसैलाई महातत्त्व भनिन्छ । कर्बोध कसिह विष्‍णुले हरेक बह्माण्डको निर्माण गराउँछन् । उनैबाट ब्रह्माको जन्म हुने गर्छ । यस्तै, कसिरोध कसिह विष्‍णु, जो तीन आयामी सृष्‍टिको हरेक तत्त्व र परमाणुमा विलिन छन् । जब हामी ध्यान गर्ने गर्छौं, तब कसिरोध कसिह विष्‍णुलाई महशुस गर्ने गर्छौं । जब यसको ज्ञान हुन्छ, तब हामी भौतिक मायामोहबाट बाहिर निस्किन्छौं । यसैबाट हामी परमात्मालाई महशुस पनि गर्छौं ।

    सातौं आयाम, जसलाई सत्य आयाम या ब्रह्म ज्योति भनिन्छ । यसलाई हाम्रा वेदहरूमा आकाशीय त्रिकोणद्वारा प्रस्तुत गरिएको छ । एक योगी जब गहन साधना गर्छ, उसले यसै सातौं आयामलाई महशुस गर्ने गर्छ । यसै आयाममा समाएको छ त्यो अनन्त ज्ञान, जसको मद्दतबाट मनुष्‍य देवताको श्रेणीमा जाने गर्छ । यो आयामको ज्ञान पाउने महाज्ञानी हुन्छ । जसको ज्ञान चरम सीमासम्म पुग्छ ।

    आठौं आयाम, जसलाई कैलाश भनिन्छ । यसै आठौं आयाममा भगवान् शिवको भौतिक रूप निवास गर्छ । भगवान् शिवको काम भनेको सात आयामको सन्तुलन बनाइराख्‍नु हो । यसैकारण सिद्धयोगीले भगवान् शिवलाई पाउने प्रयास गर्छन् । किनकि, सत्य आयामबाट ज्ञान पाएर हरेक योगी भगवान् शिवलाई प्राप्त गर्न खोज्छ । यही मोक्षको बाटो पनि हो ।

    नवौं आयाम जो हो बैकुण्ठ । यसै आयाममा नारायण निवास गर्छन् । जो हरेक आयामलाई चलाइराख्छन् । मोक्षलाई प्राप्त गर्नुको मतलव नै यस आयाममा परमात्मामा समाहित हुनु हो । हर आयाम यसै नवौं आयामबाट बनेका छन् । यही आयाम निर्माणको स्रोत पनि हो । मोक्षको प्राप्तिपछि हरेक आत्मा शून्य भएर यसै आयाममा लीन हुने गर्छ । यस आयाममा बोध सकिने गर्छ ।

    दशौं आयाम, जसलाई अनन्त आयाम भनिन्छ । यही त्यो आयाम हो, जहाँ परम् सत्य परमात्मा बस्‍ने गर्छन् । यो आयाम शुरुवाती चरणबाटै अस्तित्वमा रहेको मानिन्छ । यस आयामलाई हामी आयाम नभनेर सत्य परमात्मा पनि भन्‍न सक्छौं । हिन्दू धर्ममा यसलाई अलग-अलग नामबाट चिन्‍ने गरिन्छ । यसलाई निराकार अनन्त सदाशिव भनिन्छ भने यसैलाई सत्य विष्‍णु पनि भनिन्छ । यिनैका अंश हरेक आयाममा आफ्नो काम गर्र्दै आएका छन् । यसै आयामको भित्र कुनै न कुनै रूपमा ६४ आयाम छन् । हामी यसको पूरै जानकारी जुटाउन सक्दैनौं । किनकि, हाम्रो बोध त्यहाँसम्मको छैन । हामी वेद र पुराणको सूत्रलाई जोडेर नै ज्ञान लिन सक्छौं ।

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer