• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार ०३, २०८३
☰
बुधबार, असार ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उर्मिला देवी महरा (चमार)को, मिटरब्याजीले हडपेको जग्गा फिर्ता पाउँदाको खुसी


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • जनकपुरधाम । ‘हमर खुसीके सीमा नही हे । सपनों मे नही सोचै छी की आब हमर किनल घरघरारी हमर हे । मुदा सरकारके कारण से फिर्ता भेटेले’ मिटरब्याजीले हत्याएको जग्गा फिर्ता पाएपछि उर्मिला देवी महरा (चमार) दंग छिन् ।

    Advertisement

    महोत्तरीको लोहारपट्टी नगरपालिका-२ सुखैनिया टोलकी उर्मिलाको परिवार ऐलानी जग्गामा बस्दै आएको थियो । आफ्नै जमिनमा ओत लाग्ने सपना पछ्याउँदै उनको परिवारले सात वर्ष अघि ११ लाख खर्चिएर १८ धुर घडेरी जोडेको थियो । त्यही जग्गा पास गर्न लिएको ऋणले उनको परिरवारलाई दिनु दुःख दियो । कतिसम्म भने तीन छोरा, तीन बुहारी र ८ नातिनातिना सहित १५ जनाको परिवारकी मुली उर्मिला थातथलो छाड्ने सोचमा पुगेकी थिइन् ।

    तर उनको परिवारमा खुसी फर्किएको छ । शुक्रबार साँझ ५ बजे घरभन्दा केही पर बटैया (अधियामा उब्जाउने) लिएको खेतमा धान रोपाइँ गरिरहेकी उर्मिला निकै खुसी थिइन् ।

    खुसी साट्दै गर्दा आफूले पाएको दुःख पनि सुनाइन् । उर्मिलाका अनुसार गाउँकै राजी यादवसँग जग्गा किन्ने क्रममा ७ लाख रुपैयाँ पुगेन । खरिद गरेको जग्गा सोझै जग्गा धनीको नामबाट आफ्नो नाममा दृष्टिबन्धक गरिदिने र कपाली तमसुक बनाउने शर्तमा साहु सोनेलाल ऋण दिन तयार भए । आफ्नै जमिनमा घर बनाउने सपना देखेकी उर्मिला सहमत भइन् । दृष्टिबन्धक रहने गरी जग्गा पास भयो ।

    उर्मिलाको परिवारका अनुसार ऋण लिंदा मासिक सयकडा ३ रूपैयाँ ब्याज तोकिएको थियो । सोनेलालले ऋण दिएको रकम ७ लाखको चार गुणा (२८ लाख) को कपाली तमसुक गराए । माइलो छोरा बलिरामसँग २–२ लाखको तमसुक गराए ।

    उर्मिलाका कान्छो छोरा जयनारायणका अनुसार ऋण लिएको वर्ष दिनमै पाँच लाख रुपैयाँ बुझाएको थियो । उर्मिलाका छोराहरू वैदेशिक रोजगारीमा गए । जेठो छोरा देवशरणले कतार र माइलो बलिरामले कुवेतबाट पठाएको पैसा पनि साहुलाई बुझाए । पटक पटक गरेर १५ लाख ८० हजार बुझाएको थियो । तर साहु सोनेलालले ३५ लाख रुपैयाँ अझ बाँकी रहेको भन्दै घडेरी र तीनवटै कपाली तमसुक फिर्ता नगर्ने बताए ।

    सोनेलालले मानिसहरू लिएर आउँथे, र घडेरी खाली गराउन धम्की दिन्थे, गालीगलौज गर्थे । साहुको हप्कीदप्कीबाट आजित उर्मिलाको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगेको थियो । पछिल्लो समय मिटरब्याज विरुद्ध आन्दोलन सुरु भयो । सरकारले त्यसलाई सम्बोधन गर्न अध्यादेश ल्याएपछि उर्मिला र उनको परिवारमा आशा पलायो । जयनारायणका अनुसार १९ वैशाखमा उनीहरूले जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा मिटरब्याजी साहु सोनेलाल विरुद्ध उजुरी दर्ता गराए ।

    ब्याजको स्याज लिइसकेका मिटरब्याजी सोनेलाल तर्सिए । गाउँमै मिलाउन प्रयास गर्न थाले । तर उर्मिलाको परिवार मानेन । जिल्ला प्रशासनमै छलफल गर्ने अडान लिए । जिल्ला प्रशासन कार्यालयले १३ जेठमा दुवै पक्षलाई बोलायो । सोनेलाल पुगे, तर छलफल गर्न मानेनन् । उर्मिलाको परिवारले ५० हजार रुपैयाँ दिए जग्गासहित तीनवटै कपाली तमसुक फिर्ता दिने बताए ।

    उर्मिला राजी भइन् । तर सोनेलालले मेलमिलापको कागज गराउन खोजे, उर्मिलाले पहिले जग्गा फिर्ता गर्नुपर्ने शर्त अघि सारिन् । सोनेलाल तीनवटा कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको जयनारायण बताउँछन् ।

    ‘साहु सोनेलालले लगभग बेइमानी गरिसकेको घडेरी र कपाली तमसुक यति सहजै फिर्ता गर्छन् भन्ने कल्पनै गरेका थिएनौं । तर मिटरब्याज सम्बन्धी अध्यादेश आउँदा गुमिसकेको हाम्रो घडेरी फिर्ता भयो’, जयनारायणले खुसी साटे ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार डेढ महिनामा करिब ४१ बिघा ८ कट्ठा ११ धुर जग्गा फिर्ता गराइएको छ । यसरी मिटरब्याज पीडितहरूलाई फिर्ता गराइएको जग्गामध्ये कतिपय त साहुले अदालतबाट मुद्दा जितेका समेत छन् ।

    यसरी जग्गा फिर्ता पाउनेमध्ये एक हुन् महोत्तरीकै वलवा नगरपालिका-११ निकाल टोलका लक्ष्मेश्वर यादव । उनले १३ वर्षपछि ४ कट्ठा ७ धुर जग्गा फिर्ता पाएका छन् ।

    उनले २०६७ असारमा घरव्यवहार चलाउन लोहारपट्टी नगरपालिका–८ भ्रमरपुराका रामनारायण साहसँग ऋण लिएका थिए । २ लाख ५० हजार रुपैयाँ ऋण लिने गरी दिदी निर्मलाको नाममा रहेको जग्गा दृष्टिबन्धक राखे भने साढे ७ लाखको तमसुक बनाए । तर एजेन्ट वलवा नगरपालिका–९ का मो. जलम्तरले एकलाख मात्र पैसा दिए । केही समयपछि अढाइ लाखको ब्याज सहित गरी पैसा माग्न थाले ।

    आफूले पाएको एकलाख ब्याजसहित तिर्न लक्ष्मेश्वर तयार थिए, तर साहुले मानेनन् । बरु तीन वर्षपछि दृष्टिबन्धक पास गरेको लक्ष्मेश्वरको जग्गामा साहु रामनारायणले जोतभोगमा रोक लगाए । साहु रामनारायणले सावाँ–ब्याज सहित ५४ लाख चुक्ता गरे मात्र फिर्ता गर्ने अड्डी कसे ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer