• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालन, मनग्य आम्दानी


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • गोरखा । अरिङ्गालले मानिस र अन्य घरपालुवा जनावरलाई चिलेर बिरामी बनाएको र कतिपय अवस्थामा मान्छेको ज्यानैसमेत गएको हामीले देख्दै/सुन्दै आएका छौँ । मौरी तथा अरिङ्गालका खिलमा मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ । मेलिटिन विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । निकै आक्रामक, समूहमा बस्ने र कसैले हमला गरेको भेउ पाएमा सामूहिकरूपमै चिलेर प्रतिकार गर्ने स्वभावको अरिङ्गालको बथानलाई घर छेउछाउमै लगेर पाल्ने र गोला बिक्री गरेर आर्यआर्जनसमेत भइरहेको सुन्दा धेरैलाई अचम्म लाग्न पनि सक्छ ।

    Advertisement

    गोरखाको शहीद लखन गाउँपालिकाका किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् । वडा नम्बर ४, ५ र ६ का केही किसानले अरिङ्गालले जङ्गलमा बनाएको गोलालाई घर छेउमा लगेर पालेका छन् । अरिङ्गालको लार्भा तारेर सितनको रूपमा खानेहरू बढ्दै गएपछि आयआर्जनको वैकल्पिक स्रोतका रूपमा त्यस क्षेत्रका किसानले अरिङ्गाल पाल्न थालेका हुन् । शहीद लखन-६ घैरुङका विनोद थापामगरले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आउनुभएको छ । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’ शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

    गोलाभित्र अरिङ्गालको बच्चा हुर्केपछि बिक्री गरेर आयआर्जन गर्ने उद्दरेश्यले घर आसपासमा लगेर पाल्न थालिएको थापामगरले बताउनुभयो । उहाँले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहनुभएको छ । आउँदाे असोजसम्ममा गोला पोलेर त्यसभित्र रहेको लार्भा बिक्री गर्ने उहाँको योजना छ । अरिङ्गालको बच्चा अर्थात् लार्भा एक मानाको १५ सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने थापामगरको भनाइ छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उहाँले भन्नुभयो ।

    विनोदका अनुसार जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा सार्न भने त्यति सजिलो छैन । ‘पहिलो कुरा त जङ्गलमा गोला फेला पार्नै सजिलो छैन, फेरि दिउँसोभन्दा रातको समयमा गोला बनाएको हाँगा काट्न सजिलो हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘गोलामा एउटा सानो ढोका हुन्छ, राति सबै अरिङ्गाल गोलाभित्र बसे पनि ढोका छेउमा गार्ड जसरी केही अरिङ्गाल बसेका हुन्छन् । रुखमा चढेर पहिला गोलाको ढोका बन्द गर्ने अनि हाँगा काटेर घरछेउकाे रुखकाे हाँगामा ल्याएर राखेपछि ढोका खोलिदिने गर्नुपर्छ ।’ यति गरेपछि अरिङ्गालले क्रमशः बच्चा हुर्काउँदै जान्छ । यसैगरी जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ । अरिङ्गालको गोलाको आकार हेरेर योभित्र बस्ने अरिङ्गालहरू धेरै थोरै के छन् भनेर सजिलै अनुमान लगाउन सकिने विनोदले बताउनुभयो ।

    अरिङ्गालहरू एउटा गोलामा एक वर्षसम्म बस्ने उहाँको भनाइ छ । तर बच्चा हुर्केपछि बिक्री नहुने भएकाले त्यसको ख्याल गरेर गोला पोल्नुपर्ने उहाँले बताउनुभयो ।

    किसानले अरिङ्गाल पालेर आम्दानी लिन थालेको आफूले पनि थाहा पाएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो । ‘गाउँघरतिर डुल्दा घर छेउमै अरिङ्गालको गोला देखेपछि सोधखोज गर्दा पालन गरिएको भन्ने थाहा पाएँ’, उहाँले भन्नुभयो, ‘थोरै जोखिम मोलेरै भए पनि किसानले आयआर्जनको वैकल्पिक उपाय गरेका रहेछन् ।’

    घरमा अरिङ्गाल पाल्न हुन्छ कि हुन्न भन्नेमा कुनै कानुनी स्पष्टता भने छैन । ‘पाल्न हुन्छ पनि भनेको रहेनछ, हुँदैन पनि भनेको रहेनछ’, अध्यक्ष थापामगरले भन्नुभयो, ‘व्यावसायिकरूपमा पाल्नेको सङ्ख्या बढ्दै गएमा पालिकास्तरबाटै भए पनि केही नियम वा कार्यविधि बनाउनेबारे सोच्न सकिन्छ ।’ प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले पनि मौरीजस्तै अरिङ्गाल पाल्न सकिन्छ कि सकिँदैन भन्नेबारे कुनै स्पष्ट व्यवस्था नभएको बताउनुभयो । ‘कसैलाई केही नहुँदासम्म त ठिकै छ तर भोलि त्यसरी पालिएको अरिङ्गालले कसैलाई टोक्यो र बिरामी बनायो अथवा केही तलमाथि भयो भने के हुन्छ भनेर चाहिँ सोच्नुपर्छ’, उहाँले भन्नुभयो ।(साभार)

     

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer