• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

`चरिकोट सक्रिय ग्रुप´ – दोलखा एमाले निर्माणको इतिहास


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • ३० बर्षपछि स्टोर खोतल्दा भेटिए पछि रामकुमारले फेसबुक मेसेन्जरमा फाइल र कार्ड पठाइदिए ।
    `चरिकोट सक्रिय ग्रुप´बाट बागमती अञ्चल कमिटीको प्रशिक्षण कार्यक्रममा सहभागी भएको कागजात काठमाडौस्थित रामकुमार कायस्थको घरमा सुरक्षित रहेछ ।
    एमालेको प्रतिबद्ध खम्बा रामकृष्ण कायस्थ पनि उक्त कार्यक्रममा सहभागी भएकोले उहाँको भतिजो रामकुमारको घरमा सायद हामी दुवैले फाइल र परिचयपत्र छाडेका रहेछाैँ ।
    यत्रो बेलासम्म कसैको डकुमेन्ट घर सर्दासम्म सुरक्षित हुनु रामकुमार अब्बल व्यवस्थापक हो भन्ने ठाने । हाल उसको व्यवसायिक प्रगतिले पनि उक्त पुष्टि गर्छ । यदि मेरो घरमा थियो भने यो डकुमेन्ट ०७२ को भूकम्पले भत्किएका घरसँगै माटोमा मिल्थ्यो ।
    यो डकुमेन्ट देखेपछि हामीले चरिकोट सक्रिय ग्रुप किन बनायौ ? रामकृष्ण र मैले सम्झन कोसिश गर्यौं । यो ग्रुपको अगुवाई म, रामकृष्ण, चिरञ्जीवी मास्के र सरसल्लाह दिन राजेन्द्र श्रेष्ठ सक्रिय भएको याद गर्यौं ।
    तत्कालीन नेकपा एमाले दोलखाका सचिव आनन्दप्रसाद पोखरेको प्रमुख आतिथ्यमा उक्त ग्रुप घोषणा गरिएको स्मरणमा आयो । त्यो बेला जिल्ला सदरमुकाम चरिकोटमा कम्युनिस्ट पार्टीको नामबाट युवा समेट्न मुस्किल परेपछि जिल्ला पार्टी सचिवको निर्देशनमा उक्त ग्रुप क्रियाशील बनाइयो ।
    यो ग्रुपलाई नेतृत्व दिने क्रममा हाम्रो काम खासगरी नेपाली कांग्रेसप्रति आकर्षित बजारका नौजवान युवा र विद्यार्थीलाई एमालेमा प्रवेश गराउने थियो ।
    त्यतिखेर गौरीशंकर क्याम्पस मात्र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्र थियो । त्यहाँ बजारका विद्यार्थीले नेविसंघमार्फत ग्रामीण भेगबाट आएका विद्यार्थीमाथि गरिने दवदवालाई निस्तेज गरी अखिलको मनोबल बढाउनु पर्ने थियो ।
    त्यतिखेर बजारका ठाउँ ठाउँमा क्यारेमबोर्ड खेलाइन्थ्यो । त्यसमा भुल्ने युवालाई पार्टीप्रति आकर्षित गर्नुपर्थ्यो । त्यतिबेला युवा जमात फुटबल, बक्सिङ, चेस, भलिबलमा बढी आकर्षित हुन्थे, त्यसभित्र छिरेर पार्टीको उपस्थिति जनाउनु पर्थ्यो ।
    साहित्य र पत्रकरिता क्षेत्रमा हाम्रो प्रभाव वढाउने योजना पनि थियो ।
    त्यो बेला युवा क्लबहरू एकदमै चलेको थियो । चर्चित लालीगुराँस, कालिञ्चोक, गैरास्वारा जस्तो युवा समेटिने क्लव र सेवा समितिहरू थिए । सामाजिक संघसंस्था चलेका त्यो समयमा चरिकोट सक्रिय ग्रुपको कन्सेप्टमा युवा हरियाली समाज बन्यो । त्यो संस्थामा लोककल्याणकारी समाजवादी मोडलका उद्देश्यहरू पार्टीको निर्देशनमा राखियो । तत्कालै बजारमुखी केही परियोजनाहरू पनि सञ्चालन गरियो ।
    यो ग्रुपमार्फत त्यतिखेर काग्रेसको सत्ताको सर्वसत्तावादी चरित्र र ज्यादतीबिरूद्ध आन्दोलनमा आन्तरिक ग्रुप तयारी गरिन्थ्यो ।
    चरिकोट बजारमा एमाले कमजोर थियो । गैरास्वारा, चोथाङ र दोलखा बजारमा भने एमालेको राम्रो पकड थियो । त्यताबाट कटिबद्ध एमालेहरू उपस्थित भएपछि चरिकोट बजारमा आन्दोलन शक्तिशाली देखिन्थ्यो ।
    त्यतिखेर खुबै नेपाल बन्द हुन्थ्यो । नेपाल बन्द गाराउने क्रममा कांग्रेस र हाम्रो झडप हुन्थ्यो । फेरि समझदारी पनि भैहाल्थ्यो । बजारमा कमजोर उपस्थिति भएकाले नेपाल बन्द र अन्य आन्दोलनको कार्यक्रममा एमालेमा नेता, कार्यकर्ता रातारात चरिकोट आउथे । भोकभोकै फर्कन्थे । त्यो बेला राँकेजुलुसका लागि हामी हामी मिलेर मट्टितेल किन्थ्यौँ, व्यापारीसँग मागेर बोरा ल्याउथ्यौँ । निगालाहरू कहिले चोथाङ, कहिले जिलुका साथीहरूले ल्याउँथे । पार्टीको एकपैसा खर्च हुन्नथ्यो । कसैले आस पनि गर्दैनथे ।
    लुगा र रंग भएपछि कुमार थापा र अन्य मिलेर झण्डा, व्यानर सित्तैमा वन्थे । कार्यकर्ताहरू पार्टीको खाजासमेत नखाई दिनभरि पोलपोलमा झण्डा र व्यानर अनि भित्ते लेखनका लागि खट्थे ।
    यसै कारणले चुनावहरू पनि एकदम कम पैसामा सम्पन्न हुन्थ्यो । उम्मेदवारसँग हिड्ने नेता, कार्यकर्ता र नाच्ने, गाउने टोलीहरू विशुद्ध सादा खानाको भरमा कार्यकर्ताका पिढीमा सुतेर हिड्थे ।
    अहिले ती दिनहरूका सम्झनाका लेखहरू नयाँ पुस्ताका लागि अनौठो लाग्न सक्छ । सत्य त्यही थियो, जसले एमालेलाई यहाँसम्म ल्यायो । अबको पुस्ताका काधमा एमालेको जिम्मेवारी आइपुगेको छ ।
    यसलाई नेपालको पहिलो र लोकप्रिय पार्टीको रूपमा अघि बढाउन युवाले इतिहासलाई पढौँ, बुझौँ र योगदान गरौँ । हामी सबैको सुन्दर भविष्य र देशको अस्तित्व जोगाओैँ ।
    एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरको वालबाट

    Advertisement

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल असार २ गते (१६

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer