• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

खाना नै औषधि हो: डा. अरुणा उप्रेती


  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
  • ४० वर्ष र ६० नाघिसकेका महिलाहरूको केही साताअघि रगतको जाँच गरायौं । यसमा अधिकांश मासु नखाने महिलाहरू थिए । मासु खानेहरू पनि सातामा एकपटक मात्र खाने थिए । हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन ‘बी १२’ छ भनेर जाँच गराएका थियौं । एक स्त्रीरोग विशेषज्ञ साथीले ‘४० वर्ष कटेपछि क्याल्सियम चक्की खानैपर्छ’ भनेकी थिइन् । माछा, मासु, अण्डा नखानेहरूको क्याल्सियम, भिटामिन ‘बी १२’ को मात्रा धेरै राम्रो थियो । त्यस्तै, रगतको जाँचमा रहेको हेमोग्लोबिनमा पनि कुनै समस्या थिएन । यीमध्ये कसैले आइरन चक्की, क्याल्सियम र भिटामिन कुनै पनि झोल वा क्याप्सुल खाँदैनन् । तर स्वस्थकर खाना खान्छन् । पत्रु खाना र मिठाईं त प्रसादका रूपमा कहिलेकाहीँ मात्रै खान्छन् ।

    Advertisement

    यिनीहरू दिनहुँ योग गर्छन् । हाल नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन ‘डी’को चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता चिकित्सा जगत्मा स्थापित हुँदै गएको छ । तर स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगत्मा स्थापित छ । म चाहिँ दोस्रो विचारको पक्षपाती हुँ र सोहीअनुरूप जीवन चलाउने प्रयास गरिरहेकी छु । स्वस्थ खाना खाने हो भने औषधिको आवश्यकता पर्र्दैन । खाना स्वस्थ छैन भने जति औषधि खाए पनि केही फाइदा हुँदैन ।

    तर, पछिल्लो समय औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्रायः हामीहरू त्यसको सिकार पनि हुन्छौं । उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुनसक्छ र यसले भ्रूणलाई पनि प्रभावित पार्छ । तर गर्भावस्थामा महिलाले चना, भटमास, कोदो, फापर, मकै, हरियो तरकारी, कर्कलो वा कर्कलोबाट बनेका मस्यौरा, आलु, करिपत्ता, निउरो, साग, दूध, मोही आदिको सेवन गर्ने हो भने शरीरमा प्रोटिन र भिटामिनको कमी हुन पाउँदैन । म गर्भवती हुँदा क्याल्सियम आदि खाने जरुरत नै भएन । अनेक प्रकारका चिसो पेय पदार्थ र पत्रु खाना त म त्यतिबेला पनि खान्नथें । बजारमा पाइने मिठाईंप्रति अलि लोभ लाग्थ्यो । जेरी–स्वारी खान पाउँदा धेरै खुसी हुन्थें । यसरी जेरी–स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने कुरा थाहा पाएपछि मैले यसरी बजारका खाना खान छोडिदिएँ । घरमा पकाएका सेल, पुरी, अर्चा, मालपुवा मीठो मानेर कहिलेकाहीँ खान्छु ।

    ‘यसरी बजारको खाने कुरा नखाएर त सम्भव नै हुँदैन । खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरु केही हुादैन’ परिचितहरूले भन्ने गर्छन् । त्यसमध्ये त कतिजना पत्रकार पनि छन् । ‘तपाईंले लेखेको पढेर पनि के गर्नु, पत्रु खाना खान करै लाग्छ । घरबाट बनाउन भ्याइँदैन’ उनीहरूको भनाइ हुन्छ । उनीहरूलाई म भन्ने गर्छु, पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्रायः सबै खाजा घरमा भैहाल्छ । यस्तो खाजा छोडेर पत्रु खाना खाएपछि त पछि तपाईंको स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । दौडधूप गर्न नसकेपछि तपार्इंको काममा नै प्रभाव पर्दैन र ? त्यो बेलामा बिरामी भएर बस्न तपाईंसँग फुर्सद हुन्छ ?’ मैले यसरी कडा शब्दमा भनेपछि कतिपय महिला पत्रकारले पत्रु खाना खानछाडेको जानकारी दिएका छन् । कतिपयले घरमै खाना खाएर जाने र केही खाजा बोकेर काममा जाने गरेका छन् । उनीहरू चना उसिनेर वा भुटेर चिउरासँग खान्छन् ।त्यसपछि उनीहरूको पेट टम्म भरि“दामलाई धेरै खुसी लाग्छ ।

    कतिजनाले मैले भोजन र पोषणका बारेमा बोलेको र लेखेको सुनेर ‘तपाईं पोषणविद् हो ?’ भन्छन्, कहिलेकाहीँ त ‘पोषणविद्’ भन्ने पगरी लगाई दिन्छन् । मैले स्पष्ट शब्दमा भन्ने गरेकी छु । ‘म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणका बारेमा साना–साना तालिम माात्र लिएकी छु । फेरि मैले यस्तो ठूलो वैज्ञानिक कुरा कहाँ गर्छु र ? घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती आदि स्वस्थकर स्थानीय खाने कुराको प्रयोग गर्नुपर्छ । हाम्रो भोजन नै हाम्रो औषधि हो । नयाँ कुरा त मैले केही भनेकी छैन ।

     

    समय–समयमा सेमिनार र गोष्ठीमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि (पोषण र स्वास्थ्यसम्बन्धी) मैले के अनुभव गरेकी छु भने पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने देखिन्छ । बालबालिकाको शरीरलाई वयस्कको शरीरभन्दा अनुपातिक रूपमा बढी ऊर्जा, बढी प्रोटिन र बढी सूक्ष्म पोषणतत्व चाहिन्छ । १० वर्षका बालबालिकाका शरीरका अंग प्रत्यंग छिटो–छिटो बढिरहेका हुन्छन् । उनीहरू चल्छन्, उफ्रिन्छन्, खेल्छन्, कराउँछन् । त्यसैले ऊर्जा पनि बढी चाहिन्छ । यस्तो बेलामा उनीहरूको शरीरलाई चाहिने गरी भोजन पुगेन भने छाला कमजोर भएर, कुपोषित हुन्छ । झन् किशोरीलाई पौष्टिक खानाको कमी भयो भने भ्रूणलाई रगतको कमी हुने, हड्डी राम्रोसँग विकसित नहुने, महिनावारी समयमा नहुने हुनसक्छ । यसले गर्दा उनको प्रजनन् स्वास्थ्यमै समस्या पर्छ । अनि उनीहरूले नयाँ कुरा सिक्न सक्दैनन् । त्यसपछि विकासको बाटो नै अवरुद्ध हुन्छ ।

    चार वर्षअघि म मुगुको स्कुलमा जाँदा दिउँसो एक बजे एकजना परिचारिकाले सबै विद्यार्थीलाई चाउचाउको पोको बाँडेको देखें । धेरै अभिभावकले भने,‘एक त हामीलाई फुर्सद छैन, अर्को, हामीले दिएको खाजा लैजान मान्दैनन् । हाम्रा छोराछोरीले, त्यसैले बरु पैसा दियो आनन्द ।’ तर आमाबुवाले यसरी पैसा दिँदा बालबालिकाहरूले पत्रु खाना खाएर स्वास्थ्य खतम हुन्छ भन्ने बुझेनन् । थाहा भयो कि त्यहाँका प्रत्येक विद्यार्थीलाई स्कुल लागेको दिन रु १२ को खाजा दिनु भनेर सरकारले नै दिवा खाजाको प्रबन्ध गरेको रहेछ । तर स्कुलका शिक्षकहरूले दिवा खाजाको महत्व, उद्देश्य नबुझेर होला त्यो पैसाले चाउचाउ किनेर विद्यार्थीलाई दिए । मैले मुगुको त्यो स्कुलका शिक्षकसँग सोध्दा शिक्षकले भनेका थिए । ‘के गर्नु यस्तै खाजा दिएपछि बालबालिकाहरू खुसी हुन्छन् ।’ मेरो मन चसक्क दुखेको थियो, दिवा खाजाको महत्व, बालबालिकाको स्वास्थ्यसँग जोडिएको पोषणका बारेमा त्यो स्कुलका शिक्षकहरूले बुझेका नै रहेनछन् भन्ने भान भएको थियो । मुगुमा पाइने आलु, फर्सी, कोदो, फापर आदिको परिकार बनाएर पनि ख्वाउन सकिन्छ । ‘भन्ने मेरो विचार सुनेर शिक्षकले भनेका थिए’ कहाँ बनाउनु, कसले बनाउनु न त्यो झन्झट कसले गर्ने बरु जे सजिलो छ, त्यही किनेर दियो आनन्द ।’ स्वास्थ्य मन्त्रालयले पनि सायद ती ठाउँमा अनुगमन गर्न भ्याएको थिएन होला, अभिभावकले पनि बालबालिकालाई स्कुलमा चाउचाउ, बिस्कुट दिएको छ भनेर खुसी भए होलान् । चाउचाउ दिवा खाजा खाएर हुर्केका विद्यार्थीले कसरी मुगुको विकासमा योगदान पु¥याउलान् त ?

    नेपालमा पहिले–पहिले फलामको भाँडामा पकाउने चलन थियो । यसरी भाँडामा पकाएको दाल, तरकारी, अमिलो अचार वा मोहीसँग खाँदा त्यसले शरीरमा लौहतत्व शोषण गर्नमा मद्दत पु¥याउँछ भन्ने त विज्ञानले सिद्ध गरेको छ । त्यसैले अहिले रगतको कमी भएकालाई दिने विभिन्न ‘झोलमा ‘भिटामिन सी’ पनि छ भनेर लेखिन्छ । भिटामिन सी हाम्रो भान्सामा पाइने अमिलो अचार, मोही, अम्बा, अमला, सुन्तला, आरुबखडा आदिमा पनि पाइन्छ भन्ने सामान्य ज्ञान हामीलाई हुन सक्यो भने त हामी अनेक थरिका भिटामिन किन्दैनथ्यौं होला ।

    हामीकहाँ फलामको भाँडामा पकाउने चलन बिस्तारै हराउँदै गएको थियो । तर अहिले प्रेसर कुकरमा फलामको डल्लो हालेर पकाउने राम्रो चलन आएको छ । यसले गर्दा खानामा फलाम जान्छ र त्यो शरीरमा जान्छ । ‘५० वर्षको उमेरपछि घरको खानाले मात्र शरीरमा प्रोटिन पुग्दैन’ भन्ने गलत विज्ञापन गरेर त्यस्ता प्रोटिनको उत्पादन गर्ने व्यापारीहरूले हामीलाई भ्रममा पार्न खोज्छन् । तर पाठकहरू एउटा कुरा के विचार गर्नुस् भने त्यस्ता विज्ञापनका भरमा प्रोटिन किन्दा तपाईंहरूको पैसा मात्र खर्च हुन्छ । तपाईंलाई फाइदा हुँदैन । मांसाहारी खाना खानेहरूले त यस्तो खानाबाट प्रोटिन प्राप्त गरिहाल्छन् । हो, यस्तो मासु कसरी काटिन्छ, बिरामी जनावरको हो कि, भन्ने कुरा विचार गर्नैपर्छ ।

    शाकाहारी भोजन गर्नेहरूका लागि पनि प्रोटिनका थुप्रै स्रोत छन् । चना, भटमास सबै दाल आदि प्रोटिनका राम्रा स्रोत हुन् । कोदो, फापर, गहुँ, चामल आदिमा पनि केही न केही प्रोटिन पाइन्छ । बालबालिका एवं किशोरकिशोरीहरूलाई बढी प्रोटिन चाहिन्छ । शाकाहरी भोजन खाएर पनि स्वस्थ्य रहन सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुहोस् ।

    सामान्य सिद्धान्तअनुसार ४० वर्षको ५०–५५ किलोको स्वस्थ व्यक्तिलाई प्रत्येक दिनको करिब ५०–५५ ग्राम मात्र प्रोटिन एक दिनमा चाहिन्छ । १०० ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाइन्छ । त्यस्तै सिमी र गहतमा पनि पर्याप्त प्रोटिन पाइन्छ । शरीरमा रगत बढाउन प्रोटिनको ठूलो भूमिका हुन्छ । प्रोटिन नभए आइरन चक्कीले मात्र काम गर्दैन । गर्भवती महिलालाई आइरनको चक्की मात्र दिएर पुग्दैन । उनलाई घरमा रहेको स्वस्थकर प्रोटिन खाना दिनुपर्छ । पौष्टिकताले भरिपूर्ण भोजन गर्नुपर्छ । सस्तोमा पाइन्छ । धेरै खर्च गरेर धेरै पौष्टिक पत्रु खाना पाइन्छ भन्ने भ्रममा नपर्नुस् ।(डा. अरुणा उप्रेती)

    शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer