• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ हलुवाबेदले जानिराखौ


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • हलुवाबेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवद्र्धन पनि खासै भएको पाइन्न, तर पछिल्लो समय यो फलको महत्व बुझ्न थालेपछि सबैले खोजी–खोजी खान थालेका छन् ।

    Advertisement

    अबका दिनमा यो फल होटल–रेस्टुराँमा पनि व्यावसायिक रूपमा राख्ने र यसका परिकार बनाउन थालेकाले अब यसको महत्व झन् बढ्न थालेको छ । यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

    इबोनी उड परिवारको डिओस्पाइरोस वर्गमा पर्ने यो वनस्पतिको हलुवाबेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचीन ग्रिकमा डिओस्पाइरोस भन्नाले ‘भगवान्को फल’ भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पतिअन्तर्गत पर्छ ।

    यसको फलको रङ्ग हल्का सुन्तला, पहेंलो, गाढा सुन्तला, रातो तथा प्रजातिअनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मि. व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवाबेदको फल खानका लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टाँसिएको हुन्छ, तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ ।

    हलुवाबेदको फलमा प्रशस्त मात्रामा ग्लुकोज पाइन्छ, ग्लुकोजका अतिरिक्त यसमा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधीय गुणका कारण पनि अत्यन्तै महत्वपूर्ण छन् ।

    हलुवाबेद एक समशीतोष्ण किसिमको फलफूल हो, तर फल फल्ने समयमा चाहिँ तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनोट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवावेदको खेती गर्न सकिन्छ ।

    नेपाली दूतावास जापानको आफ्नो साइडले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरू तीन वर्षको अध्ययन पूरा गरी जापानबाट सन् १९०५ मा नेपाल फर्केका थिए । उनीहरू नेपाल फर्कंदा यो फलको बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्यसअघि नेपालमा पाइँदैनथ्यो ।

    आज हलुवाबेद नेपालमा फलिरहेका छन्, जसलाई एक शताब्दीपहिले नेपाली विद्यार्थीहरूले समुद्रपारबाट आफ्ना यात्रा–संस्मरणस्वरूप ल्याएका थिए । आज यो फलले दुई देशबीचको जनस्तरीय मित्रताको सुरुवातका रूपमा लिन सकिन्छ । ती विद्यार्थीहरूले यो फलको बीउसँगै नीललहर, कटुस र गोदावरी फूलका बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्योभन्दा पहिला नेपालमा पाइन्नथ्यो ।

    हलुवाबेदका स्वास्थ्यसम्बन्धी अचुक फाइदाहरू

    फाइटोकेमिकल्सको प्रमुख स्रोत हो हलुवा बेद फल।
    वजन सन्तुलनका लागि अति नै उपयोगी फल हो हलुवाबेद ।
    हलुवाबेद फल एक प्राकृतिक एन्टिहेमोर्रोइड मानिन्छ, जसले कुनै चोटपटक या ब्लिडिङलाई निदान गर्न मद्दत गर्छ ।
    खाना पचाउन राम्रो सहायता पु-याउने फल भनेर चिनिन्छ ।
    डाइबिटिजका लागि उत्तम फल ।
    उच्च रक्तचाप (हाइपरटेन्सन) का लागि पनि राम्रो मानिन्छ ।
    इम्युनिटी पावरलाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हो हलुवाबेद ।
    क्यान्सरका लागि पनि उत्तम फल हो हलुवाबेद ।
    आँखाको भिजन सुधार गर्नका लागि पनि राम्रो फल हो ।
    शरीरको रेड ब्लड सेल उत्पादन गर्न सहयोगी फल ।
    बेलाबेलामा हिचकिचाउने समस्या हुनेका लागि राम्रो फल ।
    कलेजोलाई सहयोग पु-याउने फल पनि हो हलुवाबेद ।
    यो एक शक्तिवद्र्धक फल मानिने हुँदा एक किसिमको इनर्जी फल पनि मानिन्छ ।
    यो फल नियमित खानाले संक्रमणको समस्या पनि निदान हुन्छ ।
    यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।
    अत्यधिक मोटोपना भएको व्यक्तिलाई पनि यो फल अमृतसरि मानिन्छ ।
    आहार नली स्वस्थ राख्न अचुक फाइदा पु-याउने फल ।
    मुटुसम्बन्धी समस्या हुनेका लागि अत्यन्त लाभदायी फल ।
    मस्तिष्कसम्बन्धी समस्या हुनेका लागि स्वास्थ्यमैत्री फल ।
    कसरी खाने हलुवाबेद, के–के परिकार बन्छ ?

    हलुवाबेद ‘फल एक, परिकार अनेक’ भनेर चिन्न सकिन्छ । स्वास्थ्यसम्बन्धी कैयांै फाइदा हुँदाहुँदै पनि यो त्यत्तिकै पाकेको खाँदा पनि मीठो र स्वादिलो फल हो । यो फल पाकेपछि राम्ररी पखालेर ताछेर या नताछी बोक्रैसँग पनि खान सकिन्छ । यसको स्मुथी, जुस, लस्सी, सलाद जे बनाएर खाँदा पनि हुन्छ । यो फलको जाम र केक पनि निकै प्रसिद्ध मानिन्छ । हलुवाबेदको ब्रान्डी हालेर बनाएको केक विश्वमा निकै प्रसिद्ध मानिन्छ ।

    हलुवाबेदको ताजा जुसलाई शक्तिवद्र्धक र रोगप्रतिरोधात्मक बुस्टर भनेर पनि चिनिन्छ । कुलिनरिइउजेजका लागि यो फल काँचो, पाकेको या सुकाएको सबै खाले प्रयोग गरेको हुन्छ ।

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer