• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

पुर्खाले गाईलाई किन महत्त्वपूर्ण माने ?


  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । पुर्बिय संस्कारमा गाईलाई देवि मानिन्छ । गाईले जब आफ्नो मालिकलाई सुघ्छिन्, चाट्छिन र उसको रोगको बारेमा थाहा पाउछिन र त्यस रोगको निवारणको लागी आबश्यक जडीबुटी जंगलमा खोजेर खान्छिन र त्यसपछि उनले दिने दुधले आफ्नो मालिकको रोग निको हुने जनविश्वास रहिआएको छ । त्यसैले पनि गाईको दुधलाई अमृत समान मानिन्छ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ (ऋग्वेद २÷३५÷७) । अर्थात् आफ्नो घरमा दुधालु गाई होस् । यस्तै, अथर्ववेदमा गाईलाई सम्पत्तिको भण्डार मानिएको छ, ‘धेनुं सदनं रयीणाम्’ (अथर्ववेद ११.१.३४) ।

    Advertisement

    पशुपालन युगमा र कृषियुग सुरु भइसकेपछि गाई धनको महत्त्वपूर्ण स्रोत हुन आइपुग्यो । दूध, बाच्छाबाच्छी र मल उत्पादन हुने हुँदा हाम्रा पुर्खाले गाईलाई पशुधनमध्ये प्रमुख धन माने । कृषिकर्म गर्नका लागि मात्रै होइन, बारम्बार भइरहने युद्ध वा आक्रमणको प्रतिकार गर्न, वा कमजोर राज्यमाथि धावा बोल्न पनि मानिस बलियो हुनुपथ्र्यो, जसका लागि गाईको दूध वा घिउ महत्त्वपूर्ण खाद्यपदार्थ बन्यो । मानिसले घरपालुवा बनाएर पौष्टिक आहारा दिँदा गाईले पनि बढी दूध दिन थाले । त्यसैले हाम्रा पुर्खाले गाईलाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिँदै आए ।

    प्राचीन समयमा मानिसहरू खेती गर्न खासगरी अकासेपानीको भर पर्थे । पानी परोस्, खेती सप्रियोस् भनी मानिसले अलौकिक शक्ति वा देवीदेवतासँग प्रार्थना गर्न थाले, गर्दै आए । यसरी नै तन्त्र–मन्त्र र पूजा अनुष्ठानका विधि जन्मिए र हुर्किए । बलिप्रथा प्रबल हुँदै आए ।

    खासगरी हिन्दू समाजमा खेतीका लागि महत्त्वपूर्ण भूमिका निभाउने गाईगोरुप्रति सम्मानभाव ल्याउन पूजा गर्ने प्रचलन सुरु भयो । कृषि उत्पादनमा महत्त्वपूर्ण भूमिका निभाउने गाईगोरु र समग्र प्रकृतिको पूजा–अनुष्ठानको पर्व मनाइनु अवश्य नै सुन्दर पक्ष हो । गाई पशुधनमध्ये प्रमुख भएकाले यसलाई दानमा समेत प्रयोग गर्न थालियो । दान पाउनेमा भने प्रायः ब्राह्मण नै हुन्थे, ब्राह्मणलाई दान दिँदा धर्म हुन्छ भन्ने खालका भ्रम छरिएका थिए ।

    अनिकालका बेला मानिसले गाईगोरुको मासु खाने, बलिमै पनि प्रयोग गर्ने भएकाले वैदिक कालदेखि नै गोवधलाई रोक्न खोजेको पाइन्छ । ऋग्वेदको प्रथम मण्डल, ११४ सूक्त, १०औँ ऋचामा गोवध गर्न नहुने उल्लेख छ । यस्तै, मनुस्मृतिको ११औँ अध्यायको ५९औँ श्लोकले ‘गाई मार्नु, जाति र कर्मबाट दूषित मानिसको यज्ञ गराउनु, परस्त्रीगमन गर्नु आदि’लाई उपपातक (पाप) मानेको छ ।

    प्राचीनकालमा गोरुको बलि दिइन्थ्यो । पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास– १’ अनुसार, सौत्रामणि यज्ञमा मदिराको हवन र गोरुको बलि दिइन्थ्यो । यो पुस्तक भन्छ, ‘चार दिन लाग्ने यस कार्यमा अन्तिम दिन दूध तथा मदिराको तीन–तीन प्याला अश्विनी, सरस्वती एवं इन्द्रलाई समर्पित गरिन्थ्यो । यस्तै, अश्विनीका लागि खैरो रङको बाख्रा, सरस्वतीका लागि भेडा र इन्द्र सुत्रामाका लागि एक गोरु बलि दिइन्थ्यो ।’

     

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer