• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लुम्बिनी कांग्रेस सभापतिको गुनासो, मन्त्रीमन्त्रिमण्डल बिस्तार गर्दा मुख्यमन्त्रीले पार्टीसँग समन्वय गर्नु भएन


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • बुटवल। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिमण्डल बिस्तार गर्दा पार्टीसँग समन्वय नगरेको बताएका छन्। मुख्यमन्त्री चौधरीले शनिबार माओवादी र कांग्रेसबाट एक-एक जना मन्त्री नियुक्त गरेका थिए। मन्त्रिमण्डल बिस्तार गर्दा पार्टीभित्र समन्वयसमेत नगरेका मुख्यमन्त्रीले मन्त्रीको नाम नदिएको भनेर झुट बोलेकोसमेत उनको भनाइ छ। मुख्यमन्त्री चौधरीले एक मन्त्रालय आफै‌ंसँग राखेका छन्। कांग्रेस संस्थापनइतर समूहले नाम पठाए मन्त्री बनाउने उनको तयारी छ। तर मुख्यमन्त्री चौधरीले आफ्नो नाम जोडेर मन्त्रीको नाम दिन आग्रह गरे पनि दिन नसकेको भनेर झुटो कुरा गरेको पुनले बताए। ‘सरकार विस्तारको बारेमा उहाँले मलाई कहिलै एक शब्द पनि भन्नु भएन। अहिले पनि उहाँले भने १० मिनेटमै नाम दिन सक्छु,’ पुनले भने, ‘मुख्यमन्त्रीले झुट बोलेर मेरो पनि बदनाम गर्न खोज्नु भयो, जुन कुरा गलत हो।’ मन्त्रीका नाम दिन कुनै समस्या नभएको भन्दै उनले मुख्यमन्त्री चौधरीले मन्त्रीमण्डल विस्तारको सवालमा प्रदेश नेतृत्वसँगै कुनै समन्वय नगरेको बताए।

    Advertisement

    ‘मुख्यमन्त्री जस्तो मान्छे कति झुटको खेती गर्ने? मलाई एक शब्द पनि नभनेको कुरामा नचाहिने कुरा गर्नु बदमासी हो,’ उनले भने, ‘सरकार बिस्तारको कुरा मलाई थाहा पनि थिएन। मिडियाबाट खबर थाहा पाएपछि मुख्यमन्त्रीलाई सोधेको हुँ।’ लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्री भएका कांग्रेसका सांसदहरू सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनी पार्टीबाट मन्त्री पठाउँदा विधिसम्मत तरिकाबाट पठाउनुपर्ने बताए। प्रदेश सभापति पुनले आफ्ना प्रतिष्पर्धी दीपेन्द्र पुन (सिजल) लाई मन्त्री बनाउन नहुने भन्दै लबिङ गरेकोले मुख्यमन्त्री चौधरी उनीसँग रुष्ट बनेको स्रोत बताउँछ। माओवादीबाट टिकट नपाएपछि गठबन्धनका उम्मेदवार पुनबिरुद्ध दीपेन्द्रले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। कांग्रेस प्रदेश सभापति पुनलाई मनाउन माओवादी नेता बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित नेताहरुको दंगीशरण – ३ चखौरास्थित रिसोर्टमा छलफल गर्दा पनि पुनले दीपेन्द्रलाई मन्त्री बनाउने कुरा मानेका थिएनन्।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer