• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

४१ देशमा सक्रिय कोरोनाको नयाँ सबभेरियन्ट , नेपालमा कस्तो छ सतर्कता ?


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाडौं । कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ विश्वका ४१ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार डिसेम्बर २३ सम्म ४१ देशमा जेएन.१ का केसहरू रेकर्ड गरिएको छ । अमेरिकामा पछिल्ला दिनहरूमा यही सब भेरियन्टका कारण कोरोना संक्रमित तीव्र बन्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार पछिल्लो दुई सातामा मात्रै संक्रमितको संख्या दोब्बरले थपिएको छ । जसमा ४४ प्रतिशत जेएन.१ संक्रमित छन् । डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा मात्रै जेएन.१ देखिएको सीडीसीको रिपोर्ट छ ।

    Advertisement

    छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा जेएन.१ संक्रमित ६३ जना रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण केरलामा एकजनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ५४ छ । कोरोनाको नयाँ सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा राख्ने गरेको छ ।

    जसमा विशेषता बदलेर उपप्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब भेरियन्टहरू पर्दै आएका छन् । डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । भारतमा देखिएका संक्रमितहरूमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्ससँग बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा श्वासप्रश्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ ।

    के छ नेपालमा सतर्कता ?

    जेएन.१ विश्वका ४१ देशमा फैलिएसँगै नेपलमा यसको जोखिमबारे चासो बढेको छ । नेपालले यसलाई हालसम्म हवाई यात्रा र स्थलगत सीमा हुँदै भारतबाट भित्रिनेहरूका लागि यात्राको कुनै थप मापदण्ड तोकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताउँछन् । अहिले जेएन.१ लाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,” उनी भन्छन् ।

    उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ । यद्यपि, यसअघिका अनुभवहरूलाई हेरेर नयाँ सब भेरियन्टको जोखिमलाई नजरअन्दाज गर्न भने नमिल्ने बताउँछन्, वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । विशेषगरी सीमा नाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनी बताउँछन् ।

    जिन सिक्वेन्सिङमा देखिएन जेएन.१

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले पछिल्लोपटक संकलन गरिएका नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा जेएन.१ नदेखिएको जनाएको छ । नोभेम्बरमा सीमा नाकाबाट संकलित कोरोना संक्रमण पुष्टि भएका नमुनाको परीक्षणमा सो सब भेरियन्ट नदेखिएको एनपीएचएलले पुष्टि गरेको छ ।एनपीएचएल निर्देशक डा. रञ्जनराज भट्टले १४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको जेएन.१ फेला नपरेको बताए । “सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका लागि नमुना पठाउन भनेका छौँ, डिसेम्बर महिनाका नमुनाको पनि जिन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ,” उनले भने । नयाँ सब भेरियन्टबारे चिन्तित नहुन तर यसअघिका संक्रमणका लहरहरूमा जस्तै व्यक्तिगत सुरक्षाका मापदण्ड भने अपनाउन उनको सुझाव छ ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer