• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मावि शिक्षकको लागि आवेदन दिनुपूर्व विचारणीय पक्षहरु


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाण्डौ। आइतबार आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक पदको विज्ञापन गरेपछि आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाको मोबाइल फोन दिनभरि नै व्यस्त रह्यो । ती फोनमा सबैभन्दा बढी जिज्ञाशा नै के विषय अध्ययन गरेकाले कुन विषयमा आवेदन दिन पाउने भन्ने नै रहन्थे । उनी “विज्ञापनमा स्पष्ट उल्लेख गरिएको छ, राम्ररी पढ्नुभयो भने बुझिन्छ” भन्दै स्पष्ट गराउनमा व्यस्त देखिन्थे । मुख्य गरी सामाजिकका बारेमा नै चासो बढी हुन्थ्यो ।

    Advertisement

    “धेरै उम्मेदवारले सोध्ने गरेको प्रश्न हो” उनले थपे, “विशेष गरेर सामाजिक विषयमा धेरैले जिज्ञासा राख्ने गरेका छन् ।” सम्बन्धित विषयमा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह अध्ययन पूरा गरेकाले कम्तीमा शिक्षा विषयमा १० महिने तालिम लिएको हुनु पर्ने भनेर विज्ञापनमा नै उल्लेख गरिएको छ । नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत व्याकरणका लागि १० महिने तालिम अनिवार्य छ । सो भनेको एक वर्षे बीएड नै हो । तर अङ्ग्रेजी, गणित, विज्ञान र कार्यालय सञ्चालन तथा लेखा विषयको उम्मेदवार हुनका लागि तालिमको आवश्यकता पर्दैन ।

    “सबै विषयमा आवेदन दिने उम्मेदवारले शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य रुपमा लिएको हुनुपर्छ” उनले भने, “शिक्षक बन्नलाई शिक्षा ऐन तथा नियमावलीले लाइसेन्सको व्यवस्था अनिवार्य गरेको छ ।”

    सामाजिक विषयका लागि आवश्यक न्यूनतम योग्यता विज्ञापनमा नै उल्लेख गरिएको छ । अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, मानवशास्त्र, वातावरण शास्त्र, संस्कृति, जनसङ्ख्या, स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा लगायतका विषय पढेकाले आवेदन दिन पाउने स्पष्ट उल्लेख छ ।

    आयोगका सूचना अधिकारी मरहट्ठाका अनुसार आवेदन अनलाइनबाट दिन सकिन्छ । पहिला आवेदन दिएका व्यक्तिले पुनः रजिस्ट्रेसन भर्नु पर्दैन । पहिलेकै इमेल ठेगाना र पासवर्ड प्रयोग गरेर आवेदन दिन सकिन्छ । तर नयाँ उम्मेदवारले रजिस्ट्रेसन फारम भर्नुपर्ने हुन्छ । यसका लागि आयोगको वेबसाइटमा दिइएको युजर म्यानुअलको निर्देशन पालना गर्न आयोगले अनुरोध गरेको छ । ।

    ईसेवामार्फत रकम भुक्तानी गर्न सकिन्छ । उम्मेदवारले बैंकमा रकम बुझाएपछि विवरण सच्याउन भने सकिँदैन । आवेदन शुल्क नेपाल बैंक वा राष्ट्रिय बाणिज्य बैंकमा बुझाउन सकिन्छ । आयोगले तोकेको बैंकभन्दा फरकबाट भरेमा त्यसले मान्यता पाउँदैन ।

    आवेदकले एक प्रदेशबाट मात्र आवेदन दिँदा उपयुक्त हुन्छ । एकै दिनमा परीक्षा सञ्चालन हुने हुँदा बहुप्रदेशबाट आवेदन बुझाउनु आवश्यक नरहने आयोगको भनाइ छ । सुत्केरी वा किरियापुत्री आदिका लागि भवितव्य हुँदा लिखित परीक्षा सार्न नसकिने तर अन्तर्वार्ताका हकमा पछि सार्न सकिने आयोगले स्पष्ट गरेको छ ।

    अहिले माग गरिएको आवेदनको सामान्य परीक्षा आगामी चैत्र ३ गते शनिबार दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । सम्बन्धित प्रदेश राजधानीबाट परीक्षा सञ्चालन गरिनेछ । उनले परीक्षार्थी बढी भएमा सम्बन्धित प्रदेशसँग जोडिएका जिल्लामा परीक्षा केन्द्र कायम गर्न सकिने बताए ।

    अपाङ्गता भएकाहरूको हकमा भने सहयोगी राख्न सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने हुन्छ । शिक्षाशास्त्र विषय बाहेक अध्ययन गरेका र कक्षा १२ वा सो सरह उत्तीर्ण व्यक्तिलाई मात्र सहयोगी राख्न पाउने व्यवस्था रहन्छ । त्यस्ता व्यक्तिले यसै वर्ष कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer