• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जाडोमा छाला किन सुख्खा हुन्छ ? कसरी जोगिने


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • जाडोको प्रभाव छालामा पनि देखिन्छ । चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुख्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता समस्या आउँछन् । सुख्खापनले छालालाई खराब त गर्छ नै असहज महसुस पनि गराउँछ ।

    Advertisement

    जाडोमा छाला सुख्खा हुनुमा शरीर र वातावरणको तापक्रम अन्तरसम्बन्धित छ । शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम छ भने शरीरले त्यसमा समायोजित हुन शरीरमा भएको तापक्रमलाई बाहिर फाल्छ । त्यसले गर्दा तापक्रमसँगै शरीरमा पानीको मात्रा पनि कम हुन्छ र छाला सुख्खा हुन्छ ।

    प्रायः जाडोमा तिर्खा कम लाग्छ र धेरै कम पानी पिउने गर्छौं, जसकारण हामी शरीर हाइड्रेटेड रहँदैन र छाला सुख्खा हुन्छ । जाडोबाट बच्नका लागि हामी धेरै तातोमा बस्न रुचाउँछौ । धेरै आगो ताप्ने, हिटर ताप्ने र एसी चलाउने गर्छौं त्यो धेरै तातोपनले पनि छाला सुख्खा हुन्छ ।

    जाडोमा धेरै तातो पानीले नुहाउने धेरैको बानी हुन्छ । तर नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुँदै जान्छ । छाला सुख्खा हुने गर्छ । जाडोमा जसले ट्रन्सफ्याट र स्याचुरेटेड फ्याट भएका खानेकुरा धेरै खान्छन्, उनीहरूमा छाला सुख्खा हुने, फुट्ने समस्या देखिन्छ ।

    प्राकृतिक तरिकाबाट छालाको समस्याबाट कसरी जोगिने ?

    पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, जसले छालामा पानीको अभाव पूरा गर्छ । अनुहारमा तातो पानीको बाफ लिंदा बन्द भएको रोम छिद्र खुल्छ । हातले हलका छालाको मसाज गर्न सकिन्छ । यसले अनुहारमा रक्तसञ्चार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

    साबुनले अनुहार धुने बानी राम्रो होइन । सम्भव भएसम्म छाला सुख्खा नहुने फेसवासको प्रयोग गर्नुपर्छ । जाडोमा सुख्खा छालाको समस्याबाट बच्न लामो समय आगो ताप्नु हुँदैन र हिटरमा पनि धेरै बस्नु हुँदैन ।

    छालालाई सुख्खापनबाट बचाउन मोइस्चराइजिङ क्रिम प्रयोग गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसार त्यसको छनोट गर्नुपर्छ । नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुने भएकाले मनतातो पानीले नुहाउनुपर्छ । साथै नुहाउनासाथ मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

    बाहिर हिंड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धुवाँबाट छालालाई जोगाउन मास्कको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने गर्न सकिन्छ ।

    सुख्खापनबाट बच्न प्रशस्त मात्रामा भिटामिन ई युक्त खानेकुरा जस्तै किबी, अण्डा, ड्राइ फ्रुट्स, हरियो पत्तेदार तरकारी, एभोकाडो, ब्रोकाउली खानुपर्छ ।

    छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिएर हुँदैन, छालालाई कसरी स्वास्थ्य राख्ने भन्ने कुरामा सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्छ ।

    सुख्खा छालाबाट छुटकारा पाउने उपाय

    जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनुपर्छ । किनकि आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ । दैनिक रूपमा मोस्चराइजरको प्रयोग गर्ने, ओट मिल, शियाबटर र हाइल्युरोनिक एसिड प्रयोग भएको मोस्चराइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

    छाला धेरै नै सुख्खा हुन्छ र त्यसको कारण अन्य समस्या पनि देखिएको छ भने अस्पताल गएर छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer