• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • सबैलाई थाहा छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान हो । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति पनि आमाकै दूधमा हुन्छ । तर, कुनै कारणवस आमाको दूध नआएको खण्डमा नवजात शिशुलाई के खान दिने भन्ने प्रश्न पनि छ ।

    Advertisement

    हुन त बजारमा फर्मुला मिल्क पाइन्छ । तर, त्यस्ता फर्मुला मिल्क नवजात शिशुको लागि कति उपयोगी छ त ? गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

    आमाको दूध नआएमा के गर्ने ?

    आमाको दूधले बच्चाको भोक मेटाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले आमाको दूध नै बच्चालाई दिन जरुरी छ । तर, कहिले काहीँ आमाको दूध नआउने वा बच्चाले खान नसक्ने अवस्था हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प हो, अर्की आमाको स्तनपान गराउने ।

    कुनै अर्की महिला, जसले स्तनपान गराइरहेका छन् उनीहरुबाट आफ्नो बच्चालाई पनि स्तनपान गराउन सकिन्छ ।

    यदि त्यो सम्भव छै न भने शिशुलाई चाहिनेभन्दा बढी दूध आउने आमाहरूको दूध संकलन गरी राखिएको ‘ह्यूमन मिल्क बैंकको दूध दिन सकिन्छ ।’

    त्यसरी संकलन गरेको दूधलाई प्रशोधन र शुद्धीकरण गर्ने लगायतका प्रक्रिया गर्ने भएकोले यस्तो दूध खुवाउनु सुरक्षित हुन्छ ।

    फर्मुला मिल्क

    सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । स्तनपान गराउन कठिन हुनसक्छ । त्यस्तो बच्चाको लागि बनेको फर्मुला मिल्क खान दिन सकिन्छ ।

    यसैको विकल्पमा मात्र फर्मुला मिल्क बनाइएको हो ।

    आमाको दूधमा पाइने पोषक तत्त्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ । यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टीबडी बनाउनमा योगदान दिँदैन ।

    गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

    विश्व स्वास्थ्य सङ्गठनले दुई वर्षसम्म बच्चालाई गाईबस्तुको दूध नदिनु भनेको छ । तर, हाम्रो समाजमा भने गाईबस्तुको दूध दिँदा बच्चा बलियो हुन्छ भने भ्रम छ ।

    आमाको दूध आएको छैन र फर्मुला मिल्क पनि उपलब्ध नभएर केही विकल्प छैन भने त गाईको दूध पनि दिनु परिहाल्यो । तर, गाईबस्तुको दूध गाईबस्तुको बाच्छाको लागि बनेको हो । उक्त दूध मान्छेको शिशुले पचाउन सक्दैन ।

    आमाको दूधमा पाउने प्रोटिनभन्दा तीन गुणा उच्च प्रोटिन, फ्याट गाईको दूधमा पाइन्छ । त्यसैले गाईबस्तुको दूध खुवाउँदा शिशुको पाचन प्रणाली अपरिपक्व भएकाले पचाउन सक्दैन । पछि मिर्गौलामा समस्या हुनसक्छ । प्रोटिन एलर्जी हुनसक्छ । त्यसैले अरू विकल्प भए सम्म नदिनु नै राम्रो हो ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer