• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कानुन र कृषि पढाउने तयारीमा हेटौंडा उपमहानगरपालिका


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले प्राविधिक शिक्षातर्फ स्नातक तहको २ वटा विषयको अध्यापनका लागि तयारी अघि बढाएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको नेतृत्वमा मंगलबार उक्त विषयहरु अध्यापनका लागि २ वटा शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिएको छ ।

    Advertisement

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर उपमहानगरपालिकाले २ वटा कलेज सञ्चालन गर्ने तयारी अनुसार शैक्षिक संस्थाहरुको अनुगमन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार हेटौंडामा कानुनतर्फको बीएएलएलबी ५ वर्षे कोर्ष र कृषितर्फको आइएस्सी एजी ४ वर्षे कोर्ष संचालन गर्ने उद्देश्य अनुरुप शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिएको हो । उपमहानगरपालिकाको अगुवाइमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर हेटौंडामा नै सो विषयहरु अध्यापनका लागि तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए ।

    उनका अनुसार मंगलबार विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइरालाको टोलीले सो विषयहरु अध्यापन हुने २ वटा शैक्षिक संस्थाहरुको अनुगमन गरिएको हो । उक्त विषयहरु अध्ययापनको प्रक्रिया अघि बढाउन हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कानुन र हेटौंडा–१६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा कृषि तर्फको उक्त विषयहरु संचालनका लागि अनुगमन गरिएको उनले बताए ।

    गत असोजमा उपमेयर बानियाँको नेतृत्वमा विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सूचिकृत गरिएको थियो । सोका आधारमा उपकुलपति कोइरालाको टिम विद्यालयको अनुगमनका लागि हेटौंडा आएको हो । अनुगमन टोलीले दुवै विद्यालयको भौतिक संरचना तथा आवश्यक पूर्वाधारको स्थलगत अनुगमन गरेको थियो । टोलीले कानुन र कृषि संकायका लागि आवश्यक ल्याब तथा कक्षा कोठाको समेत अनुगमन गरिएको थियो ।

    अनुगमन पश्चात उपकुलपति डा. कोइरालाले स्थानीय तहले नै अभिभावकत्व लिएर उक्त विषयहरु अध्यापनको तयारी गरेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय तहको प्रयास सकारात्मक रहेको भन्दै नामकरण तथा पुस्तकालयलाई थप व्यवस्थित बनाउन सुझाव दिए । उनले उक्त विषयहरु अध्यापनका लागि पूर्वाधारहरु पर्याप्त रहेकाले थप प्रक्रियाहरु अघि बढाउने बताए ।

    अनुगमन टोलीमा विश्वविद्यालयका डिन प्रा. डा. पवन कुमार झा, हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा क्याम्पस सञ्चालन समिति अध्यक्ष आनन्दराम पराजुली लगायतको उपस्थिति थियो ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer