• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ ? जानिराखौ


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

    Advertisement

    के हो पुदिना :

    पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाह भएको छ । र यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ ।

    के के मा प्रयोग हुन्छ :

    बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालार्य एक प्रमुख बस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ ।

    पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ

    हाम्रो गाँउघर खेतवारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी बनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ । जस्तै

    पाचन प्रक्रिया : पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

    बान्ता र टाउको दुखाईको समाधान : पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम९ भिक्स० निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

    स्वासप्रस्वास र खोकी समस्याको समाधान : पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।

    स्तनपानमा देखिने समस्याको समाधान : बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।

    छाला तथा पिम्पल्स : पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ९ पिम्पल्स० हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

    तौल कम गर्न सहयोग पुरयाउछ : यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।

    मुख स्वस्थ बनाउछ : प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।

    स्मरणशक्ति बढाउछ : एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

    पुदिना बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer