• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आफैले बनाएको कार्यविधिमा चुक्यो प्राधिकरण


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीको अडिट गर्न आफैँले बनाएको कार्यविधि कार्यान्वयन नगरेको पाइएको छ । प्राधिकरणको ‘सर्भिलेन्स पोलिसी एण्ड प्रसुडर म्यानुअल’को ‘सर्भिलेन्स प्रसुडर फर दि इन्स्पेक्टर्स क्यारिङ आउट रुटिन सर्भिलेन्सेस’को ‘ए’ मा ‘प्राधिकरण (क्यान)ले कुनै पनि वायुसेवा कम्पनीको ‘अडिट’ गर्न जानुभन्दा कम्तीमा ७ दिन पहिले नै ‘मेल÷चिठी’ पठाउनुपर्ने’ उल्लेख छ । उक्त वायुसेवा कम्पनीले अनुमति दिएमा ‘अडिट’ गर्न सकिन्छ अन्यथा कम्पनी तयार नभएको अवस्थामा सात दिन स्थगित गर्न सकिन्छ । तर, प्राधिकरणले पछिल्लो पटक नेपाल एयरलाइन्सको अडिटमा आफ्नै कार्यविधि पालना नगरेको देखिएको छ । प्राधिकरणको कार्यविधिअनुसार कुनै पनि वायुसेवा कम्पनीका विस्तृत अडिट गर्न जानुभन्दा सात दिन पहिले मेल वा चिठी पठाउनुपर्ने हुन्छ । तर, निगमलाई दुई दिनअघि मात्र मेल पठाएर प्राधिकरणले निगमको ‘विस्तृत अडिट’ गरेको छ ।

    Advertisement

    प्राधिकरणले ‘डिसेम्बर ६ मा निगमको ‘विस्तृत अडिट’ गर्ने भन्दै डिसम्बर ४ मा निगमलार्ई मेल पठाएको छ । प्राधिकरणको टोली डिसेम्बर ६ मा निगमको कार्यालय आरएनएसी पुग्यो । कर्मचारीले ‘ग्राउन्ड ह्यान्डलिङ’ विषयमा आन्दोलन कारण उक्त दिन अडिट गरिएन । डिसेम्बर ६ मा प्राधिकरण टोली फर्कियो । पुनः सात तारिखबाट अडिट सुरु गरेको थियो । प्राधिकरणले निगमको डिसेम्बर सात देखि १२ सम्म ६ दिने ‘विस्तृत अडिट’ गरेको थियो । प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले कुनै पनि वायुसेवा कम्पनीको अडिट प्राधिकरणले जुनसुकै बेला पनि गर्न सक्छ । तर, ‘विस्तृत अडिट’ गर्दा पूर्वजानकारी वा आपसी समझदारीमा हुनुपर्छ ।

    “एउटा आकस्मिक अडिट हुन्छ । यस्तो अडिट क्यानले जुनसुकै बेला पनि गर्नसक्छ । आकस्मिक अडिट सीमित विषय, सीमित क्षेत्र वा कुनै सूचना आयो, शंका लाग्यो अथवा सेफ्टीमा लापरबाही भइरहेको छ भने कुनै जानकारी विना गएर पनि प्राधिकरणले अडिट गर्न सक्छ,” गौतमले बाह्रखरीसँग भने । उनका अनुसार, अर्काे ‘विस्तृत अडिट’ हुन्छ । यस्तो खालको अडिट गर्दा एकआपसमा सहमति अथवा प्राधिकरणले कम्तीमा सात दिन पहिले पूर्वजानकारी गराउनुपर्ने हुन्छ । किनभने त्यतिकै जाँदा उनीहरुले समयमा डकुमेन्ट दिन सक्दैनन्, डकुमेन्टबारे विस्तृत बुझाउन सक्ने जनशक्ति तुरुन्त त्यहाँ नहुन सक्छन्, त्यसले गर्दा त्यो अडिट प्रभावकारी पनि हुँदैन र समय पनि बढी लाग्छ । पूर्वजानकारी वा आपसी समझदारीमा ‘विस्तृत अडिट’ गरेमा प्रभावकारी हुने गौतमले बताए । उनका अनुसार, प्राधिकरण ‘विस्तृत अडिट गर्दा सम्बन्धित वायुसेवा कम्पनीलाई अडिट गर्ने क्षेत्र, टिम र समयकाबारेमा पुर्वजानकारी गराउनुपर्ने हुन्छ ।

    उक्त जानकारीअनुसार वायुसेवा कम्पनी पनि आफ्नो जनशक्ति र डकुमेन्ट तयारी अवस्था राख्नुपर्ने हुन्छ । “यसरी गरेको अडिट प्रभावकारी हुन्छ,” गौतमले भने । प्राधिकरणले ‘अडिट’ सकेपछि वायुसेवा कम्पनीलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, प्राधिकरणले ‘अडिट’ सकिएको दुई हप्ता बितिसक्दा पनि निगमलाई अडिट सकिए वा जारी छ भन्ने बारेमा कुनै पनि जानकारी नगराएको निगमका प्रवक्ता रमेश पौडेलले बाह्रखरीलाई बताए । “‘विस्तृत अडिट’ सकियो कि जारी छ भन्ने विषयमा हामीलाई कुनै पनि जानकारी आएको छैन,” पौडेल भन्छन्, “प्राधिकरणले निगमको अडिट गरेको हो । आफ्नो कमजोरी जान्न पाउनु हाम्रो ‘नैसर्गिक’ अधिकार हो । तर प्राधिकरणले हाम्राविरुद्ध भ्रम फैलाउन मिडियामा प्रचारवाजी गर्‍यो ।”

    युरोपियन युनियन (ईयू)ले नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमा निरन्तरता दिएपछि प्राधिकरण र निगम आरोप प्रतिआरोपमा उत्रिएका थिए । ईयूको प्रतिवेदन आउनासाथ प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पत्रकार सम्मेलन गरी निगम र श्री एयरलाइन्स दोष थुपारेर पन्छिएका थिए । त्यतिमात्र नभएर महानिर्देशकले आफ्नो प्रशंसासमेत आफैंले गरेका थिए । महानिर्देशक अधिकारी निगममाथि आक्रामक हुँदै आएका छन् । “निगम र श्री एयरलाइन्सको कारण हामी ईयुको कालोसूचीबाट हट्न सकेनौँ,” पत्रकार सम्मेलनमा उनले भनेका थिए, “प्राधिकरणको वर्तमान महानिर्देशकको गतिशील र प्रो–एक्टिभ’ कार्यशैलीबाट इयू सन्तुष्ट छ ।”

    निगमका कारण कालोसूचीबाट हटेन भन्नु पूर्ण रुपमा गलत भनाई भएको पूर्वमहानिर्देशक गौतम बताउँछन् । उनी भन्छन्, “नेपाल एयरलाइन्स खत्तम छ, प्राधिकरण ठीक छ भने नेपाल एयरलाइन्सलाई मात्र किन प्रतिबन्ध लगाउँछ ? साथै नेपाल एयरलाइन्स एकदम ठीक छ, प्राधिकरण खत्तम छ भने नेपाल एयरलाइन्सलाई फुकाएर प्राधिकरणलाई प्रतिबन्धमा राख्छ, ईयुको रेगुलेसनमा त्यो व्यवस्था छ ।” गौतमले भने, “ईयुको कालोसूचीबाट नेपाल नहेटपछि प्राधिकरणको थाप्लामा आएको जिम्मेवारी पन्छाउन खोजेको जस्तो देखिन्छ । कालोसूचीबाट नहट्नुमा प्राधिकरण र वायुसेवा कम्पनीको दुवैको दोष छ । त्यसमा सबै पक्ष मिलेर सुधार गर्नतर्फ लाग्नुपर्छ । हामी निगमलाई पेलेर कालोसूचीबाट हट्दैनौं ।”

    बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि सांसदहरुले प्राधिकरणका महादिर्नेशक अधिकारीले झूठ बोलेको आरोप समेत लगाएका थिए । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले निगमको कारणमात्र कालोसूचीबाट नहेटेको भनेर समितिलाई समेत झूठ बोलेको आरोप लगाए । तर, महानिर्देशक अधिकारीले त्यो अभिव्यक्ति स्वीकार गर्न नसकिने जवाफ फर्काए । समिति सभापति राजकिशोर यादवले प्राधिकरणका महानिर्देशक अधिकारीलाई प्राधिकरणले डिसेम्बर ७ मा गरेको अडिटका क्रममा देखिएको निगमको ‘फाइन्डिङ्स’ बारेमा जानकारी गराउन निर्देशन दिए । तर, महानिर्देशक अधिकारीले यस विषयमा ‘अडिट’ प्रक्रियामै रहेकाले बोल्न नमिल्ने बताए ।

    प्राधिकरणले अडिट गर्दा देखिएका ‘फाइन्डिङ्स’ लाई ‘लेभल १ ’, ‘लेभल २’ र ‘लेभल ३’ गरी तीन तहमा विभाजन गरेको छ । ‘लेभल १ फाइन्डिङ्स’ अडिटकै क्रममा ‘एक्सन’ लिनुपर्ने हुन्छ । ‘लेभल २ फाइन्डिङ्स’ देखिएमा सुधारको निम्ति एक महिनाको समय दिइन्छ । ‘लेभल ३’ सामान्य हुन्छ र तीन सुधार गर्ने म्याद तीन महिनासम्म हुन्छ । अडिट गर्नुको उद्देश्य दण्डित गर्नु नभएर देखा परेका कमी कमजोरी सधार गर्नु रहेको गौतमले बताए । लेभल अफ–फाइन्डिङ्सको आधारमा कारावाही गर्न सकिने गौतमले भनाई छ । “अडिट गर्नुको उद्देश्य कसैलाई दण्डित गर्नु होइन् । देखिएका कमीकमजोरी सुधार गर्नु हो । तर, एकदमै अप्ठारा समस्या छन् भने त्यसले सेफ्टीमै असर पार्छ भने त्यसलाई कारवाही गर्न सकिन्छ,” गौतमले भने ।

    उनका अनुसार ‘लेभल अफ–फाइन्डिङ्स’का आधारमा कारबाही गर्नुपर्छ । कारबाहीमात्र होइन । ‘लेभल १ को फाइन्डिङ्स’ देखिएपछि तत्काल कारबाहीसहित सुधार अथवा के गर्दा राम्रो हुन्छ भनेर सिफारिस पनि गर्नुपर्छ । त्यसपछि सम्बन्धित वायुसेवा कम्पनी असहमति पनि राख्न सक्छन् । पछिला छुटेका डकुमेन्टहरु पुनः पेस गर्न सक्छन् । यो हाम्रो अडिटको कार्यविधि भित्रपर्छ । आवश्यकता अनुसार प्राधिकरणले जुनसुकै बेला पनि अडिट गर्न सक्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

    “अडिट कार्यविधिमा कम्तीमा सात दिन भन्ने छ । तर, प्राधिकरणले परीक्षणको आवश्यकता देखेमा जुनसुकै समयमा पनि गर्नसक्छ,” प्राधिकरणका प्रवक्ता निरौलाले भने । अडिटले फाइन्डिङ्स देखाउन सक्छ ! आफ्नो अडिट कार्यविधि आफैँले पालना नगर्दा ईयु आइकाओले यसै विषयलाई फाइन्डिङ्सको रुपमा राख्ने गौतमले बताए । जसको कारण यसैलाई इस्यु बनाएर पुनः कालोसूचीमा राख्ने सक्नेसमेत जानकारहरु बताउँछन् । “ईयूले अडिटको क्रममा ऐन, कानुन, नियमावली कार्यान्वयन गरेको छ वा छैन भन्ने कुरा हेर्छ । स–साना लापरबाही गर्दा प्राधिकरणको अडिटको प्रभावकारितामाथि प्रश्न उठाउँछ । आफ्नो कार्यविधि आफै पालना गरेको छैन भन्न सक्छन् र यसैलाई फाइन्डिङ्स देखाई दिन्छन्,” गौतमले भने ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer