काठमाडौं । अमेरिकी अखबार न्युयोर्क टाइम्सले बुधबार ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको छ । ओपनएआईले प्रयोगकर्तालाई जानकारी दिन आफ्नो अखबारका लाखौँ लेखहरू अनुमतिबिना प्रयोग गरेको भन्दै न्युर्योक टाइम्सले मुद्दा हालेको हो ।
Advertisement
ओपनएआईले बनाएको च्याटजीपीटीलाई लिएर यो कदम चाल्ने आफू पहिलो अमेरिकी मिडिया भएको न्युयोर्क टाइम्सको दाबी छ । माइक्रोसफ्टले ओपनएआईमा लगानी गरेको छ । लेखकहरू र अरूले पनि कुनै क्षतिपूर्ति नदिएरै आफ्ना लेख एवं डाटा एआई टुलहरूले प्रयोग गरेको विषयलाई लिएर मुद्दा हालेका छन् ।




