• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जमराको जुस: स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • काठमाडौं । दशैंमा टीका लगाउँदा अक्षतासँगै जमरा पनि लगाइन्छ । जमरा जौं, मकै, गँहूलाई उमारेर बनाइन्छ । घटस्थापनाको दिने बालुवा तथा माटोमा जमरा रोप्ने गरिन्छ । ९ दिनसम्म राखेर उक्त जमरालाई विजया दशमीको दिन टीकासँगै जमरा लगाइन्छ ।

    Advertisement

    दशैंमा लगाउने जमरा पछिल्लो समय जुस बनाएर खाने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा दर्जनौं जमराको जुस बेच्ने पसल रहेका छन् भने जमराको जुसको व्यापार बढ्दो क्रममा रहको व्यापारीहरू बताउँछन् ।

    खाद्य पदार्थको हिसाबले पनि निकै पौष्टिक मानिने जौलाई संस्कृतमा यव भनिन्छ । यसमा औषधिको गुण पनि पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, बल र प्राणलाई पुष्ट पार्ने वस्तुको रूपमा लिइएको छ ।

    गहुँ र जौको जमरा उमारेर त्यसको रस पिउँदा स्वास्थ्यमा समेत निकै लाभ मिल्ने बताइँदै आएको छ । यस पाइने पोषकतत्व मध्य क्लोरोफिल धेरै हुन्छ । जस कारण प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्स गहुँको जमरामा पाइने यसका बिक्रेताहरू बताउँछन् । यद्यपि, अहिलेसम्म जमरा खाँदा के के फाइदा हुन्छ भन्ने वैज्ञानिक अध्ययन, अनुसन्धान भइ प्रमाणित भएको छैन ।

    भक्तपुरकी सबिता राई वर्षौंदेखि काठमाडौंका. पशुपतीमा जमराको जुस बेच्दै आएकी छन् । उनले गहु र जौँको जमराको जुस बिक्री गर्दै आएकी छन् । ६ दिनदेखि ९ दिनसम्मको जमरा विशेष गरी औषधिको रूपमा खाइने उनले बताइन् ।

    ‘जमरा एकपटक प्रयोग गरेपछि फेरि त्यसबाटै उम्रेको जमरा खान मिल्दैन,’ राइले चाणक्य पोष्टसँग भनिन् । जमराको जुसको मूल्य प्रतिकप ७० रुपैयाँ पर्ने उनले बताइन् । उनले दैनिक औसतमा ३० देखि ४० कप जमराको जुस बिक्री हुने बताइन् ।

    गहुँको जमराको जुस सेवन गर्दा मुख तथा दाँत सम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुने उनले बताइन् । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायी हुने भन्दै जमराको जुस पिउने गरेको उनी बताउँछिन् ।

    यस्तै, पशुपतिमै जमराको जुस बेच्दै आएकी अर्की व्यापारी उमा कार्की जमराको जुसले स्वास्थ्यमा फाइदा पुर्याउने विश्वास रहेको बताउँछिन् । रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता रोग भएका मानिसहरूले ७ वा ९ दिनसम्म राखेको गहुँको जमराको जुस सेवन गर्दा धेरै फाइदा पुग्ने विश्वास रहेको उनको भनाइ छ । विहान मर्निङ वाक गरेपछि धेरै मानिस जुस पिउन आउने गरेको उनले बताइन् । पशुपतिमा मात्र ४ जनाले जमराको जुस बिक्री गर्दै आएका छन् ।

    जमराको जुस पिउनु कति फाइदाजनक ?

    आम मानिसले परम्परागत मान्यता र आयुवेर्दिक हिसाबका आधारमा जमराको जुुस पिउँदै आएका छन् । धेरै जसोले जमराको जुसले फाइदा हुने बताउँदै आएका छन् भने केहीले हानी समेत गर्ने बताउँछन् । वैज्ञानिक रुपमा आजसम्म जमराको जुसका फाइदा बारे अध्ययन भइ कुनै तथ्य प्रमाणित भएको छैन ।

    मेडिकल साइन्सले पनि जमराको जुसको फाइदाहरू प्रमाणित गरेको छैन । किष्ट मेडिकल कलेज एण्ड हस्पिटलकी डाइटिसियन रेना श्रेष्ठ अवालले जमराको जुस खानु राम्रो भनिए पनि हालसम्म यसको विषयमा कुनै अध्ययन नभएको बताउँछिन् ।

    उनले कुनै तथ्यांक र अध्ययन बिना अनुमानको भरमा जमराको जुस खानु स्वस्थकर नहुने बताइन् । ‘जमराको जुस त्यति स्वस्थकर छैन, यसमा अहिलेसम्म अध्ययन पनि भएको छैन र कुतै तथ्यांक पनि छैन, अरुको भनाइको भरमा त्यतिकै यो खानु राम्रो हैन,’ डाक्टर अवालले चाणक्य पोष्टसँग भनिन् ।

    कसरी बनाइन्छ जमराको जुस ?

    घरमै जौ र गहुँको जमराको जुस खान चाहानेले त्यसै चपाएर पनि खान सक्छन् । गहुँको जमराको जुस स्वादिलो हुने भएता पनि जौको भने अलि तीतो हुने गर्छ ।

    जमराको जुस बनाउँदा ८/१० वटा गहुँ वा जौ अथवा दुवैलाई मिलाएर बनाउन सकिन्छ । जमरालाई काटेर राम्रोसँग धुने र त्यसपछि जमरालाई कुटेर वा पेलेर रस निकाल्ने । त्यसपछि सफा कपडामा राख्ने र निचोर्ने । र, जमराको जुसमा थोरै तुलसीको रस, मह, अदुवा र थोरै पानी मिसायर पिउन सकिने व्यापारी कार्की बताउँछिन् ।

    जमराको जुस पिउँदा ख्याल भने गर्नुपर्ने उनी बताउँछिन् । जमराको जुस धेरै पिउन नहुने उनी बताउँछिन् । एकपटकमा ३० देखि ५० एमएमसम्म जुस पिउनसक्ने पिउँदा लाभदायी हुने उनको भनाइ छ । जमराको जुस दैनिक नभई हप्तामा ४/५ दिन पिउँदा राम्रो हुने उनको अनुभव छ । (साभार)

     

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer