• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सरुवाको पिडामा दया शंकर सर, भन्नुहुन्छ, “क्षमता भन्दा नी अनुहार हेरिन्छ”


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • काठमाडौं । पुस १२ मा कान्तिपथ अनलाईनले एउटा समाचार प्रकाशन गरेको थियो । शिर्षक थियो, “निक्कै कठिन शिक्षक सरुवा, घुसै नखाई हुन्न काम, कति छ रेट ?” । समाचार निक्कै मन पराईयो, आज ८:५७ सम्ममा १९ हजार भन्दा बढी सेयर भईसकेको छ । यस समाचार प्रति यहांहरुले देखाउनु भएको सक्रिय सहभागिताको लागी सबैमा आभार व्यक्त गर्दै, हामिले कमेन्टमा तपाईका पनि केहि समस्या छ भने कान्तिपथलाई खवर गर्नुहोला, हामी समाचार बनाउनेछौ, भनेका थियौ । यस आएका कमेन्टहरुलाई नियालेर हेर्ने क्रममा दया शंकर उपाध्यायको नाममा आएको कमेन्टले हामिलाई सोच्न बाध्य बनायो । र तुरुन्तै दया शकर सरलाई सम्पर्क गर्यौ । दया शकर उपाध्यायका आफ्ना दुखका, पिडाका कुरा, हामिलाई सेयर गर्नु भएकोमा, जस्ताको तस्तै ।

    Advertisement

    उहां हुनुहुन्छ, रत्ननगर १ चितवन निवासी शिक्षक दया शंकर उपाध्याय । नारायण मावि कुश्मा पर्वत, जहां १३०० भन्दा बढी विद्यार्थी छन, त्यहां स्थायी शिक्षकका रुपमा कार्यरत उहांले केमेस्ट्रीमा मास्टर्स गर्नु भएको छ । मकवानपुर, वाग्लुङ र पर्वत हुदै लामो समय अस्थायी शिक्षकका रुपमा कार्यरत उहां २०७२ सालमा विज्ञान विषयमा मावि स्थायी हुनुभएको थियो ।
    पारिवारिक वसाई चितवन भएका उहांको वृद्द वा-आमाको सेवा र घर पाएक सरुवा माग्दा जहिल्यै उहांको क्षमता भन्दा अनुहारलाई अगाडी सारेकोमा निक्कै दुखी हुनुहुन्छ ।
    कक्षा १० मा पढ्दा आफै खाना पकाउने क्रममा आगोमा परेर सुन्दर अनुहार गुमाउनु परेको पिडा आफुले अहिले वेहोर्दै आएको कुरा निक्कै दुख साथ हामिलाई बताउनु भयो । दया शंकर सर भन्नुहुन्छ, “मेरो योग्यता, क्षमताको मुल्यांकन गर्दै विभिन्न बिद्यालयका साथीहरु मेरो सम्पर्कमा आउनुहुन्छ । हामी तपाईलाई घर पाएक सरुवा गराउछौ भन्नुहुन्छ, निक्कै खुशी लाग्छ । जब मेरो भेट बिद्यालय व्यवस्थापन समितीका साथीहरुसंग हुन्छ तब उहांहरु मेरो क्षमताको भन्दा पनी मेरो अनुहारलाई दोष दिएर टाढिन्छन् । जसले गर्दा म आफुलाई निक्कै दुख लाग्ने गरेको छ।” उहा भन्नुहुन्छ, “२१औ शताब्दीमा आएर पनि हामी मानव, मानव बन्न सकेनौ, म माथि किन यस्तो व्यवहार गरिन्छ, के अब मैले मेरो अनुहार कै कारणले घर पायक सरुवा नपाउने नै हो त”।

    “धेरै पटक साथिहरुले सहयोग गर्न खोज्नु भयो । अझै पनि सहयोग गर्छौ भनिरहनु भएको छ । तर जब कुरा अन्तिम-अन्तिममा पुग्छ, तब मेरो शैक्षिक योग्यता क्षमता भन्दा पनि मेरो अनुहारको कुरा आउछ र मलाई हरेक पटक निराश पारिन्छ” दया शंकर सर भावुक हुदै भन्नुहुन्छ ।

    सानैमा, कक्षा १० मा पढ्दै गर्दा खाना वनाउने बेला अगेनामा परेर, आगोले जलेर आफ्नो सुन्दर अनुहार गुमाउनु भएका उहाको निक्कै उपचार गर्दा पनि अनुहार पुरा निको हुन सकेन । जसका कारणले उहाको अनुहार सामान्य भन्दा फरक छ ।

    कान्तिपथ अनलाईको अनुरोध

    सरोकारवाला निकायहरु, बिशेष गरी चितवन जिल्लाका स्थानिय निकायहरु र अझै भन्नुपर्दा चितवनका बिद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु समक्ष हाम्रो अनुरोध छ कि, “कसैको दुखमा साथ दिनु हामि सबैको कर्तब्य हो, दया शंकर सरको दुखमा तपाईहरुको पुरा साथ सहयोगको आवश्यकता छ । एउटा असल शिक्षकलाई सामाजिक माया ममता र सद्भावको सदा खांचो रहिरहन्छ । यस भन्दा अगाडी दया शंकर सरसंग सम्पर्कमा आउनुहुने, शिक्षकहरु, पालिकाका प्रमुखहरु, समितीका पदाधिकारीहरु समक्ष हाम्रो अनुरोध छ,  दया शंकर सरको दुखमा मलम लगाउने कोशिष गर्नु होला । यस पटकलाई हामीले सरको अनुरोधमा यहाहरु सबैको नाम ठेगाना गोप्य राखेका छौं ।

    (यहांहरुका, बिशेष गरी शिक्षक/गुरुहरुका समस्या र गुनासा छन् भने हामिलाई पठाउनु होला, हामि सम्बन्धित ठाउमा पुर्याउने छौं)

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer