• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

के तपाईको शरीर स्वस्थ छ ? थाहा दिन्छन् यि ८ संकेतले


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • मेरो शरीर स्वस्थ छ कि छैन होला ? यो प्रश्न सायद हरेक व्यक्तिको मनमा आउने गर्छ । शरीर स्वस्थ हुनको लागि रोगप्रतिरोधात्मक क्षमता राम्रो हुनु जरुरी हुन्छ । त्यसैले रोगप्रतिरोधात्मक क्षमतालाई आयुर्वेदमा सधैं महत्त्व दिइन्छ ।

    Advertisement

    पेट सफा छ, तौल ठीक छ, छाला सफा छ, अल्छी लाग्दैन, भोक राम्रो छ, निद्रा राम्रो छ, शरीरमा कतै दुखाइ छैन र मन खुसी छ भने हामी आफूलाई स्वस्थ ठान्छौं । तर स्वस्थको यी आठ लक्षण देखिएन भने आत्तिनुपर्दैन । आफ्नो दैनिक दिनचर्या र खानपानमा परिवर्तन गरेर स्वास्थ्यको मापदण्ड हासिल गर्न सकिन्छ ।

    चम्किलो छाला

    शरीर स्वस्थ र सन्तुलित भयो भने छाला पनि स्वस्थ र चम्किलो हुन्छ । मानिसको स्वास्थ्य जति राम्रो हुन्छ, अनुहार लगायत सम्पूर्ण शरीरको छाला त्यति नै स्वस्थ र चम्किलो हुन्छ । छालाको चमक बढाउन प्रशस्त पानी पिउनुपर्छ । दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस् र दिनभर तीनदेखि चार लिटर पानी पिउने बानी बसाल्नुपर्छ ।

    नियमित योग, व्यायाम र सन्तुलित र सात्विक आहारले बाँकी रहेका कमजोरीहरू पूरा गरी छालालाई चम्किलो बनाउँछ ।

    तौल नियन्त्रण

    वंशाणुगत र हार्मोनल कारणबाहेक तौल बढ्नुको अन्य मुख्य कारण खाना र व्यायाबीचको असन्तुलन हो । हामीले दिनभरि खाएको खानाबाट प्राप्त भएको क्यालोरीलाई व्यायाम र शारीरिक गतिविधिमार्फत खर्च गर्दैनौं भने त्यो शरीरमा अतिरिक्त वजनको रूपमा भण्डारण हुन्छ । यदि हामीले सन्तुलित खानासँगै दैनिक व्यायाम गर्‍यौं भने तौल नियन्त्रण हुन्छ ।

    ठीक समयमा भोक

    यदि कसैलाई खाना खाने समयमा भोक लाग्दैन भने उनीहरू पूर्ण रूपमा स्वस्थ हुन सक्दैनन् । सधैं केही न केही खाइरहने, खानाको निश्चित समय नहुने र भोक लागेभन्दा बढी खानेकुरा खाने व्यक्ति कडा भोकको आनन्दबाट वञ्चित हुन्छन् । खानाको समय नमिल्दा ग्यास्ट्रिक र मोटोपनको समस्या निम्तिन्छ । यदि ठीक समयमा भोक लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ भन्ने लक्षण हुन्छ । त्यसैले सही समयमा खाना खानु पनि महत्त्वपूर्ण हुन्छ ।

    गहिरो निद्रा

    स्वस्थ रहनका लागि गहिरो र पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । गहिरो निद्रा शरीरको मांसपेशीलाई मर्मत गर्न र शरीरलाई स्फूर्ति प्रदान गर्न महत्त्वपूर्ण हुन्छ । त्यसैले गहिरो निद्राको लागि दिनभरि शरीर र दिमाग दुवैलाई सक्रिय राख्नुपर्छ । सुत्नुअघि आफ्नो दिमाग शान्त राख्ने, सुत्नुभन्दा एक घण्टा अगाडि टिभी र मोबाइलबाट टाढा रहने गरियो भने राम्ररी निदाउन सकिन्छ ।

    खुसीको भावना

    मन उदास रह्यो भने शरीर स्वस्थ रहन सक्दैन । त्यसैले मन खुसी हुनु जरुरी छ । मन दुई किसिमले खुसी हुन्छ- स्वस्थ शरीर र सकारात्मक सोच । योग, व्यायाम र सन्तुलनको माध्यमबाट शरीरलाई जति फिट बनाउन सकिन्छ, त्यति नै दिमाग प्रसन्न हुन्छ । सकारात्मक सोचले दिमागमा पनि सकारात्मक प्रभाव पार्छ । सकारात्मक सोचका लागि ध्यान र प्राणायामको अभ्यास सबैभन्दा प्रभावकारी हुन्छ ।

    शरीरमा कुनै प्रकारको दुखाइ छैन

    शरीरमा कुनै पनि प्रकारको दुखाइ छ भने त्यो स्वस्थ शरीरको लक्षण होइन । त्यसैले शरीरमा कुनै प्रकारको दुखाइ छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि शरीरको अंगमा कुनै पनि प्रकारको दुखाइ छ भने के कारणले दुखेको हो भन्ने कुरा पहिचान गरेर समयमा उपचार गर्नुपर्छ ।

    शरीरमा आलस्य छैन

    यदि शरीर आलस्य हुन्छ भने त्यो पनि स्वास्थ्य शरीरको लक्षण होइन । शरीरलाई स्वस्थ राख्न आलस्यता हटाउनुपर्छ । सात्विक भोजन, ध्यान, योग, व्यायाम र प्राणायामलाई दैनिक जीवनको हिस्सा बनाइयो भने शरीरमा आलस्यता रहँदैन ।

    स्वस्थ पेट

    दिसा नियमित र सहज तरिकाले हुन्छ भने त्यो स्वस्थ शरीरको लक्षण हो । सन्तुलित खाना र नियमित योग गरियो भने हाम्रो पेट स्वतः सफा हुन्छ । साथै दैनिक तीनदेखि चार लिटर पानी पिउनु पर्छ ।

    पेटलाई स्वस्थ भुजंगासन, बालासन, पवनमुक्त आसन, वज्रासन, धनुरासन र योग मुद्राको विशेष अभ्यास गर्न सकिन्छ । यी योगासनले कब्जियतको समस्याबाट पनि छुटकारा दिन्छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer