• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

के हो निमोनिया ? बच्चालाई कसरी जोगाउने ?


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको छ ।

    Advertisement

    यसको अर्थ निमोनिया शिशु तथा बालबालिकाको लागि घातक साबित हुन सक्छ । तर बेलैमा निमोनिया हुन नदिन र भएमा तत्काल पहिचान गरी बचाउन विशेषगरी जाडो मौसममा सर्तकता अपनाउन आवश्यक छ ।

    के हो निमोनिया ?

    फोक्सोमा कुनै कारणवश हुने संक्रमणलाई निमोनिया भनिन्छ । निमोनिया यस्तो रोग हो, जसबाट सबै उमेरसमूह प्रभावित हुन सक्छ । विशेषगरी शिशु यसको जोखिममा बढी हुन्छन् ।

    कारण

    निमोनिया गराउन विभिन्न तत्व कारक मानिन्छ । शिशुहरुले बान्ता गर्दा निलेर त्यसको कण छातीसम्म पुगेर निमोनिया हुन सक्छ । अर्को कारण भनेको मट्टीतेलको कण पनि फोक्सोमा पुगेर निमोनिया हुने जोखिम हुन सक्छ ।

    त्यस्तै चिसो मौसममा देखा पर्न सक्ने भाइरल इन्फ्लुएन्जा, ब्याक्टेरियाको संक्रमण र रुघाखोकीको समयमा उपचार नहुँदा निमोनिया हुन सक्छ । जन्मिंदा आवश्यक खोप नपाएका बालबालिकालाई पनि निमोनियाको जोखिम हुन्छ ।

    लक्षण

    उच्च ज्वरो आउने, सास फेर्न कठिन हुने, छाती दुख्ने, छिटो-छिटो सास फेर्ने, खोकी लाग्ने, कोखा हान्ने, नङ वा ओठमा नीलो रङ देखिने निमोनियाको लक्षण हुन सक्छ ।

    शिशुमा पेट दुख्ने, बान्ता हुने, निमोनियाले गम्भीर असर पुर्‍याएको छ भने अक्सिजनको स्तर कम हुने र ओठ नीलो हुने लक्षण देखिन्छन् ।

    कति बेला अस्पताल लैजाने ?

    यदि रुघाखोकी र ज्वरो हल्का मात्र छ तर सास फेर्न समस्या छैन र बान्ता पनि गरिरहेको छैन भने घरमै ओरल एन्टिबायोटिक औषधि दिने, खानपाान र चिसोबाट जोगाए निको हुन सक्छ ।

    तर अत्यधिक ज्वरो, सास फेर्न कठिनाइ भइरहेको खण्डमा भने तत्काल अस्पताल लैजानुपर्ने हुन्छ ।

    सास फेर्न समस्या भएको कसरी थाहा पाउने ?

    दुई महिनाभन्दा सानो शिशुको सास फेर्ने क्रम ६० भन्दा माथि भएमा, दुई महिनापछिको उमेरदेखि एक वर्षसम्मको बच्चामा ५० भन्दा बढी भएमा, दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा ४० भन्दा बढी र पाँच वर्षसम्मका बालबालिकाको ३० भन्दा बढी भएमा सास फेर्न कठिन भइरहेको थाहा पाउन सकिन्छ ।

    उपचार

    निमोनियाको उपचार छिटो पहिचान गरी उपचार गरेमा निमोनियाले हुन सक्ने सम्भावित जटिलताबाट बच्न सकिन्छ । यसको उपचारमा सामान्य लक्षण भए ओरल एन्टिबायोटिक औषधि दिन सकिन्छ । तर बच्चाको श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो, खाना पचाउन नसक्ने अवस्थामा अस्पताल भर्ना गरी सुईबाट एन्टिबायोटिक औषधि दिनुपर्ने हुन्छ ।

    भाइरल निमोनिया छ भने एन्टिभाइरल औषधि चलाउनुपर्छ ।

    जटिलता

    निमोनियमाको समयमा उपचार भएन वा सहीसँग उपचार नभएमा ज्यानै जानेसम्मको जोखिम हुन सक्छ । निमोनियाको कारण शरीरमा अक्सिजनको कमी भएपछि मुटु, मस्तिष्कलगायत अंगहरुमा पनि असर गर्छ ।

    साथै, आईसीयूमा भर्ना गर्नुपर्ने वा सास फेर्न कठिन भई कृत्रिम सास दिनुपर्ने अवस्था आउन सक्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण निमोनिया बढ्दै गई रगतमा फैलिएर शरीरभर नै संक्रमण हुन सक्छ । जसलाई ‘सिभियर सेप्सिस’ भनिन्छ । अर्को भनेको निमोनिया नै बिग्रिएर छातीमा पानी जम्ने हुन सक्छ ।

    जोगिन के गर्ने ?

    निमोनियाबाट जोगाउन नवजात शिशुलाई निमोनियाविरुद्धको खोप अनिवार्य दिनुपर्छ । जाडोयाममा बच्चालाई चिसो र भाइरल संक्रमण भएको व्यक्तिको सम्पर्कबाट टाढा राख्नुपर्छ ।

    दुई वर्षभन्दा मुनिको नवजात शिशुमा प्रतिरोध क्षमता कम हुने भएकाले धुवाँधुलो तथा प्रदूषण र भीडभाड क्षेत्रमा लैजानु हुँदैन ।

    रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । साथै, बच्चाको खानपान र पोषणमा ध्यान दिनुपर्छ । कुनै किसिमको लक्षण देखिएमा तुरुन्त अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer