• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

खतरामा मधेशका छोरीहरु, ससुरा, श्रीमान् र बुबा नै शत्रू


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • सिराहा । घटना –१ः सिराहा नगरपालिका १५ का ४० वर्षीय देवेन्द्र यादवको कुटपीटबाट उनकी श्रीमती ३० वर्षीया संजिताकुमारी यादवको मृत्यु भयो । सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपीट खेप्दै आएकी थिइन्।

    Advertisement

    यस पटक भने अति नै भयो। गत मंसिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, ईंटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, जबसम्म सजिताको ढुकढुकी बन्द भएन।

    त्यस दिनको पिटाईले उनको प्राण पखेरु उड्यो। प्राण त्याग्नु अघि उनी रोइन्, कराइन् , चिच्याइन्। ज्यान बचाउन उनी हार गुहार माग्दै थिइन्। तर पति नै व्याधा भएर उत्रेपछि उनको केही लागेन। सास्तीबाट छुटकारा दिलाउने त परै जाओस् कठैबर भन्ने पनि कोही भएन ।

    जिउदो हुँदा सुखभोग गर्न नपाएको संजिताको शवले पनि सहज व्यवस्थापन पाएन। श्रीमतीको मृत्यु भएको निश्चित भएपछि उनले केही व्यक्तिको सहयोगमा भारत पुर्याएर शव बाँसको घारीमा फालेर आए। प्रहरीले घटनाको तीनदिन पछि नेपाल भारत सीमानाबाट करिब २० किलोमिटर भित्र भारत विहारको मधुवनी बेलाबाध सेलरा भन्ने ठाउँको बाँस घारीबाट बरामद गर्यो।

    भारतीय प्रहरीको सहयोगमा संजिताको शव परीक्षण भारतमै गरियो। प्रहरीले शव सिराहा ल्याएपछि पुनः प्रादेशिक अस्पतालमा पोष्ट मार्टम गरायो। प्रहरीले कानुनी प्रकृया पूरा गर्न बाध्यताले नेपालमा पनि पोष्टमार्टम गर्नु परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डेले जनाएको छ।

    घटनाको सुइको पाए लगत्तै खोजीमा सक्रिय भएको प्रहरीले देवेन्द्रलाई घटनाको दुई दिनपछि ९ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्यो । देवेन्द्रले दिएकै सुराकको आधारमा संजीताको शव प्रहरीले फेला पार्न सफल भएको प्रवक्ता पाण्डेले जनाए। अहिले देवेन्द्र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा छन्।

    आमालाई बाउले कुटेर मारे। बाउ कानूनको फन्दामा परे। उनीहरुका पाँच जना स–साना छोरा छोरीको कान्त विजोग भएको छ।

    घटना २ः
    सिरहा कल्याणपुर नगरपालिका ८ बडकी मझाउका राजकिशोर दासकी २७ वर्षीया संगीताकुमारी दासले पनि अकाल मै ज्यान गुमाइन्। ससुरा रामअशिष दासले निर्ममतापूर्वक बञ्चरो प्रहार गरेपछि संगीता पुकलुक्कै ढलिन्। गत कात्तिक २७ गते सम्साँझै संगीताको हत्या गरियो।

    सामान्य घरायसी बिबादमै आक्रोसमा आएका ससुराले दाउरा चिरे जस्तै गरी संगीता माथि बञ्चरो बजारे। आइया पनि भन्न नपाई संगीता ठहरै भइन्। बुहारी मारेर फरार रहेका दासलाई प्रहरीले मंसिर १२ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्यो। पक्राउ परेका ससुरा दासलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसनधानको लागि प्रहरीले थुनामा राखेको छ।

    घटना ३ः
    जिल्लाकै नरहा गाउँपालिका ५ का उमेशकुमार यादवको कुटपीटबाट आफ्नै १५ वर्षीया छोरी चाँदनीकुमारी यादवको ज्यान गयो। फरक धर्माबलम्वीको केटोसँग भागेकी छोरीलाई भारतबाट फर्काएर ल्याएको एक सातामै कुटपीट गर्दै घाँटीमा डोरी कसेर छोरीको हत्या गरे। हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

    साउन ३० गते बेलुका १९ः३० बजे गोठमा कुटपिटबाट छोरीको मृत्यु भयो। हत्याको अभियोगबाट बच्न उमेशले नयाँ जुक्ति झिके। मरेको छोरीको लाश बोकेर स्वास्थ्य संस्थामा पुर्याए।

    छोरीले विष सेवन गरेको र उपचारमा ल्याएको भनी ढाँटछल गर्न खोजे। उपचारको क्रममा मृत्यु भएको भन्दै आफैँले प्रहरीमा जाहेरी दरखास्त पनि दिए। तर उनको लागि ‘पाप धुरीबाट कराँउछ’ भनेजस्तै भयो। शवको प्रकृति देखेर शंका लागेपछि प्रहरीले अनुसन्धान शुरु गर्यो ।

    अनुसन्धानको क्रममा घाँटीसहित शरीरको विभिन्न भागमा निलडाम देखेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै घटनास्थल पुग्यो। घटनास्थलबाट रातो पदार्थ (रगत) लागेको तन्ना, सर्ट, डोरी, डोरीमा कपालसमेत भेटेपछि हत्या भएको भन्ने ठम्याइमा प्रहरी पुग्यो।

    प्रहरीले उमेशलाई उनकै घरबाट करिब एक महिनापछि गत भदौ २५ गते पक्राउ गर्यो। अदालतको आदेशबाट यादवलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

    प्रहरी अनुसन्धानको क्रममा हत्या वारदात भन्दा एक महिना पहिले चाँदनी जियाउदिन शेख (नाम परिवर्तन) सँग भागेकी थिइन्। गैर धर्माबलम्वीसँग भागेको एक हप्तापछि भारतबाट फर्काएर ल्याइएकी चाँदनी बुबाको निगरानीमा रहेकी थिइन्।

    सिराहामा यो वर्ष भएका माथि उल्लिखित फरक–फरक घटनाले घरभित्रै महिला कति असुरक्षित रहेका छन् भन्ने विषयलाई उजागर गरेको छ। यी घटनाहरुले महिलाको जीवन घरपालुवा पशुभन्दा पनि कम महत्वको बस्तु भएको दर्साउँछ।

    घरमा पालिएका जनावरले पनि बिगार गरिरहेको हुन्छ। कहिले अन्न पात जुठ्याउने, कहिले बालिनाली खाइदिने, बिगार गर्ने गरिरहेको हुन्छ। तर त्यही कारणले पशुको हत्या गरिहाल्ने हाम्रो व्यवहार छैन ।

    तर महिलाले आज श्रीमानले भनेको नमान्दा, ससुराले अह्राएको नमानेको वा छोरीले आफ्नो खुशीले जीवनसाथी रोज्दा मृत्युवरण गर्नु पर्ने अवस्था छ। माथि उल्लिखित घटनाहरुले समाजको कुरुपतालाई छर्लङ्ग पारेको छ। उपर्युक्त घटना प्रतिनिधि घटनाहरु मात्र हुन्।

    सिराहामा आर्थिक वर्ष २०७९–०८० मा जबरजस्ती करणीका ३८ वटा घटना दर्ता भएको छ। घटनामा संलग्न १८ जना पुरुष पक्राउ परेका छन्। २८ जना अझै फरार रहेको छ। जवरजस्ती करणी उद्योगमा १४ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ७ जना पक्राउ परेको छ। ८ जना अझै फरार छन् । बाल यौन दुरुपयोगका ३ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ३ जना पक्राउ परेका छन् भने २ जना फरार रहेको छ।

    चालु आर्थिक वर्षको मंसिर २० सम्ममा कर्तव्य ज्यानका तीन वटा मुद्दा दर्ता भएका छन्। घटनामा संलग्न तीन जना पक्राउ परेको छ भने केही फरार रहेको छन् ।

    जवरजस्ती करनीका १३ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ६ जना पक्राउ परेका छन् भने १० जना फरार रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, जवर जस्ती करनी उद्योगमा ८ वटा घटनाहर दर्ता भएको छ। घटनामा संलन ४ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार रहेको छ।

    यो त सिरहामा भएका घटनाहरुमध्ये प्रहरीसम्म पुग्ने हिम्मत गरेर सार्वजनिक भएका घटनाहरु हुन्। यो बाहेक समाजिक, राजनीतिक, आर्थिक दबाब र प्रलोभनमा कति घटनाहरु गाउँका स–साना राजनीतिक दरबारहरुमै टुङ्गिन्छन्।

    सिराहा मात्र हैन मधेशमा यस्ता घटनाहरु दिनानुदिन बृद्धि भइरहेका छन् । कहिले दहेजको नाममा, कहिले बोक्सीको नाममा त कहिले छोरीहरुले आफ्नो जीवनसाथी आफैँ रोजेको नाममा यहाँका महिला, युवती तथा किशोरीहरु हिंसाको शिकार भइरहेका छन् ।

    कतिपय अवस्थामा मृत्युको सिकारसम्म हुनु परेको छ। हालै भएका घटनाहरुले समाजलाई प्रतिबिम्वित गर्दछ। यस्ता घटनाहरु उन्मुलनको लागि राज्यका हरेक निकाय÷पक्षबाट अझै गम्भीर प्रयास हुन आवश्यक रहेको समाजिक अगुवाहरु बताउँछन्।

    समाजमा हुने अपराधका घटनाहरु उन्मुलन गर्न प्रहरीको एक्लो प्रयासबाटमात्र सम्भव नहुने प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरु समाजका हरेक तह तप्काले समाजको सम्भावीत घटनाहरुप्रति गम्भीर हुनु पर्ने प्रहरीको कथन छ। आफ्नोले अपराधै गर्दा पनि लुकाउन खोज्ने परिपाटीले पनि कानूनी रुपले बाधा अड्चन हुने गरेको प्रहरीको बुझाई रहेको छ।

    सरकारले दाइजो विरोधी कानून बनाएको छ। तर त्यसको कार्यान्वयन फितलो छ। बालबिबाह गर्न नपाइने कानूनले भनेको छ। कसैलाई पनि बोक्सीको आरोप लगाउनुमात्र पनि कानूनी रुपमा अपराध हो भनिएको छ।

    तर कानून बन्दै अपराध रोकिँदैन । कानूनको कडाईका साथ परिपालना गरिनु पर्छ। कानूनी राज्यको आभाष हुनेगरी भूइँतह सम्मैका मानिसमा पितृसत्तात्मक सोचको विरुद्धमा चेतना फैलाउनु पर्ने महिला अधिकारर्मी गंगा कुमारीको भनाइ रहेको छ। (न्युज कारखानाबाट)

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer