• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

राष्ट्रव्यापी वक्तृत्वकलामा दिग्विजयको विजय


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • काठमाडौं। रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘चौधौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता’मा महेश संस्कृत गुरुकुल देवघाटका छात्र दिग्विजय लामिछाने प्रथम भएका छन् ।

    Advertisement

    प्रतियोगितामा टाइम लाइन स्कुल जोरपाटीकी छात्रा आर्या कार्की द्वितीय स्थान हासिल गर्दा रिपुमर्दनी सैनिक माविका छात्र सुतृष्ण पौडेलले तृतीय स्थान हासिल गरेका छन् ।

    यसैगरी संस्कृत मावि रानीपोखरी काठमाडौंका छात्र विजय तिमल्सिना र कन्तिभैरव गुरुकुल उत्तरवाहिनीका छात्र गणेश पराजुलीले प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । शनिबार आयोजित भव्य समारोहकाबीच विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

    प्रतियोगितामा देशभरका २४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । मंसिर २९ गते पहिलो चरणअन्तर्गत सहभागीहरुमध्येबाट उत्कृष्ट ५ वक्ता छनोट गरिएको थियो भने ३० गते शनिवार उत्कृष्ट पाँच वक्ताहरूको प्रतिस्पर्धा गराई विजेताको अन्तिम टुंगो लगाइएको थियो ।

    प्रतियोगितामा विद्यार्थीहरुले ‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा आफ्नो वक्तृत्वकला प्रदर्शन गरेका थिए । प्रतियोगितामा देशभरका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु एउटा विद्यालयबाट एकजनामात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

    यसअघिका १३ औँ संस्करणसम्म उपत्यकाव्यापी प्रतियोगिता आयोजना गरेको रिलायन्स साहित्य समाजले यसपटक भने राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरेको हो ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer