• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उमेर चालीस पुग्यो ? त्यसोभए महिलाले गराउनुपर्छ यी स्वास्थ्य परीक्षण


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • तपाई चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ?

    Advertisement

    मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन । तैपनि अब भने सजग रहनु उत्तम हुनेछ । किनभने उमेरको यो चरणमा पुगेपछि केही स्वास्थ्य जोखिमहरु थपिन सक्छ । त्यसैले आफ्नो शरीर सही सलामत छ वा छैन भनेर जाँच्नुपर्छ । यसले तपाईंलाई संभावित जोखिमबाट बचाउने मात्र होइन, ढुक्क पनि बनाउँछ । त्यसैले होलबडी चेकअप गर्नुहोस् ।

    हुन त होलबडी चेकअप भनेर कतिपय अनावश्यक जाँच पनि गराइन्छ । त्यसैले यो उमेर चरणमा हामीले के कस्ता स्वास्थ्य जाँच गर्नु जरुरी छ भनेर थाहा पाउनुपर्छ ।

    पछिल्लो समय मध्यम वर्गीय परिवार पनि आफ्नो स्वास्थ्य प्रति सजग हुन थालेको देखिन्छ । यसमा धेरथोरै स्वास्थ्य बीमाको पनि हात छ । स्वास्थ्य बीमा गरेका महिलाहरुले चिकित्सकले प्रारम्भिक सोधपुछ, शारीरिक जाँच गरेपछि मात्रै आवश्यकता अनुसारको जाँच (भिडियो एक्सरे, कोलेस्टेरोल, सीटी स्क्यान, एमआरआई) गराउनु बुद्धिमानी हुन्छ । किनकि चिकित्सकले व्यक्ति विशेषको उमेर एवं त्यस क्षणको स्वास्थ्य स्थितिलाई विचार गरेर आवश्यकता अनुसारको ल्याब परीक्षण गर्नका लागि भन्ने नै छ ।

    के-के परीक्षण गराउने ?

    चालिस कटेका महिलाले के, के जचाउने त ? मानव शरीरमा मस्तिष्क (गिदी), मुटु, मिर्गौला, कलेजो र फोक्सोलाई निकै महत्वपूर्ण अङ्ग मानिन्छन् । यी अङ्गहरु मध्ये कुनैमा पनि विकार आए व्यक्ति विशेषको दैनिक जीवनमा निकै असहजता उत्पन्न हुन्छ । तर पनि चालिस वर्षको उमेरलाई मानक मानी अब देखि भने माथि उल्लेखित मूख्य-मूख्य अङ्गहरु कति स्वस्थ छ भन्ने कुरा थाहा पाइराख्नु राम्रो हो ।

    मस्तिष्क, मुटु, मिर्गौला, कलेजो, थाइरोइड ग्रन्थि अनि फोक्सोको कति स्वस्थ छ भनी थाहा पाउन न्यूनतम चेकजाँच गराए पुग्ने मेनु छ ।

    मिर्गौला कस्तो छ ?

    मिर्गौलाको स्थिती थाहा पाउन पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा जाँच गराए पुग्छ । यदि मिर्गाैला सम्बन्धी यी रिपोर्टमा कुनै कैफियत देखियो भने मात्र पिसाबको कल्चर मिर्गौलाको भिडियो एक्सरे, रगतमा ईलेक्ट्रोलाईट्सको जाँच गराउने तर्फ लाग्नुपर्छ ।

    मुटुले कसरी काम गर्दैछ ?

    त्यसैगरी मुटुको अवस्था थाहा पाउन ईसीजी नामक प्रारम्भिक जाँच गराए पुग्छ । ईसीजीको रिपोर्ट हेरेपछि मात्र ईकोकार्डियोग्राफी भनिने मुटुको भिडियो एक्सरे गराउन आवश्यक हुन्छ । रक्तनलीमा बोसो अर्थात् कोलेस्टेरोल जम्यो भने रक्तनली साँगुरिन गई हृदयाघात हुने, मस्तिष्काघात हुने, उच्च रक्तचापको समस्या देखिन सक्ने हुनाले सुरुमै लिपिड प्रोफाईल भनेर जाँच नगराई रगतमा कोलेस्टेरोल एवं ट्राईग्लाईसेराईडको प्रारम्भिक परीक्षण गराए पुग्छ । यसमा असामान्य नतिजा आए मात्र लिपिड प्रोफाइल गराउँदामा हुन्छ ।

    कलेजो ठीक त छ ?

    कलेजोको काम गराईको अवस्था थाहा पाउन रगतमा बिलिरुबिन, एएसटी र एएलटी भनिने प्रारम्भिक जाँच गराए पुग्छ ।

    फोक्सोलाई सास्ती त छैन ?

    नेपालमा त्यसैपनि ग्रामीण भेगतिरका महिलाहरुमा धुम्रपान गर्नै चलन बढी छ त्यसमाथि घरका कसैले धुम्रपान गर्छन् भन प्यासिभ स्मोकरका साथै घरभित्रैका धुँवा धुलो एवं शहरबजारको वायु प्रदुषणले पनि फोक्सोको समस्या निम्त्याउँछ । फोक्सोको सही अवस्था थाहा पाउन छात्तीको एक्सरेको प्रारम्भिक जाँच गराए पुग्छ ।

    स्वाँ स्वाँ गरि सास फुल्ने, हल्का दम जस्तो पनि छ भने पल्मोनरी फन्क्शन टेष्ट भनेर सास तानेर, फुकेर गरिने जाँच गराए हुन्छ ।

    थाइरोइडको अवस्था के छ ?

    थाइरोइड ग्रन्थिको स्वस्थताको लागि टीएसएच भन्ने प्रारम्भिक जाँच मात्र गराए पुग्छ । साथै भोको पेटमा रगतमा सुगरको मात्रा एवं दिसाको साधारण जाँच गराउनु राम्रो हुन्छ ।

    स्तन एवं पाठेघरमा गंभीर रोगको जोखिम त छैन ?

    नेपाली महिलाहरुको आयु लम्बिन थालेसँगै बुढ्यौली उमेरमा देखा पर्ने स्वास्थ्य समस्या एवं क्यान्सरको जोखिमलाई विचार गरेर थप जाँच गराउन पर्ने हुन्छ । जस्तै कि स्तनको क्यान्सरको लागि म्यामोग्राफी तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको लागि प्याप स्मियर (वा यस्तै कुनै परीक्षण) गराउन आवश्यक हुन्छ । पित्त थैली, मिर्गौला, पाठेघर, डिम्बाशयको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गराउनु राम्रो हुन्छ ।

    रोगको उपचार होइन, रोग लाग्नै नदिने

    त्यसो भएर प्याकेजमै होलबडी चेकअप गराउने भन्दा पनि महिला विशेषको उमेर हेरेर कुन, कुन टेष्ट चाहिँ छुटाउनै हुन्न वा गर्नैै पर्दछ भन्ने कुरा मुख्य हो । होलबडी चेकअपको क्रममा वा माथि उल्लेखित प्रधान अंगहरुको स्वस्थता थाहा पाउन गरिने न्यूनतम जाँचहरुको मद्धतले ती अंगहरुमा लागिसकेको वा लाग्नै लागेको स्वास्थ्य समस्या समयमै पहिचान हुन्छ । भन्नुको तात्पर्य ‘रोग लाग्न दिन अगावै रोकथाम गर्न’ तिर धेरै मद्धत पुग्दछ ।

    ल्याब परीक्षणले मात्र देखाउँदैन मान्छेको अवस्था

    होलबडी चेकअपको कुरा गर्दै गर्दा सबै कुरा ल्याब परीक्षणबाट मात्र थाहा पाउने होइन । बढ्दो शहरीकरण, व्यस्त जीवनशैली, एकल परिवार एवं चुनौतीपूर्ण आय आर्जनसँगै अहिलेका मानिसहरुमा मानसिक समस्याको थुप्रो लागेको छ ।

    अहिलेका मानिसहरु डिप्रेसन, चिन्ता, टेन्सन, दुव्र्यसनीको शिकार, आत्महत्याको सोचबाट गज्रिरहेको हुनसक्छ । २०७२ सालको भूकम्प अनि पछिल्लो समयको कोभिड महामारीपछि मानसिक समस्याबाट प्रताडितहरुको संख्या निकै बढेको देखिन्छ । यस्तो वास्तविक परिस्थितिमा होलबडी चेकअपको नाममा केवल मुटु, मिर्गौला वा फोक्सोको स्वस्थतालाई मात्रै ध्यान दिएर पुग्दैन ।

    होलबडी चेकअपको क्रममा कतिपय टेस्टहरुका लागि खाली पेटमै नमूना दिने (कोलेस्टेरोल वा लिपिड प्रोफाइल वा सुगर) वा गराउन पर्ने (भिडियो एक्सरे) हुन्छ । फरक नतिजा आउनुमा यी स-साना कुरामा ध्यान नदिएर वा रगत (वा अन्य नमूना) समयमै नपुर्‍याएर वा ल्याबका परीक्षणका क्रममा पालना गर्नुपर्ने नियमहरु अक्षरशः पालना नगरेर हुनसक्छ । यी माथि उल्लेखित टेष्टहरु त होलबडी चेकअपको नाममा विशेषतः चालीसको उमेर कटेपछि गर्नुपर्ने टेष्टहरु हुन् । त्यो पनि एकपटक होइन, निश्चित अन्तरालमा गरिरहनुपर्ने टेष्टहरु हुन् ।

    शरीरले केही संकेत गर्दैछ कि ?

    उमेर अनुसार गर्नुपर्ने यी नियमित जाँचहरु बाहेक शरीरले कहिलेकाहीँ ज्वरो, तौल घट्ने वा तौल ह्वात्तै बढ्ने, गाँठागुँठी आउने जस्ता खतराका संकेत दिनसक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा आवश्यक जाँचहरु भने गराउनै पर्दछ ।

    सारांशमा भन्नुपर्दा होलबडी चेकअपको क्रममा पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा (मिर्गौलाको), ईसीजी (मुटुको), कोलेस्टेरोल एवं ट्राईग्लाईसेराईड (रक्तनलीको), बिलिरुबिन, एएसटी र एएलटी (कलेजोको), छात्तीको एक्सरे (फोक्सोको), टीएसएच (थाइरोइड ग्रन्थिको), दिसाको साधारण जाँच एवं सुगरको मात्रा जचाउनु राम्रो हुन्छ । (साभार)

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer