• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्गममा नमूना विद्यालय, समस्यालाई चिर्दै पढाइमा अब्बल


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • मुगु । मुगु जिल्ला स्थित सोरु गाउँपालिका-४ लिब्रु गाउँमा रहेको कालिका माध्यमिक विद्यालयमा समस्यै समस्याबीच पठनपाठन राम्रो हुने गरेको देखिएको छ । २०३४ सालमा स्थापना भएको यो भएको यो विद्यालयमा भौतिक पूर्वाधार देखि डेक्स बेन्च लाइब्रेरी, कम्प्युटर अभाव भए पनि कार्यरत शिक्षक शिक्षिकाले मौखिक रूपमा विद्यार्थीलाई बुझाउने गरी पढाउने गरेका छन् ।

    Advertisement

    विद्यालयमा पढ्न पाठन राम्रो हुने गरेपछि हुम्ला जिल्लाका ताजाँकोट र सर्केगार्ड गाउँपालिकाका तुम्च, तलतडी बस्तीबाट २४ भन्दा बढी विद्यार्थी आफ्नो गाउँको स्कुल छोडेर हुम्ला कर्णाली पुल पार गरेर कर्णाली वारी रहेको कालिका माविमा पढ्न आउने गरेका छन् । त्यसैगरी मुगु सोरु गाउँपालिका-२ स्थित जनज्योति माध्यमिक विद्यालय छोडेर ३० भन्दा बढी विद्यार्थी लामो यात्रा गरेर लिब्रु कालिका माविमा पढ्न आउने गरेको पाइएको छ ।

    भौतिक पूर्वाधार अभावका बाबजुद विद्यालयमा विद्यार्थीको चाप बढेको शिक्षकको भनाइ छ । गत वर्ष कालिका माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा २६ जना उत्तीर्ण भएका थिए । समस्यै समस्या बाबजुद पढाई राम्रो हुँदा विद्यालयमा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक अङ्गबहादुर बुढाले बताए । हाल विषयगत शिक्षकको अभाव नभएको र कार्यरत शिक्षक शिक्षिकाले पढाइ राम्रो विषय वस्तुपरक गदै आएको प्रअ बुढाले सुनाए ।

    सोरु गाउँपालिका भरिका ८ वटा माध्यमिक विद्यालय मध्ये लिब्रु गाउँमा रहेको कालिका माध्यमिक विद्यालयमा राम्रो पढाइ हुने गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘दुर्गम रहेको विद्यालय न विद्यालयका गतिल्ला भवन छन् न सरकारी कोटाबाट दरबन्दीमा शिक्षक छन् तर समुदाय र विद्यालय परिवारले निजी स्रोतबाट राखेका शिक्षकहरूको शिक्षणले सबैको मन जित्दै आएको छ । पालिकामा भएका अन्य माध्यमिक विद्यालयबाट समेत विद्यार्थी पढ्न आउने गरेका छन् ।’

    सोरु गाउँपालिका-२ मुसिनमेला गाउँका दत्तराज नेपाली स्कुल पढ्न दैनिक ५ घण्टा पैदल हिँड्ने आउने गरेका छन् । कक्षा ९ मा अध्ययनरत नेपालीलाई विद्यालय पुग्न दैनिक ५ घण्टा उकालो ओरालो हिँड्नु पर्ने अवस्था छ । बिहानै ७ बजे झोलामा रोटी बोकेर ओरालो झरेर ९ बजे स्कुल पुग्ने र साँझ ५ बजे स्कुल बिदा भएपछि ३ घण्टा उकालो उक्लेर साँझपख घर पुग्ने गरेका छन् ।

    स्कुल पढ्न दैनिक पाँच घण्टा उकालो ओरालो दौडिनु परेको दत्तराजले पनि आफ्नो दुखेसो पोखे । स्कुल जान २ घण्टा लाग्ने र घर पुग्न ३ घण्टा लाग्ने उनले सुनाए । स्कुल जान ओरालोबाट हिँड्नु पर्ने भएकोले २ घण्टा मात्र लाग्ने र घर फर्किन ठाडो उकालो चढ्नु पर्ने भएकाले ३ घण्टा हिँड्नु पर्ने बाध्यता छ उनले भने झरी हिमपातको बेला चिप्लिँदै विद्यालय आउजाउ गर्नु पर्छ ।

    गाउँमा माध्यमिक तह पढाइ हुने विद्यालय नहुँदा स्कुल पढ्न ५ घण्टा हिँड्नु परेको उनी सुनाउँछन् । मुसिनमेला गाउँका दत्तराज मात्र नभएर करिब ३ दर्जन भन्दा बढी छात्रा छात्र दैनिक ५ घण्टा हिँडेर कालिका माध्यमिक विद्यालयमा शिक्षा लिन बाध्य छन् । भौतिक पूर्वाधारको अभावका बाबजुद कालिका माविका शिक्षकहरूले गुणस्तरीय पढाइ र विद्यार्थीको बढी निगरानी गर्ने भएकोले मुसिनमेला गाउँका अभिभावकले आफ्नो छोराछोरीलाई ५ घण्टा हिँड्नु पर्ने भए पनि कालिका मै पढ्न पठाउने गरेका छन् ।

    बाटोमा पानी नहुँदा विद्यार्थीहरू मुख सुकाएर स्कुल पुग्ने र पसिना चुहाउँदै घर पुग्ने गरेका छन् । हामीलाई बिहान बेलुका हिँड्दै ठिक्क छ छात्रा दिपु नेपालीले भने सरले दिएको गृहकार्य गर्न पाइँदैन दैनिक ५ घण्टा हिँड्नु पर्दा शरीर दुख्छ थकान लाग्छ ।

    रोटी र पानी बोकेर भोक थकान नमानी हामी दुर्गमका विद्यार्थीले पढ्नु परेको दिपुले सुनाइन स्कुल पढ्न गएका छोराछोरी घर नपुग्दा सम्म अभिभावक बाटो हेरेर बस्ने गरेका छन् । जङ्गल र जोखिम बाटो भएकोले अभिभावकले स्कुल गएका छोराछोरी घर नपुग्दा सम्म चिन्ता मानेर बस्ने गरेका छन् । मेरो दुई छोराछोरी दैनिक ५ घण्टा हिँडेर लिब्रु कालिका माविमा पढ्न जाने गरेका छन् मुसिनमेला गाउँकी चिन्ता शाहीले भनिन घर नपुग्दा सम्म चिन्ता लागी रहन्छ । स्कुलमा छात्रावास भई दिएको भए त्यही बसाल्थ्यौ नहुँदा दैनिक ५ घण्टा हिडाल्नु परेको छ ।

    उता हुम्ला कर्णाली पारि तुम्च गाउँ, तलतडी गाउँका दुई दर्जन विद्यार्थी पनि डेढ घण्टा हिँडेर कालिका माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन् ।

    पहिरोको जोखिम
    कालिका माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । गत वर्ष निर्माण गरिएको ६ कोठे दुई तले भवनको तलबाट पनि जमीन भासिन थालेको र माथिबाट पनि पहिरो जान थालेपछि उक्त भवन जोखिम हुन थालेको छ ।

    चार वर्ष अघि निर्माण गरिएको अर्को ६ कोठे दुई तले भवन पनि अत्यन्तै जोखिम जीर्ण देखिएको छ । उक्त भवनको तल्लो तला भन्दा माथिल्लो तलाका ३ कोठाहरूको भित्ता पर्खाल चर्किँदै र ढुङ्गा झर्न थालेपछि शिक्षक विद्यार्थीलाई पढ्न र पढाउन जोखिम हुन थालेको हो ।

    गत वर्षको भूकम्पले गर्दा उक्त भवन अत्यन्तै जीर्ण र जोखिम देखिएको छ । विद्यालयमा अरू कक्षा कोठा नहुँदा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई उक्त चर्किएको जोखिम कोठामा बसालेर पढाउने गरिएको छ । जोखिम कक्षा कोठामा विद्यार्थी राखेर पढाउनु परेको शिक्षिका बिर्सना शाहीले बताइन् ।

    कक्षा कोठा अभावले गर्दा विद्यार्थीलाई जोखिम कोठामा राख्नु पर्ने अवस्था आएको छ । विद्यालयमा कार्यरत शिक्षक पनि उक्त जोखिम भवनमा बसेर सुत्ने खानपिन गर्ने गरेका छन् । राति ठूला पानी पर्यो हावाहुरी लाग्यो भने बेड बिस्तारा बोकेर पल्लो भवनमा सर्नु पर्छ शिक्षक शाही सुनाउँछिन् ।

    कालिका माध्यमिक विद्यालयको खेलमैदान चौर पनि झन् पहिरोको जोखिम छ । चौरको तलबाट भासिँदै गएको र माथिबाट पनि बेला बेला पहिरो खस्न थालेपछि शिक्षक विद्यार्थी चिन्तित देखिएका छन् । झरी बर्सातको समयमा माथि बाट पहिरो खस्दा विद्यार्थीलाई लाइन लगाउन गाह्रो हुने गरेको शिक्षक उम्मेर बुमी भन्छन् ।

    बेन्च डेस्क नहुँदा भुइँमा पढाई
    कक्षा कोठामा डेक्स बेच्न नहुँदा करिब ३ सय विद्यार्थी भुईँमा बसेर पढ्न बाध्य छन् । कक्षा १ देखि १० सम्म पढाई हुने यो विद्यालयमा हरेक वर्ष विद्यार्थीको चाप वृद्धि हुँदै गएको र डेक्स बेन्च नहुँदा विद्यार्थीहरू भुइँको धुलो सफा गरेर वा ढुङ्गामाथि बसेर पढ्न बाध्य छन् । एकातिर कक्षा कोठाको अभाव र अर्कोतिर डेक्स बेन्चको अपुग बाबजुद विद्यार्थी अध्ययन गर्न बाध्य छ ।

    डेक्स बेन्चको अभावले चिसो भुईँमा बसेर पढ्नु परेको कक्षा १० मा अध्यायरत छात्रा फुलमाया शाहीले गुनासो पोखिन । धुलोमा बसेर पढ्नु पर्दा कपडा फोहोर हुने कापी किताब च्यातिने उनको भनाई छ । विद्यार्थीहरू पनि भुईँमा फराकिलो हिसाबले बस्न पाउँदैनन् साँघुरो कोठामा कोचाकोच गरि बस्नु पर्ने बाध्यता छ ।

    कक्षा कोठा साघुरो र कक्षागत विद्यार्थीहरू बढी भएकोले भुइँमा पनि विद्यार्थीहरू एक अर्का सित टाँसिएर बस्न बाध्य भएका छन् । कालिका स्कुलमा अध्यायरत विद्यार्थीको समस्यालाई मध्यनजर गरी जिल्लामा कार्यरत फेज नेपाल संस्थाले ४८ थान फलामे बेन्च उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर शाहीले बताए । फेज नेपालको सहयोगले गर्दा विद्यार्थीलाई कक्षा कोठा बस्ने केही थोरै मात्रामा भए पनि राहत मिलेको छ ।

    चर्पी र खानेपानी समस्या
    विद्यालयमा खानेपानी र शौचालय सुविधा नहुँदा शिक्षक विद्यार्थी अप्ठेरोमा छन् । गत वर्ष निर्माण गरिएको खानेपानीको पाइदा पहिरोले चुकिदा विद्यालयमा पानी पिउन समस्या छ । चुँडिएको पाइप गाँसेर ल्याइएको पानी दिगो नहुँदा पानीको दुःख ब्यर्होनु परेको छ । माध्यमिक तहमा पढाइ हुने विद्यालयमा शौचालय पनि छैन । शौचालय नहुँदा शिक्षक विद्यार्थी जङ्गलतिर शौच गर्न जाने गरेका छन् । खुल्ला शौचले विद्यालय वरिपरि दुर्गन्धित हुने गरेको छ ।

    झारीमा शौच गर्न जाँदा सर्पको डर लाग्ने मान्छेले देख्लान् भन्ने त्रास हुने गरेको शिक्षक विद्यार्थी सुनाउँछन् । विद्यार्थीको समस्यालाई ध्यानमा राखेर कर्णाली गरिबी न्यूनीकरण विकास मञ्च केपीडिएफ नामक संस्थाले विद्यालयमा छात्र छात्राको लागि सुविधायुक्त शौचालय निर्माण गरेको भए पनि पर्याप्त छैन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गंगबहादुर शाहीले बताए । विद्यालय भवन निर्माणदेखि कक्षा कोठामा डेक्स बेन्चको लागि अन्य गैसस निकाय र सरकारी संस्थाले सहयोग गरि उनले आग्रह गरे ।

    छैनन् कम्प्युटर र लाइब्रेरी
    कालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक देखि पढ्न विद्यार्थीले कम्प्युटर सिक्न त के कुरा देख्न समेत पाएका छैनन् । आर्थिक अभावका कारण विद्यालयले कम्प्युटर खरिद गर्न नपाएको र अन्य निकाय बाट सहयोग नहुँदा विद्यालय कप्युटरविहीन अवस्थामा छ ।

    विद्यालयमा शौर्य ऊर्जाको बत्ती भए पनि कप्युटर नहुँदा विद्यार्थी सीमित किताबमा बाहेक अन्य ज्ञानबाट वञ्चित भएका छन् । विद्यालयमा कम्प्युटर नहुँदा प्रशासनिक कामदेखि पढाइमा गाह्रो भएको विद्यालयका लेखापाल मङ्गल बुढाले सुनाए ।

    कालिका माध्यमिक विद्यालयमा हरेक शुक्रबारीय क्रियाकलाप हुने गरेको छ । उक्त नियमित क्रियाकलापले गर्दा विद्यार्थीहरू उत्साहित छन् । कहिले देउडा कहिले नाचगान त कहिले हाजिरी जवाफ प्रतियोगिता हुने गरेको छ ।

    कुनै शुक्रबारको दिन विद्यालय सरसफाइसमेत गर्ने गरिएको छ । कालिका माध्यमिक विद्यालय पढ्न विद्यार्थीले बाल क्लबसमेत गठन गरी कुरीति प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गर्ने गरेका छन् ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer