• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पूर्व प्रहरी नै कार चोरी गर्ने गिरोहमा


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । एक महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीलाई फोनमा एउटा गोप्य सूचना आयो । अपरिचित व्यक्तिबाट आएको सूचनामा उल्लेख थियो, ‘यो मान्छेको हैसियत नै गाडी चढ्ने होइन । केही दिनदेखि करिब करोड आपसाप पर्ने हुण्डाईको क्रेटा एसयुभी कार चढेर फुईँ लगाएर हिँडिरा’छ ।’प्रहरीलाई उक्त सूचना काभ्रे बनेपाबाट आएको थियो । ती व्यक्तिले सूचना मात्रै दिएनन् । प्रहरीलाई कालो रंगको क्रेटा कारको नम्बर समेत उपलब्ध गराए । त्यसपछि छानबिन गर्न कार्यालयले प्रहरी नायब उपरीक्षक (डीसएपी) को नेतृत्वमा टोली खटाइयो । कारको नम्बर ‘भेरिफाइ’ गर्न यातायात व्यवस्था कार्यालय पठाइयो ।

    Advertisement

    जहाँ हरेक सवारी साधनको नम्बर र धनीको विस्तृत विवरण राखिएको हुन्छ । तर, प्रहरी प्राप्त वाग्मती प्रदेश ०१–०२५च२७५९ नम्बर कालो क्रेटा कारको नम्बर नै कुनै पनि ढड्डामा दर्ता देखिएन । प्रहरीले कार चोरीको हुन सक्ने आशंका गर्दै कार खोजी तीव्र पार्‍यो । विभिन्न क्षेत्रमा जडान भएको सीसी–क्यामेराका फुटेज अध्ययन गर्‍यो । उक्त कार २९ मंसिरमा कालोमाटीमा देखापर्‍यो । उक्त कारमा काभ्रे तिमाल–८ का ४२ वर्षीय डीबी भन्ने दिलबहादुर घिसिङ सवार थिए । प्रहरीले उनलाई कारको कागजात माग्यो । डिबीले निसंकोच कारको कागजात प्रहरीलाई दिए ।

    त्यसपछि प्रहरीले नक्कली कागजात र कारसहित उनलाई नियन्त्रणमा लियो । घिसिङ छाँगाबाट खसेझैँ भए । प्रहरीको नियन्त्रणमा पुगेपछि उनले कार भारतबाट मगाएको र कारको विलबुक नक्कली बनाएको स्वीकार गरे । घिसिङले त्यस्तो धन्दामा आफूमात्रै नभएको र अन्य साथीहरूसमेत भएको बयान प्रहरीलाई दिए । उनकै बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ का ३३ वर्षीय आइतसिंह तामाङलाई पनि पक्राउ गर्‍यो । उनीहरुको नक्कली कागजात बनाएर कार आफूले मात्रै चढेका थिएनन् कि बिक्रीसमेत गरेका थिए ।

    करिब एक करोड पर्ने विभिन्न ब्रान्डका कारहरु १० देखि २० लाखमै बिक्री गरेको गर्ने समेत खुल्यो । उपत्यका अपराध अनुसन्धान कार्यालले घिसिङ र तामाङले १० लाख रुपैयाँ लिएर कार ‘डिक’ मा राख्ने गरेको खुलाएको छ । त्यसरी डिकमा राखेको पाँच वटा कार प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा क्रेटादेखि सुजुकी र स्कारपियो समेत छन् । यसरी भित्र्याइन्छ भारतबाट चोरीका कार

    प्रहरीको अनुसन्धानले भारतबाट कार चोरी गर्ने गिरोहसँग मिलेर नेपालको विभिन्न ठाउँसम्म कार पुग्ने गरेको दाबी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीका अनुसार, भारतीय चोरी गिरोहसँग मिलेर नेपाली गिरोहले अवैध रुपमा भन्सार पास गराउने र कार नेपाल भित्र्याउने गरेको पाइएको छ ।उनका अनुसार, भारतमा चोरी गर्ने गिरोह ठूलो छ । त्यहीँ गिरोहसँग मिलेर कार नेपाल भित्र्याउने र सकेसम्म बिक्री गर्ने नसके ब्याजमा पैसा लिने भन्दै कार छाड्ने गरेको खुलेको छ ।

    प्रहरीको अनुसन्धानले कतिपय कारहरु भारतबाट भन्सार पास गरेरै नेपाल ल्याउने र यतै बिक्री गर्ने गरेको खुलेको छ । प्रहरीले भारतमा बीमा भएका कार धनीकै मिलोमतोमा चोरी गर्ने समूहलाई सस्तोमा बिक्री गरी नेपाल पठाउने र उताबाट बीमावापतको रकम बुझ्ने गरेको समेत दाबी गरे । प्रहरीले पछिल्लो समय महँगा मोटरसाइल र कारहरु भारतबाट चोरेर नेपालमा बिक्री गर्ने गरेको खुलेको हो ।

    कार चोरी गर्ने एक गिरोह नै ध्वस्त

    उपत्यका प्रहरी कार्यालयले घिसिङ र तामाङसहित भारतबाट कार चोरी गर्ने र सूदुरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीको नाकाबाट कार काठमाडौं पठाउने गिरोह नै ध्वस्त पारेको दाबी गरेको छ । प्रहरी टोलीले सोमबार राती कार चोरी गरेर काठमाडौैं घिसिङ र तामाङलाई पठाउने गिरोहका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीका गोकुलप्रसाद श्रेष्ठ र भारत उत्तर प्रदेशका मुसरफ उल्लाखान छन् ।

    जसमध्ये मुसरफ भारतबाट कार चोरी गरी सीमासम्म ल्याउने र त्यहाँबाट गोकुल श्रेष्ठले कार काठमाडौं हुँदै अन्यत्र सप्लाई गर्ने गरेको खुलेको हो । त्यसरी कार सप्लाई गर्ने गिरोहका सदस्यमा कञ्चनपुर झलारीका मोहनसिंह ऐरीसमेत छन् । उनलाई समेत कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीको अनुसन्धानले उक्त गिरोहमा एक जना प्रहरीकै पूर्व हवल्दार समेत संलग्न रहेको खुलेको छ ।

    कैलाली स्थायी घर भएका चौधरी थरका पूर्व हवाल्दार फरार छन् । प्रहरीले उनको समेत खोजी गरिरहेको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये ऐरी यसअघि जघन्य ६ वटा मुद्दामा जेल परेर छुटेका अभियुक्त भएको खुलेको छ । उनी ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्दक, चोरी, डकैती मुद्दामा जेल परेको देखिएको छ । उनीहरुकै मिलोमतोमा भारतबाट चोरीका दर्जनौ कार नेपाल भित्रिएको खुलेको प्रहरीले बताएको छ । उपत्यका प्रहरीले बरामद गरेको पाँच वटा कारबाहेक एक महिना अघिमात्रै काठमाडौं प्रहरीले समेत ६ वटा चोरीका कार बरामद गरेको थियो । चोरी गर्ने गिरोहले कार किन्ने व्यक्तिलाई चाहेको जस्तै कार चोरी गरी सस्तो मूल्यामा नक्कली कागजात बनाएर उपलब्ध गराउने गरेको खुलेको हो ।

    तीन वर्षमा ५६ चोरीका कार नियन्त्रण

    प्रहरीका दुई वटा कार्यालयले मात्रै तीन आर्थिक वर्षमा ५६ वटा चोरीका कार नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र उपत्यका ट्राफिक प्रहरीले उपत्यकाबाट मात्रै सो सख्याको चोरीका कार निन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले आर्थिक वर्ष २०७८–०७९ मा ४ वटा चोरीको कार नियन्त्रणमा लिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा १६ वटा कार र २०८०–०८१ मा १८ वटा कार नियन्त्रणमा लिएको कार्यालयका एसपी केसीले जानकारी दिए । त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले तीन आर्थिक वर्षमा १८ वटा चोरीका कार नियन्त्रणमा लिएको छ । यसबाहेक जिल्ला प्रहरी कार्यालय काठमाडौंले समेत चोरीको कार नियन्त्रणमा लिएको छ ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer