• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बर्दिया जिल्ला अस्पताल लुम्बिनी प्रदेशमा प्रथम


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • बर्दिया। बर्दिया जिल्ला अस्पताल,सेकेण्डरी ‘ए’ मापदण्ड अन्तर्गत ५० शैयाको अस्पताल ९६ अंक ल्याएर नेपालमा दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ । नेपालमा भक्तपुर अस्पतालले ९७ अंक ल्याएर प्रथम भएको हो ।

    Advertisement

    न्यूनतम मापदण्ड र सम्पादनको आधारमा यस वर्ष लुम्बिनी प्रदेशको १३ अस्पताल प्रथम भएको सार्वजनिक गरिएको छ । मंगलबार गुलरियामा आयोजित न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य सेवा विभाग उपचार महाशाखाका प्रमुख डाक्टर नरेन्द्र खनालले सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन ।

    न्यूनतम मापदण्ड सेवा(एमएसएस) मा देशभरका ५० बेड क्षमताको अस्पतालमा बर्दिया दोस्रो भएको मुल्यांकन टिमका प्रमुख समेत रहेका डाक्टर खनालले यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरेकी हुन् ।

    स्वास्थ्य सेवा ,सरसफाई,व्यवस्थापन,इमरजेन्सी,बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला लगायत बेरुजु समेत नदेखिएकोले अस्पतालले ९५ अंक ल्याएर उत्कृष्ट र प्रथम भएको हो,’उनले भनिन,‘जनशक्तिको अभावमा पनि अस्पतालले गरेको सेवा प्रभाव निकै सन्तोषजनक छ ।’

    आर्थिक वर्ष ०७७/०७८ को मुल्यांकनको आधारमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा प्रथम भएको हो । दश वर्षदेखि बर्दिया अस्पताल उत्कृष्ट अंक ल्याएर प्रथम र द्वितीय हुँदै आएको छ । सुत्केरी र शल्यक्रियामा यस अस्पतालले वर्षेनी २ हजार बढीको सेवा दिँदै आएको छ । अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष नारायण गौतमले मुलुकमै न्यूनतम सेवा मापदण्डमा पहिलो हुनु सामान्य कुरा नभएको बताए । यहाका चिकित्सक लगायतका टिम,आम नागरिक लगायतले गरेको सहयोग बाट यो सफलता पाएको हो,’उनले भने‘अस्पतालमा जनशक्तिको अभावका बावजुद स्वास्थ्य सेवामा गरेको सेवा प्रवाह सन्तुष्ट रहेको छ ।’

    ५० शैयाको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभावमा विरामीलाई सेवा दिँदै आएको बर्दिया अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर सुभाष पाण्डेयले बताए । जनशक्ति अभावबीच न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला,सुत्केरी सेवा,२४ औं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डाक्टर पाण्डेयले जनाए ।

    उपचार सेवा राम्रो भएपछि विगत चार वर्ष यता बर्दिया अस्पतालमा विरामीको चाप बढेको छ । औसत बहिरंग सेवामा दैनिक ३ सय ५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । इमर्जेन्सी सेवामा औसत दैनिक २० देखि २५ जना आउने गरेको अस्पतालले जनाएको छ ।

    अस्पतालमा स्थायी,अस्थायी र करारका गरि १० जना डाक्टरले सेवा दिई राखेकाछन् । ६ वर्ष अघि ५० शैयाको अस्पताल सञ्चालन भएपनि पुरानै दरबन्दीमा काम गर्नुपर्ने बाध्यता रहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ । जिल्ला अस्पतालमा आइसियुका लागि दक्ष चिकित्सक सहित स्टाप नर्सको आवश्यकता रहेको छ । यो सुविधा पाउन साथ जटिल खालका विरामी अन्यत्र जानु पर्ने बाध्यता नहुने चिकित्सक बताउँछन् ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer