• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

छोराछोरीहरूको नेतृत्व र व्यक्तित्व विकास गर्न यसो गरौं


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • सबै अभिभावक आफ्ना छोराछोरीलाई उपयोगी कुरा सिकाउन चाहन्छन् । उनीहरूको व्यक्तित्व राम्रोसँग विकास गर्न चाहन्छन् ताकि उनीहरूले ठूलो भएपछि सफलता हासिल गर्न सकुन् ।

    Advertisement

    जीवनमा सफलता हात पार्न आमाबाबुले छोराछोरीहरूमा नेतृत्व गुणको पनि विकास गर्नुपर्छ । बालबालिकामा नेतृत्व गुण विकास गर्नु भनेको उनीहरूको आत्मविश्वास बढाउनु र व्यक्तिगत, व्यावसायिक स्तरमा उनीहरूको विकासलाई प्रोत्साहन दिनु हो ।

    यदि बच्चामा नेतृत्वको गुण छ भने उसले आफ्नो रुचिको क्षेत्रमा उत्कृष्ट काम गर्न सक्छन् । नेतृत्व भनेपछि राजनीति भन्ने एउटा सोच छ समाजमा । तर नेतृत्व राजनीति मात्र होइन, परिवार समाजमा पनि आवश्यक हुन्छ । त्यसैले बच्चालाई नेतृत्व विकास भनेको के हो भन्ने कुरा बुझाउनुपर्छ ।

    बच्चाहरूमा शारीरिक, भावनात्मक, बौद्धिक र मानसिक विकास हुने क्रममा नै नेतृत्व गुणको विकास भयो भने उनीहरूले आफ्नो क्षेत्रमा सफलता हात पार्न सक्छन् ।

    बच्चामा नेतृत्व गुण विकास गर्ने सबैभन्दा राम्रो तरिका कुनै कुरा देखाएर नै हो । बच्चासँग कुराकानी गर्दा जिम्मेवारी र सहानुभूति झल्किने गरी प्रभावकारी ढंगले गर्नुपर्छ । कार्य क्षेत्रमा र समाजमा नेतृत्व गरिरहेको अभिभावकबाट बच्चाले पनि धेरै कुरा सिकिरहेको हुन्छ । अभिभावकले गरेको कुरा र कामलाई बच्चाले याद गरिरहेका, पछ्याइरहेका हुन्छन् । अभिभावकको व्यवहारमा नेतृत्व कौशल देखेर बच्चाहरूले पनि यसलाई अपनाउन थाल्छन् ।

    बच्चामा नेतृत्व गुण विकास गर्न जति महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ, त्यति नै महत्त्वपूर्ण भूमिका विद्यालयका शिक्षक-शिक्षिकाको पनि हुन्छ । त्यसैले बच्चामा नेतृत्व गुण विकास गर्न शिक्षक र अभिभावकले बच्चालाई मुख्यगरी यी पाँच कुरा सिकाउनुपर्छ ।

    सञ्चार सीप

    यो एउटा सीप हो जुन हरेक बालबालिकामा हुनु जरुरी छ । कुराकानी गर्ने गुण अर्थात् सञ्चार सीपले हरेक व्यक्तिलाई जीवनमा अगाडि बढ्न मद्दत गर्न सक्छ । भनिन्छ नि ‘बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’। त्यसैले बच्चालाई अरूको अगाडि आफ्नो कुरा खुलेर र स्पष्टसँग राख्न सिकाउनुपर्छ । यदि बालबालिका हुर्किएर मिडिया, राजनीति, मार्केटिङ जस्ता क्षेत्रमा करिअर बनाउन चाहन्छन् भने ‘कम्युनिकेसन स्किल’ उनीहरूको लागि निकै उपयोगी हुन्छ ।

    आजकल सञ्चार सीप सुधार गर्न विभिन्न तालिम लिने चलन छ । तर यदि आमाबाबुले बच्चालाई सानैदेखि सबैसँग कुरा गर्न प्रेरित गरे उनीहरुलाई लाभदायक हुन्छ ।

    हार स्वीकार्न

    कठिनाइ र गल्तीहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउने आमाबाबुका बच्चाले नयाँ कुरा सिक्ने क्षमता राख्छन् । बालबालिका धेरै किसिमका क्रियाकलापमा सहभागी हुन्छन् तर हारेको खण्डमा निराश हुन सक्छन् । हारे पनि प्रयास गर्न छोड्नु हुँदैन । प्रयास गरिरहँदा सफल भइन्छ भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ । बच्चालाई बुझाउनुपर्छ कि जीवनमा जीत र हार दुवै स्वीकार गर्नुपर्छ । बालबालिकामा हार स्वीकार गर्ने बानीको विकास गरियो भने यो गुण नेतृत्व विकासको लागि सहयोगी हुन्छ ।

    सामाजिक कार्यक्रममा सहभागी हुन

    बालबालिकाले सक्रिय रूपमा सामाजिक काममा भाग लिएपछि मात्र बालबालिकामा नेतृत्वको गुण विकास हुन सक्छ । यस्ता गुण विकास गर्न छोराछोरीहरूलाई सामाजिक कार्यक्रमहरूमा भाग लिन प्रेरित गर्नुपर्छ । सामाजिक कार्यक्रममा भाग लिंदा उनीहरूले अरूसँग मिलेर काम गर्न सिक्छन् । यसले पनि उनीहरूको नेतृत्व गुणलाई बढाउँछ ।

    खेलकुदमा सहभागी गराउने

    खेलकुद शारीरिक क्रियाकलापका लागि मात्रै होइन, मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । खेल वा खेलकुदमा संलग्न बालबालिकाले आफ्नो समस्या आफैं समाधान गर्न सक्छन् । यस्ता बालबालिका प्रायः समस्या समाधानमा केन्द्रित हुन्छन् । जसले उनीहरूमा नेतृत्व गुणको विकास पनि हुन्छ ।

    आत्मविश्वास बढाउन सहयोग गर्ने

    बाल्यकालदेखि नै आफ्ना बच्चाको आत्मविश्वास बढाउन सहयोग गर्नुपर्छ । आत्मविश्वास बढाउन बच्चालाई अतिरिक्त क्रियाकलाप, विद्यालय समारोह र सामाजिक कार्यक्रम आदिमा भाग लिन प्रेरित गर्नुपर्छ । यस्ता गतिविधिले बालबालिकाको आत्मविश्वास बढाउँ

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer