गैँडाकोट । पूर्वी नवलपरासीमा बालबिवाह गरेको भन्दै बेहुला सहित पाँचजनलाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं. १० मगरकोटबाट बेहुला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
यहि मंसिर २९ गते ४० वर्षका पुरुषले १६ बर्षिया बालिकालाई बिबाह गरेको भन्ने उजुरी परेपछि नवलपुर प्रहरीले विवाह गर्ने पुरुष र उनका ४ जना आफन्तलाई पक्राउ गरेको प्रहरी निरीक्षक साजनकुमार शर्माले उज्यालो खबरलाई जानकारी दिए ।
बालिकालाई ललाई फकाई जर्वजस्ती विबाह गराएको भन्ने उजुरीका आधारमा बिबाहको चाजोपाजो मिलाउने लमी समेतलाई प्रहरीले पक्राउ गरि कारबाहीको तयारी थालेको उनले बताए । पक्राउ परेकाहरुमाथि मुलुकी अपराध सहिता २०७४ को दफा १७३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ




