• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पुरानो ‘नैतिक शिक्षा’को खोजीमा प्रधानमन्त्री


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एनसेल खरिदबिक्री प्रकरणबारे जानकारी दिन मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगे । सांसदहरूले प्रश्नैप्रश्न तेर्स्याएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पुरानो नैतिक शिक्षाको खोजी गरे । ‘शिक्षा नीति सदनमा छ, छलफल गरौँ । शिक्षा नीतिमा सोचौँ । पहिलापहिला बरु नैतिक शिक्षा भन्ने हुन्थ्यो । नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो । त्यो हटाइयो । त्यहाँ देशको माया । इतिहासको माया । संस्कृतिको माया । देशको विकास गर्ने राष्ट्रिय भावनाका कुरा हुन्थे । अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    Advertisement

    कसले हटायो नैतिक शिक्षा ?

    शिक्षाका जानकारहरू भने कम्युनिस्ट नेताहरूले नै नैतिक शिक्षा हटाएको बताउँछन् । २०२८ सालदेखि नै पाठ्यक्रममा नैतिक शिक्षा थियो तर २०३६ सालदेखि यो विषय ओझेलिँदै गएको बताउँछन् शिक्षाविद् डा. विद्यानाथ कोइराला । ‘कम्युनिस्ट साथीहरूले ठूला कुरा गरेर नैतिक पढ्नु भनेको धर्म हो, धर्म अफिम हो भनेर हिँड्नुभयो । माओ, लेनिन र मार्क्सलाई चिन्नेहरूले नैतिक शिक्षा अवैज्ञानिक भनेर भन्नुभयो, विरोध गर्नुभयो,’ कोइराला भन्छन् ।

    तर, अहिले प्रधानमन्त्री प्रचण्ड भने त्यही पुरानो नैतिक शिक्षा खोजिरहेका छन् । अब बन्ने शिक्षा नीतिमा छलफल गर्नुपर्ने बताउँछन् उनी । ‘देशभक्तिको भावना, नैतिकता मर्दै गएको छ । यो चीजमा सोच्नुपर्छ भन्ने लागेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । १० वर्षे सशस्त्र द्वन्द्व र २०६२/०६३ को जनआन्दोलनमा आइपुग्दा संस्कृत र नैतिक शिक्षा हटाइएको बताउँछन् डा. कोइराला ।

    ‘नैतिक शिक्षा र संस्कृतलाई मुर्दावाद भनियो । उहाँहरूको भाषामा वैज्ञानिक छैन भनियो,’ कोइराला भन्छन् । पहिले १ कक्षादेखि नै नैतिक शिक्षाबारे पढाइ हुने गरेको तर ४ कक्षादेखि चाहिँ कोर्समा रहेको बताउँछन् कोइराला । ‘४ कक्षादेखि ८ सम्म नैतिक शिक्षा अनिवार्य थियो । १० सम्म ऐच्छिक विषयमा पनि पढाइ हुन्थ्यो,’ उनी भन्छन् ।

    प्रधानमन्त्री प्रचण्डले समितिको बैठकमा नेपालमा केही छैन भन्दै विदेशिने क्रम बढेको प्रसंगमा नैतिक शिक्षाको विषय खोजेका थिए । र, प्रधानमन्त्री प्रचण्डले नेपालमा रोजगारी नपाएर विदेश गएको भन्नेमा सत्यता नरहेको दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डले विदेश गएर चर्पी सफा गर्ने गरेको प्रसंगसमेत झिकेका थिए । ‘अन्त गएर चर्पी साफ गरे पनि हुन्छ । यहाँ रोजगारी नपाएर सबै विदेश गएको भन्ने सत्य लाग्न छोड्या छ । यसमा सबैले बहस गरौँ,’ उनले भने । उनले ८० हजार तलब खाने शिक्षक पनि ९० लाख खर्च गरेर विदेश गएको टिप्पणीसमेत गरे ।

    ‘आफ्नो घरको खाना खाएर ८० हजार तलब खाने टिचरहरू ८० लाख ९० लाख तिरेर विदेश जाने लहर किन चलेको छ ? रोजगार नभएर हो ? रोजगारी नपाएका मात्र विदेश गएका छन् त ? कहीँ न कहीँ देशभक्तिको भावना, नैतिकता मर्दै गएको छ । यो चीजमा सोच्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    नेपालमा केही छैन भन्ने भाष्य निर्माण गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाए । ‘नेपाल खत्तम छ । नेपाल सिध्दिसक्यो । भ्रष्टाचारबाहेक केही पनि छैन । रोजगारी छैन । यो देशमा बस्नु बेकार भन्दै विदेश जाने प्रक्रिया चलेको छ । म त्यससँग असहमत छु । नेपाल सुन्दर छ । प्रशस्त साधन स्रोत छ । उर्वर जमिन छ । हिमाल छ । पानी छ । गर्न सक्यो भने यहाँ धेरै चीज छ । केही पनि छैन सिध्दिसक्यो भन्ने भाष्य गलत छ,’ उनले भने ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer