• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रातिको खाना ढिला खानु हुन्छ ? स्वास्थ्यका लागि खतरनाक


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । आजभोलि धेरैजसो मान्छेहरू राति अबेरसम्म बस्छन् । अनि रातिको खाना पनि ढिलै खान्छन् । लेट नाइट डिनर गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दो छ । राति ढिला खाना खान आनन्द महसुस हुने भए पनि यो स्वास्थ्यका लागि निकै खतरनाक छ । हालै एउटा अध्ययनमा यसबारे खुलासा भएको हो । अध्ययनका अनुसार राति ९ बजेभन्दा पछाडि खाना खाँदा स्ट्रोक र मिनी स्ट्रोकजस्ता घातक समस्याको खतरा कयौं गुणा बढ्छ ।

    Advertisement

    फ्रान्सको राजधानी पेरिसस्थित सोरबोन विश्वविद्यालयमा भएको रिसर्चबाट यो तथ्य बाहिर आएको हो । यो अनुसन्धानमा अनुसन्धानकर्ताहरुले १ लाखभन्दा धेरै मानिसहरूबारे अध्ययन गरेका थिए । अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसनमा प्रकाशित भइसकेको छ ।

    अध्ययनमा सहभागीहरूको खानपिनको समय निगरानी गरिएको थियो अनि उनीहरूको मुटुसम्बन्धी रोगको खतरालाई पनि हेरिएको थियो । यो अध्ययन ७ वर्षसम्म चलेको थियो । अहिले मात्रै अध्ययनको नतिजा सार्वजनिक गरिएको हो । यसबाट डिनर गर्ने सही र सबैभन्दा खराब समय पत्ता लागेको छ ।

    यस्ता मान्छेलाई स्ट्रोकको खतरा धेरै

    जो व्यक्ति राति ८ बजेभन्दा अगाडि नै खाना खाइसक्छन् उनीहरूको तुलनामा राति ९ बजेपछि डिनर गर्नेलाई हर्ट अट्याक र स्ट्रोकको खतरा २८ प्रतिशतसम्म धेरै हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । यति मात्रै होइन, राति ८ बजेपछि डिनर गर्ने व्यक्तिलाई हरेक घण्टाको हिसाबले स्ट्रोट र आइसेमिक अट्याकको खतरा बढ्दै जान्छ । राति अबेर डिनर गर्दा मस्तिष्कमा रगतको आपूर्तिमा बाधा उत्पन्न हुने अनि यसले गर्दा कार्डियोभस्कुलर रोगको खतरा बढ्ने पाइएको छ ।

    अबेर रात डिनर गर्दाको अन्य हानिहरू

    राति ढिला डिनर गर्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । मायोक्लिनिकका अनुसार ढिला खाना पच्दा हाम्रो शरीरको रक्तचाप र रगतमा चिनीको मात्रा दुवै बढ्छ । साँझको समयमा रक्तचाप उच्च हुँदा रक्तनलीहरुलाई क्षति पुग्छ र हर्ट अट्याक वा हर्ट स्ट्रोकको खतरा बढ्छ । अबेर राता खाना खाँदा पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रभाव पर्ने पनि अध्ययनमा पाइएको छ । स्वास्थ्य विज्ञका अनुसार राति अबेर खाना खाँदा पाचन प्रणालीमा गडबडी हुन सक्छ अनि मोटोपना बढ्ने खतरा पनि बढ्छ । त्यसैले राति ८ बजेभन्दा पहिला नै खाना खाइसक्नु पर्छ ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer