• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

६ वर्षमुनिका बच्चालाई सिकाउनै पर्ने ६ कुरा यस्ता छन्


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • ६ वर्षसम्मका बालबच्चाको लागि सबैभन्दा ठूलो पाठशाला हो, आफ्नै घर । आफू हुर्केको परिवेश, आफ्ना आमाबुवा, परिवारका सदस्य, घरको चालचलनबाट उनीहरु यस्ता कुराहरु अनुसरण गरिरहेका हुन्छन्, जसको प्रभाव जीवनभर रहन्छ ।

    Advertisement

    मानसिक एवं भावनात्मक विकासको यो तीब्र चरण हो । यस उमेर–चरणमा उनीहरुले देखेका, भोगेका, सुनेका, अनुभव गरेका कुराले उनीहरुको धारणा एवं मनस्थिती निर्माण गर्छ । अन्ततः त्यही कुरा नै उनीहरुको आनीबानी बन्न पुग्छ ।

    त्यसैले यो उमेर चरणमा बालबच्चालाई यस्तो कुरामा अभ्यस्त गराउनुपर्ने हुन्छ, जसले उनीहरुलाई जीवनभर स्वस्थ आचरण पालना गर्न सहयोग गरोस् ।

    सुत्ने र उठ्ने समय निश्चित

    अहिले बालबच्चाको सुत्ने र उठ्ने ठेगान हुन्न । राती अबेरसम्म मोवाइलमा झ्याम्मिने, टिभी हेर्ने, गेम खेल्ने प्रवृत्ति हुन्छ । आमाबुवाले पनि छोराछोरीलाई भुलाउन वा खुसी बनाउन यस्तै कुरामा छुट दिने गरेका छन् । नतिजा, बालबच्चाको सुत्ने र उठ्ने तालिका भताभुंग भएको छ ।

    मध्यरातसम्म बस्ने, बिहान अवेरसम्म सुत्ने बानी बस्न थालेको छ । यो उमेरमा नै सुत्ने र उठ्ने तालिका बिग्रिएपछि त्यसले जीवनभर असर गर्छ । त्यसैले यतिबेला नै उनीहरुलाई ठीक समयमा सुताउने र उठाउने बानी गर्नुपर्छ । सामान्यत राती ९ बजेसम्म बच्चालाई सुत्न प्रेरित गर्नु जरुरी छ भने बिहान ६ बजेसम्म उठ्न ।

    खाना आफै खान लगाउने

    प्राय हामीलाई के लाग्छ भने साना बालबच्चाले खान जान्दैनन् । खाना खाँदा छर्ने, जुठो बनाउने गर्छ । भरपेट खाँदैनन् । खानेकुरा खाँदा खाँदै चिसो हुन्छ । यही कारण हामी आफै उनीहरुलाई खुवाउन अग्रसर हुन्छौं ।

    तर, यसरी उनीहरुलाई खाना खुवाउने बानी राम्रो होइन । उनीहरु आफैलाई खान दिनुपर्छ । सुरुमा जुठो बनाउने, छर्ने, राम्ररी नखाने हुनसक्छ । तर, क्रमस उनीहरु अभ्यस्त हुन्छन् ।

    आफ्नो खेलौना आफैं मिलाउन दिने

    बालबच्चाले खेलौना खेल्छन् र त्यही छरपस्ट पार्ने गर्छन् । यसरी जथाभावी छाडेको खेलौना फेरी मिलाउने गर्दैनन् । किनभने यस्तो काम बुवाआमाले नै गरिदिन्छन् । तर, यो गलत अभ्यास हो ।

    बालबच्चाले कुनैपनि खेलौना खेलिसकेपछि पुनः मिलाएर राख्न सिकाउनुपर्छ । यो एकै पटकमा त संभव हुँदैन । तर, पटक पटकको अभ्यासपछि उनीहरुले आफ्नो खेलौना खेलिसकेपछि आफै मिलाएर राख्न सक्छन् । यसले उनीहरुलाई काम गर्ने बानी बस्छ भने कुनैपनि सामाग्री जतन गर्नुपर्छ भन्ने पनि सिक्छन् ।

    ब्रस गर्न र हात धुन

    यही उमेरभित्र बालबच्चालाई शारीरिक सरसफाईमा अभ्यस्त बनाउनुपर्छ । खासगरी हात धुन, खाना खाइसकेपछि दाँत ब्रस गर्न सिकाउनैपर्छ ।

    बालबच्चाले कुनैपनि खानेकुरा भेटेपछि खान थाल्छन् । त्यसअघि हात धुनुपर्छ भन्ने ज्ञान हुँदैन । यो सामान्य लाग्ने कुरा हो तर उत्तिकै महत्वपूर्ण पनि ।

    सागसब्जी र फलफूल खुवाउन

    जति जति बच्चा हुर्कदै जान्छन् उनीहरु खानेकुरामा झगडा गर्न थाल्छन् । धेरैजसो बच्चा जंकफूड वा तारेको, भुटेको खानेकुरा मात्र खान रुचाउँछन् । सागसब्जी खान मान्दैनन् । खानामा सागसब्जी प¥यो भने झगडा गर्न थाल्छन् ।

    जबकि यही उमेरमा नै हो उनीहरुलाई राम्रो खानपानमा बानी पार्ने । त्यसैले उनीहरुको खानामा सागसब्जी सामेल गर्नैपर्छ । यस्तो खानेकुरा सजिलै खान त मान्दैनन् तर पटक पटक प्रयास गरेर उनीहरुमा बानी पार्न सकिन्छ ।

    नाच्न, गाउन र खेल्न सिकाउने

    यो उमेरमा उनीहरुलाई नाच्न, गाउन, चित्र बनाउन, खेल खेल्न प्रेरित गर्नुपर्छ । यतिबेला उनीहरुलाई कुनैपनि नयाँ कुरा अभ्यास गर्न लाज लाग्दैन । त्यसैले सजिलै नयाँ कुरा उत्सुक हुन्छन् । ६ वर्षभन्दा कम उमेरका बच्चालाई अतिरिक्त गतिविधिमा सक्रिय बन्न प्रेरित गरेमा उनीहरुमा कला एवं सिर्जनशिल क्षमता विकास हुन्छ । महत्वपूर्ण कुरा त के भने यसले उनीहरुमा आत्मविश्वास बढ्छ ।

     

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer