• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गण्डकी प्रदेश सरकारले कृषि उत्पादनमा अनुदान दिने: मुख्यमन्त्री


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन आग्रह गरेका छन् । युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उनले यस्तो अवस्थाको अन्य गर्नका लागि सरकारले कृषि उत्पादनमा अनुदान दिने व्यवस्था गरेको स्पष्ट पारे ।

    Advertisement

    बिहीबारदेखि सुरु भएको १९औं लेखनाथ महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सव महत्वपूर्ण हुने स्पष्ट पारे ।

    उनले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै यसलाई लागुपदार्थ भन्दा पनि औषधिको रुपमा अपनाउने गरि वैधता दिने विषयमा सहयोग गर्न आग्रह गरे । उनले गाँजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफलसमेत भएको बताए ।

    गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानूनी मान्यता दिन प्रदेश सरकार लागिरहेको बताए । उनले विदेशबाट ठूला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिकरूपमा समेत यसले प्रभाव पार्ने बताए ।

    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरि महानगरपालिका बनाए पनि यहाँका जनतालाई त्यो पाच्य नभएको जिकिर गरे ।

    यहाँ देखिएको विविधाताले भरिएका झाँकी र्यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामुहिक भावनाले अघि बढ्नुपर्नेमा जोड दिए ।

    गण्डकी प्रदेश सरकारकी उर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिलाको सहभागिता उत्साहजनक देखिएको बताउँदै महिलाहरुको सशक्तिकरणका लागि पनि सबैल सोच्नुपर्ने बताएकी थिइन् ।

    संघीय सांसद मनबहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी विकास गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

    पूर्वमन्त्री यज्ञबहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अघि बढ्न आग्रह गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै गएको संकेत गरे ।

    महासंघका अर्का उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा विदेशिनेक्रम बढेको बताए ।

    गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट व्यवसायीका समस्या नबुझ्दा ब्यवसायीहरु विदेशिनुपर्ने अवस्था सृजना भएको बताए ।

    पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्नेतर्फ सचेत हँुदै उद्यमशीलताका बारेमा युवा र महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

    महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

    महोत्सव सुरु हुनुअघि लेखनाथका विभिन्न स्थानबाट स्थानीय आमा-महिला समूह, संघ-संस्थाहरु र विभिन्न जातजाति एवं भाषाभाषीको चार सय भन्दा बढी संख्यामा झाँकी र्याली निकालिएको थियो ।

    मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतियोगिताका लागि ३५ समूहमध्येबाट छनोट हुन सफल २० समूहको नाम घोषणा गरिएको थियो ।

    पुस १६ गतेसम्म चल्ने महोत्सवका मुख्य आकर्षणमा महोत्सवस्थलमा थ्रिडी आर्टमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकहरुको प्रवर्द्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

    साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेजशो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु महोत्सवमा रहेका छन् ।

    यसैगरी विभिन्न जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुति, सुगम संगीत अन्तर्गत कन्सर्ट लगायत कार्यक्रमहरु महोत्सवमा रहनेछन् ।

     

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer