दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् ।
Advertisement
क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् । निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
उनले भने, “प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरूको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जंगलमा भेटाएको हो । उहाँलाई आजै काठमाडौं पठाएका छौँ । पोखराबाट काठमाडौं जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौं पुगेको थियो । (रासस)




