• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्थापनाको २४ सम्म औचित्य पहिचान नभएको पर्यटन बोर्ड, बल्ल औचित्यको खोजी गरिदै


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो नमुना नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाको २४ वर्ष पुरा गरेको छ । आइतबार राजधानीमा एक विशेष समारोहकाबिच बोर्डको रजत वर्ष मनाइएको हो ।

    Advertisement

    नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका खातिर निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने उद्देश्यसहित सन् १९९८ डिसेम्बर ३१ मा बोर्डको स्थापना गरिएको थियो । खास गरी नेपालको पर्यटन विकास र पर्यटन गन्तव्यहरूको खोजीसँगै पर्यटक (आगन्तुक) हरूका लागि अन्तर्राष्ट्रिय बजारको समेत खोजी गर्ने उद्देश्यसहित बोर्डको स्थापना गरिएको हो । तर २४ वर्षपछि बोर्ड आफ्नै काम र व्यवहारका कारण आफ्नै औचित्यको खोजी गर्नुपर्ने स्थितिमा आइपुगेको छ । देशमा मात्र नभएर विदेशमा समेत निकै सफल मानिएको बोर्ड आज एकपछि अर्को विवाद अनि समस्यामा फसिरहेको छ ।

    नेपालको पर्यटन क्षेत्रको विकासमा पर्यटन बोर्डले निकै ठुलो भूमिका निर्वाह गरिरहेको बताइराख्दा पछिल्लो समय राजनीतिक खिचातानी, बोर्ड भित्रका सदस्यहरू र कर्मचारीहरूबिच नै हानथाप र आरोप प्रत्यारोपका चलिरहेको छ । यसैबिच बोर्डको पर्फमेन्स कमजोर बन्दै गएको आरोप लागेको छ । यति मात्र नभएर पछिल्लो समय बोर्डमाथि अस्वाभाविक राजनीतिक हस्तक्षेप बढेको, सीईओ तथा कर्मचारी नियुक्तिमा समेत चलखेल हुने गरेको भन्दै बोर्डको खारेजीसम्मको माग उठ्न थालेको छ । यस्तैमा आइतबार आयोजित बोर्डको रजतजयन्ती समारोहमा उपस्थित बोर्डका प्रथम अध्यक्ष एवम् पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले बोर्डको कार्यसम्पादन कमजोर र शिथिल हुँदै गएकोमा दुःख व्यक्त गरे ।

    ‘सन् १९९८ मा (बोर्डको स्थापना कालमा) निकै दुःख र संघर्षका साथ बोर्डको स्थापना गरिएको थियो । मलाई स्मरण छ कि, तत्कालीन शाही सरकारले नचाहँदा नचाहँदै पनि निजी क्षेत्रको सक्रियता र कर्मचारीको जोडबलले मात्र बोर्डको स्थापना भएको थियो । पर्यटन क्षेत्रको विकासमा, देश विदेशमा नेपालको प्रचारप्रसारका लागि नै बोर्डको स्थापना गरिएको थियो । तर, म अहिले सुन्दैछु बोर्डले अन्तर्राष्ट्रिय बजारको प्रचारप्रसार गर्ने पाटा सम्मेलनमा भाग लिएन रे । बेलायतको पाटा सम्मेलन छोड्यो रे । यसो हो भने बोर्डको औचित्य के ?’ ढकालले प्रतिप्रश्न गर्दै भने, ‘नेपालको प्रचारप्रसारमा पर्यटन क्षेत्रको वृद्धि–विकासमा बोर्ड जाँदै भने करोडौँ खर्च गरेर किन बोर्ड पाल्ने ?’ सोही अवसरमा पूर्वसचिव ढकालले बोर्डमा अनावश्यक राजनीति नगर्न पनि सबैलाई आग्रह गरे । सन् १९९८ मा नेपालमा पहिलोपटक भ्रमण वर्षको आयोजना गरिएको थियो । सोही भ्रमण वर्षको जगमा सरकारी–निजी साझेदारी (पीपीपी) मोडलमा पर्यटन बोर्डको स्थापना गरिएको हो ।

    बोर्डको पुनर्संरचना र कार्यसम्पादनमा सक्रियताको खाँचो

    व्यवसायी एवम् बोर्डका संस्थापक सदस्य योगेन्द्र शाक्यले २४ वर्ष पुरानो पर्यटन बोर्डको पुनर्संरचना गर्न र कार्यसम्पादनमा फरकपना ल्याउन आवश्यक रहेको औँल्याए । बोर्डलाई राजनीतिक र स्वार्थसिद्ध खेलमैदान बनाउनुभन्दा पर्यटन क्षेत्रमा खास काम गर्ने स्वायत्त संस्था बनाउन सबै लाग्नुपर्ने उनले बताए । ‘बोर्डले धेरै गर्न आवश्यक छैन । केबल स्थापनाको उद्देश्य खासखास क्षेत्रमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा काम गरे पुग्छ’ उनले भने, ‘पर्यटन क्षेत्रको विकास एवम् प्रवर्द्धन निजी क्षेत्रको प्रतिनिधित्व बोर्ड र कर्मचारीले गरिदिए बोर्ड स्थापनाको औचित्य र यसअघिको बोर्डको आफ्नै साख जोगिन्छ’ उनले भने ।

    घुमाउरो पारामा शाक्यले पनि बोर्डको पछिल्लो गतिविधि र कार्यव्यवहार त्यति सन्तोषजनक नभएको सङ्केत गरे । समग्र पर्यटन क्षेत्रको विकासमा पर्यटन बोर्डको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पूर्वसचिव काशिराज दाहाल नेतृत्वको समितिले तयार गरेको अध्ययन प्रतिवेदन अध्ययन गर्न शाक्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह समेत गरे । अध्ययन प्रतिवेदनमा पर्यटन बोर्डको सञ्चालन एवम् व्यवस्थापनको स्पष्ट खाका आर्थिक, प्रशासनिक एवम् कर्मचारीको सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको भन्दै उनले जम्माजम्मी मूलभूत तीनवटा बुँदामा प्रतिवेदनले मार्गदर्शन गरेको बताए । उसो त शाक्य नेपाल भ्रमण वर्ष २०११ को संयोजक समेत रहेका थिए । निकै कठिन त्यो समयमा ८ लाख बढी पर्यटक भित्र्याउन सफल भएको उनको दाबी छ ।

    दोस्रो पटकको भ्रमण वर्षको रूपमा रहेको भिजिट नेपाल २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले भ्रमण वर्षको घोषणा गरेको थियो । तर, उक्त वर्ष करिब ८ लाख ५० हजार पर्यटक भित्रिएका थिए । दिनहुँ जसो आन्दोलन, हडताल नेपाल बन्द जस्ता गतिविधि भइरहेको समयमा ८ लाख बढी पर्यटक भित्र्याउनु आफैमा सफलता भएको उनले बताए । यस अघिसम्म वार्षिक २ लाख ५० हजार हाराहारीमा मात्र पर्यटक भित्रिरहेको उनको भनाइ छ । पछिल्लो पटक सरकारले वार्षिक ३५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण दशक २०२३–२०३३ घोषणा गरेकोमा यसलाई सफल बनाउन निकै मेहनत र स्पष्ट कार्यनीति बनाउनुपर्ने र सोही अनुसार लाग्नुपर्ने बताए ।

    पर्यटन क्षेत्रको सुधारमा कुनै कसर बाँकी राख्दिनँ : मन्त्री किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासमा काम गर्ने सवालमा आफू कत्ति पनि विचलित नहुने बताएका छन् । बोर्डको रजतजयन्ती समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री किरातीले भने, ‘कमल त हिलोमा नै फुल्ने हो । हामीलाई कमलको फूल पनि टिप्नुछ तर हिलो नलागी आइज पनि भनिएको छ । त्यसो हुन सक्दैन, बरु हिलो लागोस् कमलको फूल त टिप्ने नै हो ।’ आफूले पर्यटन क्षेत्रको विकासमा निकै कठिन र साहसिक निर्णयहरू गर्न लागेको बताउँदै मन्त्री किरातीले आरोप, दबाब र रवाफहरूबाट आफू नडराउने बताए ।

    नेपाल पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगमको समेत कार्यप्रणाली व्यवस्थापकीय तथा संरचनात्मक परिवर्तनमा समेत गर्ने गरी आफू लागि सकेको बताउँदै मन्त्री किरातीले सुधार ल्याइछाड्ने उद्घोष गरे । सोही समारोहका बिच पर्यटन बोर्डका अध्यक्ष समेत रहेको पर्यटन मन्त्रालयका सचिव डा.दीपक काफ्लेले मन्त्रालयले पर्यटन क्षेत्रको विकास एवम् सुधारमा छिट्टै नयाँ योजना ल्याउन लागेको बताउँदै वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरणसँगै पर्यटन बोर्डको समेत संरचनात्मक सुधारमा नयाँ योजना आउन लागेको जानकारी दिए । कस्तो संरचनात्मक सुधार हो ? सो भने नबताएका सचिव काफ्लेले तयार रहन बोर्डका सीईओसहित सबै कर्मचारीलाई सचेत गराए ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer