• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दालचिनी बिक्रीबाट वार्षिक करडौं आम्दानी


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, फूलबारीका गुरुप्रसाद शर्माको १६ रोपनी जग्गामा दालचिनी खेती रहेको छ । उनका खरायन, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बुटा छन् ।

    Advertisement

    सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै शर्माले बाँकी खालि जग्गामा पनि बिरुवा लगाए । ती दालचिनीको पात र ब्रोका बिक्री गरेर गत वर्ष उनले एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । अबको सिजनमा त्योभन्दा धेरै आम्दानी गर्ने उद्देश्य रहेको उनले बताए । तिनाउ ज्यामेरीकी मनमाया चिदीले पनि घरभन्दा तल खरायामा दालचिनी रोपेकी छन् ।

    ती बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफूअनुकूल काट्ने गरिन्छ । दालचिनीका बिरुवा ज्यामिरे गाउँमा धेरैजसो आफैँ उम्रिन्छन् । ती बिरुवालाई आगो र बाख्राबाट जोगाउन सकेमा अरू गर्न नपर्ने भएपछि किसान दालचिनी खेतीप्रति आकर्षित भएका हुन् ।

    मनमाया चिदीले यो वर्ष दालचिनीबाट १ लाख २० हजार रुपैयाँ आम्दानी गरिन् । सोही वडाका लालबहादुर आलेले वार्षिक ३ लाख रुपैयाँसम्मको दालचिनी बिक्री गर्छन् ।

    आलेले भन्छन्, ‘दालचिनी बिक्रीका लागि कुनै समस्या हुँदैन । स्थानीय व्यापारीहरू बोक्रा र पात खरिद गर्न घरघरसम्म आइपुग्छन् ।’

    त्यहाँ तोकिएको मूल्य अनुसार तौलेर ल्याएको दालचिनी तिनाउ गाउँपालिका झुस्सामा रहेका ठुला सप्लार्यसहरूले राख्ने गर्छन् ।

    उक्त ठाउँ सिद्धार्थ राजमार्गसँग जोडिएको छ । यहाँबाट भैरहवा हुँदै भारत दालचिनी पुग्छ । शर्मा, चिदी र आले जस्तै दालचिनीबाट प्रत्येक वर्ष एक लाखभन्दा धेरै रकम बुझ्ने किसान तिनाउ गाउँपालिकामा धेरै छन् ।

    पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार उक्त गाउँपालिका वार्ड ३, ४, ५, ६ मा सबैभन्दा धेरै दालचिनी खेती हुने गर्दछ । अन्य वडामा पनि अलि अलि हुने गर्दछ । यहाँ किसानले खाली रहेको जग्गामा दालचिनीका बिरुवा लगाएपछि प्रत्येक वर्ष पात र बोक्राको बिक्रीबाट राम्रो आम्दानी गरेको उनी बताउँछन् ।

    तिनाउ गाउँपालिका–३ बाट मात्रै दुई करोड रुपैयाँभन्दा धेरैको दालचिनी भारत पठाएको स्थानीय दालचिनी सङ्कलन गर्ने व्यापारी मनोज आलेले बताए । अन्य वार्ड झन धेरै हुने उनको भनाइ छ ।

    दालचिनीका लागि कालो र खुला माटो भएको ठाउँ उपयुक्त हुने कृषि विज्ञ बताउँछन् ।

    तिनाउ गाउँपालिका–४ का ९५ प्रतिशत किसानको घरमा दालचिनीका बोट रहेको स्थानीय गुरुप्रसाद शर्माले बताए । स्थानीय विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शर्माले भने, ‘यहाँको माटो र हावापानी यस्तै छ । आफैँ प्रत्येक वर्ष थुप्रै बिरुवा उत्पादन गर्छ, केवल संरक्षण गरे मात्रै हुन्छ । भिर पाखा, कान्ला जहाँ भए पनि उम्रिन्छ, हुर्किन्छ ।’

    तिनाउ सामुदायिक वन समन्वयन समितिका अध्यक्ष दलबहादुर गुरुङले जङ्गली जनावरले नष्ट नगर्ने जहाँ लगाए पनि हुने भएकाले दालचिनीबाट धेरै किसान जीवन फेरिएको बताए ।

    उनले भने, ‘यो तिनाउका बासिन्दाका लागि पेन्सन जस्तै भएको छ केवल आगोबाट बचाउनुपर्छ । अरू केही गर्न पर्दैन किनकि यो हरियो नै आगो निकै छिटो टिप्ने गर्दछ ।

    उनले किसानसँग सहकार्य गरेर वन समन्वयन समितिले दालचिनी बचाउन आगो नियन्त्रणका कार्य गरेको बताए ।

    किसानका हातमा १५ करोडभन्दा बढी

    वार्षिक १५ करोडभन्दा धेरै भारतीय रकम तिनाउ गाउँपालिका किसानको हातमा पर्ने गरेको छ । पाल्पाको तिनाउको ज्यामिरे, कोलडाँडा, फूलबारीलगायत ठाउँबाट किसानको घरघरबाट सङ्कलन गरेको दालचिनी भारत पुग्ने गर्दछ । यो भारतमा चिया कम्पनी, औषधी कम्पनी र ठुला ठुला होटेलमा खपत हुने गर्दछ ।

    सिद्धार्थ राजमार्ग पर्ने तिनाउको झुस्सामा किसानहरूले घरघर पुगेर स्थानीय सङ्कलन गर्ने व्यापारीले ल्याएको दालचिनी भैरहवा जान्छ ।

    भैरहवाबाट भारतका विभिन्न ठाउँमा गत वर्ष १० करोडभन्दा धेरै दालचिनी भारत पठाएको एसएस सप्लायर्सका सञ्चालक जितबहादुर क्षेत्रीले बताए । उनले भने, ‘भारतको ठ्याक्कै यो ठाउँ भन्ने हुँदैन, जहाँबाट माग आउँछ त्यहीँ पठाउने हो ।’ झुस्समा उनका जस्ता तीनवटा सप्लायर्स कम्पनी छन् ।

    उनीहरूबाट वार्षिक १५ करोडभन्दा धेरै रकम तिनाउ गाउँपालिकामा आएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘यहाँको किसानको हातमा भारतीय पैसा आउनु भनेको गाउँ पालिकाभित्र आर्थिक गतिविधि चलायमान हुनु हो ।’

    लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष होमराज भुसालले बुटवल जोडिएको तिनाउमा निकै कम लगानी किसानहरूको हातमा वार्षिक १५ करोडभन्दा धेरै रकम आउँदा आर्थिक क्षेत्र थप चलाएमा बनेको बताए । उनले भने, ‘यहाँ किसान अन्य ठाउँका भन्दा धनी हुनु प्रमुख आधार नै दालचिनी हो किनकि अति न्यून लगानीमा प्रत्येक वर्ष नगद पैसा आएको छ ।’

    स्थानीय करका विषयमा छलफल

    तिनाउ गाउँपालिका कुल क्षेत्र फलको ७० प्रतिशतभन्दा धेरै जङ्गल क्षेत्र रहेको छ । त्यसमा ८८ वाट सामुदायिक वन रहेका छन् । दालचिनी उत्पादन जङ्गलमा पनि उस्तै हुने गर्दछ । केही किसानहरू जङ्गलमा उत्पादन गरेर राम्रो आम्दानी गरेका छन् ।

    वनहरूले पनि आम्दानी गरेका छन् । वार्षिक १५ करोडभन्दा धेरै रकम पनि गाउँपालिका आउँछ । तर यहाँबाट निकासी हुने दालचिनीबाट अहिलेसम्म तिनाउ गाउँपालिकाले कुनै शुल्क लिएको छैन । स्थानीय गाउँपालिकाले आम्दानी स्रोत वृद्धि गर्न यो आर्थिक वर्षबाट कर लगाउने विषयमा छलफल समेत गरेको छ ।

    गाउँपालिकाले दालचिनीको पात प्रतिकेजी ५० पैसा र बोक्रामा १ रुपैयाँ कर लगाउने विषयमा छलफल भएको हो । अझैसम्म त्यो टुङ्गोमा नपुगेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

    ‘हाम्रो आम्दानी स्रोत वृद्धि गर्नका लागि दालचिनीमा कर लगाउने योजना छौँ तर अझैसम्म कार्यान्वयन आएको छैन । हामी सरोवरवालासँग छलफलमा छौ,’ उनले रातोपाटीसँग भने । त्यसको असर सीधै किसानमा पर्ने छ ।

    दालचिनीको दर गत वर्षभन्दा कम भएको छ । गत वर्ष प्रतिकेजी १६० र पातको ६५ रुपैयाँ रहेको थियो । अहिले बोक्राको १५५ र पातको ५० रुपैयाँ रहेको छ ।(रातोपाटी)

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer