• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

निकै स्वास्थबर्धक मेथिको साग


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ ।मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

    Advertisement

    मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्याउने गर्दछ ।

    गुणकारी मेथीको सागका फाइदा :

    १. मेथीको साग वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै कम हुँदै जान्छ ।

    २. घरका बृद्धबृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

    ४. मेथीको हरियो पातको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुट्कारा पाउन सकिन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

    ५. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

    ६. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

    ८. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या देखिन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा खुवाउनुपर्छ ।

    ९. धेरैजसो मानिसहरुलाई पेटसम्बन्धि समस्या हुने गर्दछ । जसमध्ये कब्जियत र ग्यास्ट्रिक प्रमुख हुन् । मेथीको हरियो साग खानाले पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer