• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यावसायिक बंगुर पालन गर्ने सरल तरीका: जानिराखौ


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • बंगुर हलक्क चाडैं वढने फलपद प्रजनन क्षमता भएका अरु घरपालुवा भन्दा बढि मानिन्छन् । यिनीहरुलाई छिटटै सुधार गर्न सकिन्छ तथा यिनले छिटो छिटो वथानको सँख्या बढाउँछन् ।

    Advertisement

    पाँच पोथी र एक भाले राखेको वथानले प्रतिबर्ष अस्सी वटा पाढापाढी दिने गर्दछन् । यिनीहरु दानालाई पशुजन्य उत्पादनमा रुपान्तर गर्नमा अब्बल मानिन्छ। वंगुरहरु केही उप—उत्पादनहरुलाई प्रभावकारी रुपमा आफनो दानाको प्रयोग गर्दछन् ।

    जस्तै धानको ढुटो ,कनीका, मकैको ढुटो, फिसमील भिटामिन, वोनमिल, पिनावडमिल, भान्साकारछयान, मोलासे सस्कीन्ड दुध, वटरमिल्क, क्षयकृत र केही हरियो घाँसापात जुन नत्र भने खेर जाने थिए । अझ गाउँ शहरका वाटामा थुपारिएका फोहरमैलावाट पनि आप्नो आहा र जोहो गर्न सक्छन्।

    यसैले यिनलाई स्वयंसेवा सफा र कर्मि भनिन्छ। स्थानीय काठे सुंगुर पाल्नु फाइदा जनकमान्नि। लार्ज ह्वाइट ,मोर्कशायर, मध्य सेतो योर्क शायर लैंडरस जस्ता उन्नत जातहरुका साथै धराने कालो वंगुर हाम्रो जस्तो भौगोलिक वनौट अनी हावा पानीका लागि पाल्न उपयुक्त मानिन्छन्।

    . बंगुरको हैजा (Swine Fever) को उपचार के हुन्छ ?

    बंगुरको हैजा रोकथान गर्न वर्षमा २ पल्ट भ्याक्सिन लगाउनु पर्छ । जिल्ला पशु सेवा कार्यालयबाट भ्याक्सिन निःशुल्क उपलव्ध हुन्छ ।

    . खोरेत रोगको उपचार रोकथाम के हुन्छ ?

    खुट्टाको घाउं १ प्रतिशत फिनाइला वा डिटोलको झोलले सफा गर्ने, मुखमा १ प्रतिशत फिटगिरी वा पोटास पानीले सफा गर्ने ।
    ५ दिन सम्म एण्टिवायोटिक सुई लगाउने ।
    रोकथाम गर्न वर्षमा दूई पल्ट खोरेत विरुद्ध खोप (Vaccine) लगाउनु पर्छ ।

    . के बंगुरलाई खोरेत रोग पनि लाग्छ ? लक्षण के हुन्छ ?

    लाग्दछ । बथान गोठ भरी फैलिन सक्छ । बंगुरमा खोरत रोग लागेमा मुख, जिब्रो, गिजा, खुरको वीचमा घाउं आउने र मुखबाट र्यासल बगाउने, खान नसक्ने हुन्छ ।

    . भ्यागुते रोगको उपचार कसरी गर्न सकिन्छ ?
    भ्यागुते रोग कडा रोग भएकोले लक्षण देखिना साथ एण्टिवायोटिक औषधी जस्तै पेनिसिलिन, स्ट्रेप्यटोइसिन, टेट्रासाईक्लिन को सुई ५ दिन सम्म दिनु पर्छ ।

    . बंगुरलाई भ्यागुते रोग लाग्दा कस्तो लक्षण देखाउंछ ?
    भ्यागुते रोग लाग्दा १०४-१०६ डि.फ. ज्वोरो आउंछ, श्वास-प्रश्वास छिटोछिटो हुन्छ, घाँटी र जिब्रो सुनिन्छ, दाना पानी खान सक्दैन र उपचार नपाए १-२ दिनमा मर्न सक्छ ।

    . बंगुर विरामी भएमा कस्तो लक्षण देखाउंछ ?

    विरामी बंगुरले कम खाने, झोक्राउने, हिडडुल नगर्ने, कान समाउदा ज्वोरो आएको तातो महशुस हुने र श्वास-प्रश्वासमा असजिलो भएकोबाट प्रष्टै थाहा हुन्छ ।

    . होटलको बासी फालिएका खानेकुराहरु पनि दानाको रुपमा प्रयोग हुन सक्छ ?

    होटल, छात्रवास, व्यारेक जस्ता ठाउंबाट निस्कने रहलपहल बासी खाद्यान्नहरुलाई राम्रोसंग उमालेर केही मिनरल भिटामिन थपेर दिन सकिन्छ ।

    . बंगुरको आहारामा हरियो घांस पनि समावेश हुन सक्छ ?

    सकिन्छ, १५-२० प्रतिशत दानाको मागलाई हरियो नरम घांसपातहरु जस्तैः जै, बर्सिम, क्लोभर, लुर्सुन आदि मौसम अनुसारका हरियो सागसव्जी मिलाएर दिन सकिन्छ ।

    एउटा बयस्क पोथी बंगुरलाई कम्तिमा कति सन्तुलित दाना आवश्यक पर्छ ?

    प्रजननको लागि पालिएको पोथी बंगुरलाई दैनिक २.५-३ के.जी. दाना आवश्यक पर्छ ।

    . बंगुरको लागि आवश्यक सुन्तलित दाना फार्ममा नै तयार गर्न सकिन्छ ?

    अवश्य सकिन्छ । दानाको लागि आवश्यक कच्चा पदार्थहरु मकैको च्याख्ला, गहुंको पिठो, चोकर, धानको ढुटो, भटमासको पिठो, माछाको सिद्रा, हाडको धूलो, नून, खनिजतत्व, भिटामिण सबै मात्रा अनुसार मिलाएर आफ्नो फार्ममा तयार गर्न सकिन्छ र लाभप्रद पनि हुन्छ ।

    . कोरेली पोथी बंगुरलाई कुन उमेरबाट प्रजनन योग्य मानिन्छ ?

    ८-९ महिना उमेर पुगेको एवं ७०-८० के.जी. शारिरीक तौल भएकोलाई प्रजननयोग्य मानिन्छ ।

    . प्रजननको लागि छानिने पोथी बंगुरमा कस्तो गुण हुनु पर्छ ?

    निरोगी, वंशानुगत विकृति नभएको, कमसेकम ७ जोर नभएर ६ जोर थुन भएको र बढी पाठा / पाठी हुर्काउने माउको सन्तान हुनु पर्छ ।

    . प्रजननको लागि भाले बंगुर कस्तो हुनु पर्छ ?

    दुवै अण्डकोष पूर्ण विकसित भएको, बथानमा पोथीसंग हाडनाता नपर्ने र कम्तिमा १० स्वास्थ्य पाठा / पाठी जन्माउने माउको सन्तान हुनु पर्छ ।

    . पाख्रिवास कालो बंगुर स्थानीय च्वाचे हुर्रा भन्दा के मा राम्रो छ ?

    पाख्रिवास कालो जातको बंगुरले स्थानीय भन्दा बढी प्रति वेत पाठा/पाठी जन्माउने, शारिरीक तौल धेरै बढी हुने । छिटो बढ्ने र कृषकले राम्रो नाफा लिन सक्ने हुन्छ ।

    . धराने कालो बंगुर भनेको कुन जातिको बंगुर हो ?
    पाख्रिवास कालो बंगुरलाई नै धराने कालो बंगुर नामले चिनिएको छ ।

    . बंगुरमा कृत्रिम गर्भाधान गर्दा व्याड खोजेको कुन समयमा गराउने ?

    सफल कृत्रिम गर्भाधानको लागि व्याड खोजेको १८-२४ घण्टा भित्र दुई पल्ट कृत्रिम गर्भाधान गराउनु पर्छ ।

    . के बंगुरमा कृत्रिम गर्भाधान गरिन्छ ?

    हो, बंगुरमा कृत्रिम गर्भाधान पशु विकास फार्म तथा केही व्यवसायिक फार्महरुमा गरिदै आएको छ ।

    . वीर व्याड खोजेको माउलाई वीर लगाउने उत्तम समय कुन हो ?

    ऋतुकालको लक्षण/व्याड खोजेको लक्षण देखाएमा १२-२४ घण्टा भित्र वीर लगाउनु पर्दछ ।

    . बंगुरको माउ/भुनी, कोरेली पोथीले वीर व्याड खोजेको वा ऋतुकालमा आएको बेलाको लक्षण कस्तो हुन्छ ?

    पोथी माउ चुलबुले हुने योनी रातो र सुन्निने, सेतो चिप्लो तरल पदार्थ (Mucous) योनीबाट बग्ने, वीरसंगै भए माथी चढ्न दिने तथा मानिसको हातले त्यस्ता पोथी बंगुरको ढाडमा विस्तारै थिचि दिदा शान्त भई टक्क अडिने गर्दछ ।

    . बंगुरको माउलाई थुनेलो रोग (Mastitis) पनि लाग्छ ?

    सुत्केरी माउलाई थुनेलो लाग्न सक्छ।थुनबाट दूध आइरहेको छैन भनि हेरचाह गर्ने मानिसले राम्रो विचार गरेर सबै थुनबाट दूध दुहुने र समस्या भए उपचार गराउनु पर्छ ।

    . बंगुरलाई पिउने पानी कस्तो समयमा कति आवश्यक हुन्छ ?

    पाठा/पाठी भएका माउ बंगुरलाई प्रशस्त पानी चाहिन्छ । अतः सफा स्वच्छ पानी सधै उपलव्ध गराई दिनु पर्छ ।

    . दिनमा कति पल्ट दाना दिनु राम्रो हुन्छ ?

    दिनमा कम्तीमा २ पल्ट, बिहान बेलुका मिलाएर दाना दिनु राम्रो हुन्छ ।
    गर्मी ठाउंमा शीतल समय मिलाएर दाना दिनु पर्छ ।

    . व्याएको माउ बंगुरलाई आहारा दाना के हिसाबले दिनु पर्छ ?

    सुत्केरी माउ बंगुरलाई बच्चाहरुको संख्या विचार गरी ४-६ के.जी. उम खाले दाना दिनु पर्छ ।
    24. पाठा/पाठीलाई माउबाट कती हप्ता भएपछि छुट्टै राख्दा हुन्छ ?

    करीव ६-७ हप्ताको पाठा/पाठीलाई माउबाट अलग राख्न सकिन्छ ।

    . पाठा/पाठीलाई माउको दूध साथै दाना पदार्थ कहिलेबाट दिनु पर्छ ?

    २ हप्ता पुगेको पाठा/पाठीलाई आमाको दूध साथै ठोस आहार दिनु पर्छ ।
    पाठा/पाठीको लागि तयार गरेको क्रिप दाना दिएर दाना खाने बानी पार्नु पर्छ ।

    . कुन उमेरको भाले पाठोलाई खसी पार्न राम्रो हुन्छ ?

    पाठो जन्मेको २-३ हप्ता भित्र खसी पार्नु राम्रो हुन्छ ।

    . के बंगुरको पाठा/पाठीको पुच्छर पनि काट्नु पर्छ ?

    पाठा/पाठीमा पुच्छर टोक्ने खराब बानी नहोस भनि काट्न सकिन्छ ।
    जन्मेको दिनमा आधा जति टुप्पो तर्फ सफा कैची वा ब्लेडले काटेर टिन्चर आयोडिनमा डुबाउनु राम्रो हुन्छ । ठूला व्यवसायिक फार्ममा यो विधि अपनाईन्छ ।

    . बंगुरको पाठा/पाठीहरुलाई पहिचानको लागि नम्बर कसरी लगाउन सकिन्छ ?

    व्यवसायिक फार्महरुमा मुख्य तीन तरिकाबाट नम्बरिङ वा रेकर्डहरु राखिन्छ।
    * इएर नोचिङ्ग (Ear Notching): कान काटेर
    * ट्याटोइङ्ग (Tattooing): छालामा नम्बर खोपेर
    * ट्यांगिङ्ग (Tagging): कानमा नम्बर झुण्ड्याएर

    . पाठा / पाठीलाई रक्त अल्पताको रोगबाट कसरी बचाउने ?

    सामान्यतया बंगुरको पाठा/पाठी जन्मेको तेश्रो वा चौथो दिनमा आइरन सुई लगाउनु राम्रो हुन्छ ।
    हेमोफर सुई (100 -200 M. Iron) १-२ मि.लि. प्रत्येक बच्चाहरुलाई मासुमा सुई दिनु पर्छ ।

    . बंगुरको पाठा / पाठीको दांत काट्नु पर्छ भनिन्छ के हो ?

    बंगुरको पाठाको तिखा कुकुर दांत तल माथि गरी ४ वटा हुन्छन्, तीनलाई पाठा/पाठी जन्मेकै दिनमा आधा जति काटेर फालिन्छ, त्यसको लागि काट्ने औजार (Teeth Cutter) वा प्लायर (Pliers) प्रयोग गरिन्छ ।
    31
    .
    बंगुरको पाठा/पाठीको नाईटो काट्ने भनेको के हो ?

    भर्खर जन्मेको पाठा/पाठीको नाईटोमा लामो त्यान्द्रो (Umblical Cord) जोडिएको हुन्छ । सफा धागोले नाईटोबाट करिव ६-७ से.मि. छाडेर बाँधी किटाणु रहित कैचीले काटी एण्टिसेप्टिक सोलुसन लगाई दिनु पर्छ ।
    32. साना पाठा / पाठीलाई विगौती दूध कति दिने ?

    पाठा/पाठीलाई विगौती दूध आएसम्म दिनु पर्छ ।
    पछाडी जन्मेका साना पाठा/पाठी (Runt) लाई हेरचाह गर्ने मानिसले खाए सम्म विगौती दूध खुवाउन मद्दत गर्नु पर्छ ।
    33. ब्याउने बंगुरको माउलाई कसरी व्यवस्थपन गर्ने ?

    साना बच्चालाई तातो / न्यानोको व्यवस्था मिलाई एक छेउमा पाठा/पाठी राख्ने ठाउं बनाउनु पर्छ ।व्याउंदाको दिन पाठा/पाठीको तौल लिएर रेकर्ड राख्नु पर्छ ।

    . बंगुरपालनमा फोस्टरिङ्ग (Fostering) भनेको के हो ?

    एउटा माउको बच्चा अर्को माउले हुर्काउने व्यवस्थालाई फोस्टिरिङ्ग भनिन्छ ।एकै समयमा कुनै माउले १४ देखि १६ पाठा/पाठी जन्माएर अर्कोले ५ देखि ६ मात्र पाउंदा धेरै बच्चा पाउने माउको केही बच्चा अर्को माउमा ३-४ दिन भित्र दिई हुर्काउने व्यवस्था गर्न सकिन्छ, त्यो फोस्टरिङ्ग हो ।

    . बंगुरपालनमा जैविक सुरक्षको व्यवस्था कसरी गर्ने ?

    फार्म क्षेत्र भित्र प्रवेश गर्ने ठाउंमा चुना/फिनेल सधै छरेर राख्ने ।
    फार्म भित्र अन्य पशुंपछि नआउने गरी बारबेर गर्ने ।
    उमेर समूह अनुसार छुट्टाछुट्टै कोठामा राख्ने ।
    एकै लट व्याच बनाएर पाल्ने हुर्काउने र बेच्ने व्यवस्था गर्ने ।
    फार्मको सरसफाई कडाईका साथ लागु गर्ने ।

    . कस्तो प्रकारको तालीमहरु पाईन्छ बंगुरपालन सम्बन्धमा ?

    १ दिने बंगुरपालन/कृषक तालीम ।
    ग्रीडर बंगुरपालक कृषक तालीम ।
    बजार तथा मासु व्यवसाय सम्बन्धी तालीम ।

    . बंगुरपालन कार्यको लागि तालीम एवं अन्य सहयोग लिन कहां सम्पर्क गर्ने ?

    सम्बन्धित जिल्ला पशु सेवा कार्यालय ।
    नजिकको पशु सेवा केन्द्र ।
    केन्द्रीय बंगुर, कुखुरा प्रवद्र्धन कार्यालय हरिहरभवन, ललितपुर ।

    . व्याउने वेला भएको माउको हेर विचार कसरी गर्ने ?

    व्याउने समय भन्दा दुई हप्ता अगाडी बाट व्याउने माउलाई छुट्टै कोठामा राख्नु पर्छ।एउटा खोरमा एउटा मात्र व्याउने माउ राख्नु पर्छ ।

    . वंगुरको गोठ/ खोरको दुर्गन्ध नियन्त्रण कसरी गर्ने ?

    वंगुरको खोर निर्माण गर्दा मलमूत्र एवं सफा गरेको पानी सलक्क बग्ने गरी बनाउनु पर्छ ।
    नियमित रुपले खोर सफा गरेर फिनाइलझोल वा चून छर्ने गर्नु पर्छ ।

    . वंगुर पालन गर्ने खोरमा दाना खुवाउने/दिने भाडा वा ठाउँ कस्तो हुनु पर्छ ?

    दाना / आहार वंगुरले खाने वेला खेर फाल्न नसक्ने गरी सफा गर्न सजिलो हुने पक्का ढलान गरी निर्माण गर्नु पर्छ।डुडको चौडाई साढे एक देखि दुई फिट र लम्वाई आवश्यकता अनुसार वनाउनु पर्छ ।

    . वंगुरको लागि नमुना गोठ निर्माण गर्न के गर्नु पर्ला ?

    वंगुरपालनको लागी गोठ/खोरमा लगानी स्थायी र खर्चिलो हुने हुदाँ राम्रो ध्यान दिनु पर्छ ।
    वंगुर पालनको योजना अनुसार गोठ/खोर को नमुना जिल्ला पशु सेवा कार्यालय बाट (प्राविधिक ज्ञान र नक्सा) पाईन्छ ।

    . व्याउने माउ र वच्चासंगै राख्नु हुन्छ ?

    व्याउने माउलाई छुट्टै र मासुका लागि पालिएका छतौराहरुलाई छुटै कोठामा राख्नु पर्छ ।

    . वंगुरको खोर/गोठ निर्माण गर्दा ध्यान दिनु पर्ने विषयहरु के के हुन ?

    वंगुरको खोर/गोठ पक्का ढलान भुई भएको घमाइलो र ओभानो ठाउँ हुनु पर्छ ।
    खोर/गोठको पर्खाल वलियो हुनु पर्छ ।

    . वंगुरको मलमुत्रबाट गोवर ग्याँस निकाल्न सकिन्छ ?

    वंगुरको मलमुत्रबाट गोवर ग्याँस उत्पादन हुन्छ साथै खेतीपातीको लागि वंगुरको मलले उर्वरा शक्ति बढाउछ ।

    .वंगुर पालनमा लागेका किसानले सरकारी सहयोग कसरी पाउछ ?

    युवा कृषक, कृषक समूह, कृषक समितिहरुलाई जिल्ला पशु सेवा कार्यालय मार्फत प्राविधिक ज्ञान गोठ, आहार व्यवस्थापन एवं आर्थिक सहयोग उपलब्ध हुन्छ ।
    व्यावसायिक कृषकहरुले जिल्ला पशु सेवा कार्यालयमा समय समयमा सम्पर्क राख्नु पर्छ ।

    . वंगुरको गर्भ अवधि कति दिनको हुन्छ ?

    औषतमा वंगुरको गर्भ अवधि ११४ दिन वा (३ महिना ३ हप्ता र ३ दिन) हो ।

    . मासुको लागि पालिने वंगुर पनि त्यस्तै छिटो वढ्छ त ?

    राम्रो आहाराको व्यवस्था भएको वंगुर गोठमा मासुको लागि राखिएको वंगुर ९०–१०० के.जी. सम्मको हुन्छ ।

    . एक वर्षमा एउटा माउ वंगुरले कति पल्ट व्याउछ ?

    एक वर्षमा एउटा राम्रो स्वस्थ्य माउले कम्तीमा २ पल्ट वच्चा दिन्छ ।

    . एउटा माउ वंगुरले कति वटा सम्म पाठा / पाठी पाउछ ?

    एक वर्षमा एउटा राम्रो स्वस्थ्य माउले कम्तीमा २ पल्ट वच्चा दिन्छ ।

    . अहारालाई मासुमा परिवर्तन गर्ने क्षमता अन्य पशु भन्दा वंगुरमा राम्रो हुन्छ भन्छन के हो ?

    हो, अन्य मासु उत्पादनका लागि पालिने पशु भन्दा वंगुरले २.५–३ के.जी. अहाराबाट १ के.जी. मासुमा परिवर्तन गर्ने क्षमता राख्दछ ।यो अन्य पशुको भन्दा राम्रो हो ।

    . नेपालमा फस्टाएका वंगुरको उन्नत जातहरु के के हुन ?

    किसानले मन पराएका वंगुरको राम्रो जातहरु निम्न छन्ः
    * ल्याण्डरेस
    * योर्कशायर
    * ह्याम्पसायर
    * पाख्रीवास कालो एवं स्थानीयमा
    * च्वाचे (पहाड)
    * हुर्रा (तराई)

    बंगुर पाल्ने क्षेत्रको अवस्थिति व्यवस्थापन :
    सकभर बंगुर पालिने फार्म मानव बस्ती, धान खेती हुने फाँट भन्दा टाढा नै हुनु वेश । अझ एउटा बंगुर फार्म भन्दा अर्को बंगुर फार्मको दुरी क्रमिक ३–५ कि.मि. राखेमा बंगुर तथा बंगुरको खोर तथा फार्महरुमा रोगको ओसार पसार न्युन हुन सक्छ ।

    पहिलेनै बंगुर पाली राखेको बंगुर फार्म वा खोरमा नयाँ बंगुरका पाठा पाठी मिसाउन परेमा तपाईंले पाली राखेका बंगुरहरुमा अवलम्बन गर्नुपर्ने उचित जैविक सुरक्षा अपनाएर पानि अन्यत्रबाट नयाँ बंगुर मिसाउदा रोग भित्रिने खतरा हुन सक्छ । संक्रमण अन्यत्रबाट बंगुरका पाठापाठी ल्याउन परे सकभर एउटै बथानबाट ल्याउनु उचित हुन्छ । थरी थरीका बथानबाट बटुली ल्याएका पाठा पाठीबाट विभिन्न खाले रोग भित्रिन सक्छ । यसरी ल्याइने बंगुरका पाठा पाठी पनि उचित स्वास्थ्य परिक्षण गरि, दक्ष पशु चिकित्सकबाट स्वास्थ्य सम्बन्धी सवै अभिलेख प्रमाणित भएको अुन आवश्यक हुन्छ ।
    ल्याइएका नयाँ बंगुरलाई ६–८ हप्ता सम्म आफ्नो पुरानो मुल बथानबाट ५ कि.मि. टाढा छुट्टाएर राखिनु पर्छ । यस अवधिमा स्वास्थ्य सम्बन्धी कुनै कैफियत नदेखिएमा मात्र पुरानो बथान पालेको ठाउँमा मिसाउनु पर्छ । प्रत्येक खोरमा काम गर्ने कामदारका लागि बुट लागाएको बेग्लै व्यवस्था गर्नु उचित हुन्छ । एउटा खोरको क्रम सकाएपछि कामदारले गर्नुपर्ने व्यक्तिगत सरसफाई, खोर गोठको भूँइ, पर्खाल, दाना पानीका भाँडाको नियमित निर्मलिकरण, निसंक्रमण गर्नु त परि हाल्यो । हुर्काएर बेच्ने गरी बंगुर पाल्ने हो भने एकै पटक हुल्ने, एकै पटक बेच्ने पद्दति उचित हुनेछ ।

    बंगुर पालन क्षेत्रमा अन्य जनावर निषेध :
    बंगुर पालिने फार्म÷खोर नजिक अन्य छाडा बंगुर, कुकुर, बिरालो, चिल, काग आदि जस्ता जीव जान्तुको प्रवेश निषेध गर्नु उचित हुन्छ । झिंगा, लामखुट्टे, किर्ना, उपिँया, मुसा, छुचुन्द्रो जस्ता किरा फट्यांग्रा अनी शत्रु जीवहरुको नियमित नियन्त्रण उपाय अवलम्बन गर्नाले पनि रोग नियन्त्रणमा सहयोग नै पु¥याउछ ।

    निम्न कुराको बंगुरपालन फार्म तथा खोर गोठमा पहुँच न्युनिकरण एवं व्यवस्थीत गरिनुपर्छ :

    *पाहुना पर्यटकः बंगुर पालन व्यवस्थासँग सम्बन्धीत पूर्व निर्धारित व्यक्तिहरुलाई मात्र आफ्नो फार्म÷गोठको सुरक्षा प्रयोजन अनुसार मात्र प्रवेश गराउनु पर्छ । जथाभावी मानिसहरुलाई अवलोकन गराउने हो भने अन्यत्रका रोग खोरमा भित्रने सम्भावना हुन्छ । यसरी आवश्यकता वाहिरका व्यक्ति बंगुर खोरमा लैजान परे राम्ररी सफा गरि आवश्यक निसंक्रमण तथा निर्मलीकरण गरी फार्ममा प्रवेश गर्दा लगाउने लुगा, जुत्तालाई लैजानु उचिन हुनेछ । तपाई आफैं पनि अन्य बंगुर फार्म तथा खोरमा जथाभावी नजानु नै वेश ।

    जैविक सुरक्षा बंगुर पालनका लागि:
    —बंगुर पालन फार्म गोठ, खोरमा काम गर्ने कामदारका लागिः प्रत्येक किसिम तथा खोरका लागि सकभर छुट्टै कामदारको व्यवस्था गरिनु उचित हुन्छ । कामदारको व्यक्तिगत सरसफाई बंगुरलाई रोग लाग्नबाट बचाउने पूर्व शर्त मानिन्छ । खोरमा पसी काम गर्दा लगाउने लुगा तथा जुत्ता भिन्न व्यवस्था गरिनु पर्छ । एउटा खोरमा काम गरि सकेपछि अर्को खोरमा सोही कामदार पठाउन परे राम्ररी नुहाई छुट्टै लुगा लगाई जानु पर्छ ।
    बंगुरलाई उपचार गर्ने प्राविधिक चिकित्सक पनि निश्चित तोकिनु पर्छ । धेरै बंगुर फार्म चाहारी घुम्दै उपचार गरि हिड्नेलाई यसको जिम्मा नदिदा वेश । औषधि खुवाउन, लगाउन प्रयोग गरिने औजार सकभर फरक पार्नु नै उचित । सो नभए एक पटक प्रयोग पछि सफा गरि निर्मलिकरण अनि निर्मलिकरणमा पछिमात्र प्रयोग गर्नु उचित हुन्छ ।
    — बंगुरका दानाका लागि प्रयोग गरी बोरा, सकभर गोठै पिच्छे साटफेर नगर्नु नै उचित ।
    — ढुवानीका सवारी साधन: कुनै पनि प्रयोजनका लागि प्रयोग गरिने यी साधन बंगुरपालन फार्म खोर सम्म प्रवेश गर्दा उचित सफाई निर्मलिकरण निसंक्रमण गर्नु पर्ने अनिवार्य हुन्छ ।

    निषेधात्मक औषधि उपचार एवं स्वास्थ्य व्यवस्थापन :
    बंगुर पालन गरिने क्षेत्रमा स्थानीय स्तरमा स्थापीत सरुवा तथा संक्रमक रोग, परजीवीको खोप बंगुरको उमेर, समय तालिका अनुसार आंशिक व्यवस्थापन गर्नु उचित हुनेछ । बेला बेलामा बंगुरको उमेर समुह अनुसार परजीवीको औषधि दिनै पर्ने हुन्छ । अनी पो भन्ने योर्कशायर लैण्डस, धराने काले बंगुरको ग्रेन, मासु बेच्दा नोटैनोट ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer