मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो ।
मोटोपना, शारीरिक गतिविधिमा कमी र अस्वस्थकर आहार (Unhealthy Diet) यसका प्रमुख कारणहरू हुन् ।ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ ।
यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ।
लक्षण
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।
मधुमेहबाट बच्ने उपाय
१ शरिरको तोैल सन्तुलित राख्ने
२ चिनीजन्य परिकार कम खाने
३ चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
४ धेरै गुलिया फलफूल कम खाने
५ पेय पदार्थ नखाने
६ फ्राइ तथा पोलेका परिकार कम खाने
७ धुम्रपान–मद्यपान नगर्ने
८ नियमित व्यायाम गर्ने




