सिड्नी
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सिड्नीको ओलम्पिक पार्कमा आयोजना गरिएको कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सल्लाहकार कुलप्रसाद नेपालले एनआरएन नागरिकताको परिकल्पना संविधानले गरेको बताउनुभयो । उहाँले हाल एनआरएन नागरिकतामा केही समस्याहरु देखिएका भएपनि समयक्रममा यी समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
मञ्चका सदस्य भुवन पाण्डेले संयोजन गर्नुभएको कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डे, एनआरएन आइसीसीका उपाध्यक्ष डा बिनोद श्रेष्ठ, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी र एमाले काभ्रे जिल्ला कमिटीका पूर्व सचिव नारायण पाण्डेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा एनआरएन आइसीसीमा नियुक्त सल्लाहकार रमेश पाण्डे, आइसीसी सदस्य राम घिमिरे, आइटी तथा इन्जिनियरिंग टास्कफोर्स प्रमुख होम पाण्डे तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटि सदस्यमा मनोनीत माधव शाहलाइ सम्मान समेत गरिएको थियो ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सदस्यहरु र उहाँहरुको परिवार तथा नेपालबाट आउनुभएका अभिभावकहरु र मन्चका शुभचिन्तकहरुको सहभागिता रहेको कार्यक्रममा करिब २ सय जनाको उपस्थिति रहेको मत्र्चका सचिव एवं कार्यक्रम सञ्चालक प्रकाश पन्थीले जानकारी दिनुभयो ।






