• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, बैशाख २७, २०८३
☰
आइतबार, बैशाख २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: कालिकोट


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • जुम्ला जिल्लाको तिब्रीकोट गाविस बिभाजन भएर बनेको जिल्ला कालिकोट कर्णाली प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी जिल्लामा राखिएको छ यस जिल्लाको क्षेत्रफल १,७४१ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ७३८ मिटर देखि ४,७९० मिटर उचाइबीच अवस्थित रहेको छ । यस जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकामा अवस्थित मान्म बजार  हो । भौगोलिक रुपमा यो जिल्ला  २९ º ५’ देखि २९ º २८’ उत्तरी अक्षांस र ८१º २८’ देखि ८२º २’ पूर्वी देशान्तरका बीच अवस्थित रहेको छ । यस जिल्लामा छ वटा गाउँपालिका र तीन नगरपालिका गरी जम्मा नौ वटा स्थानीय तह  रहेका छन् साथै प्रतिनिधी सभाको लागि एक र राष्ट्रिय सभाको लागि दुइवटा निर्वाचन क्षेत्र रहेका छन्। यस जिल्लाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा अछाम जिल्ला उत्तरमा मुगु र बाजुरा जिल्ला, तथा दक्षिणमा सल्यान सुर्खेत जिल्लासंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १४५,२९२ जना रहेको छ भने जनघनत्व ८३ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९८.९०% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.५७ % रहेको छ भने कूल जनसंख्याको २.९ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७२.७ % रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा क्षेत्री, ठकुरी, विश्वकर्मा, ब्राह्मण, परियार, मिजार, सन्यासी, कुमाल, मगर, सुनुवार  आदि   रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख नेपाली, खस, मगर खाम, मगर ढुट आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा पन्चदेवल (खाँडाचक्र३,४,५) कोटदरवार, पचाल झरना, चुलीमाई मन्दिर, ओउगमाई मन्दिर, पन्चदेवल (चिल्खाया १), वासुधारा, शिवनाथ मन्दिर, पन्चदेवल(महल मुडी) शिवलिंगमन्दिर, कालिका मन्दिर, महाबू लेक, भवानी धाम, चुलीमालिकाबडीमालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर  (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर,  कृष्ण मन्दिर, देउली,  रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि रहेका छन्   । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन, पदयात्रा, आदि रहेका छन् ।

    यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा सप्तकर्णालीका सहायक नदीहरु हुम्ला कर्णाली र तिला तथा अन्य टिप्गाड खोला, खुलालु गाड, सन्नीगाड, पादमगाड, खल्लागाड’, रुरुबच्चु गाड, भर्तागाड, फागोटीगाड, टाकुल्ला खोला, सिमलागाड खोला, घट्टेगाड, आदि रहेका छन् ।

    यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, व्यापार, प्रवास गमन, पर्यटन आदि  रहेको छ। भिरालो जमिनमा निकै कम मोटाई भएको चिम्त्याइलो, दोमट, बलौटे दोमट बलौटे र कंकणयुक्त माटो पाइने यस जिल्लाको कूल २०,२६५ हेक्टर कृषियोग्य जमिनमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर, मास मुसुरो, सिमी, भट्मास, चना, केराउ जस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा अदुवा, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी, मह आदि रहेका छन ।  जिते बजार, लालीघाट बजार, हुलमा बजार, मोल्फा बजार, नागमा बजार, सन्नीघाट बजार, पिली बजार, जारकोट बजार, पादमघाट बजार आदि यस जिल्लाका प्रमुख बजार तथा व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम सून्य डिग्री सेल्सियस बाट तलसम्म सम्म पनि  झर्ने गर्दछ साथै बार्षिक औशत बर्षा ७३० मिलिलिटर हुने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति कोणधारी वनस्पति तथा लेकाली वनस्पति पाइन्छ  । यस जिल्लाका मुख्य वन पैदावरहरुमा बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, चिलाउने, कटुस चांप, ओखर पिपल टिमुर आदि पर्दछन् जिल्लामा पाइने वन्यजन्तु तथा पंक्षीहरुमा घोरल, रतुवा बाँदर, लंगुर, बाघ, दुम्सी, भालु, मलसाँप्रो, झारल, कर्णालीमा कत्ला नभएका माछा, कस्तुरी, हिमचितुवा, ब्वाँसो गोहोरो, डांफे, मुनाल, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि पर्दछन्।

    जिल्ला परिचय अन्तरगत यो बैसठ्ठीऔँ  शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २१ गते साेमवार:

    • ३.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ४.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ६.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer