• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आर्थिक सङ्कटको मारमा पोखरा, योजना सम्झौता बन्द


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • कास्की । आन्तरिक आम्दानी लक्ष्यभन्दा कम र सङ्घ र प्रदेश सरकारको अनुदानसमेत घट्ने निश्चित भएपछि पोखरा महानगर आर्थिक सङ्कटमा परेको छ । सङ्कट टार्न महानगरले प्रमुख स्तरीय निर्णय गरी सबै वडा र महाशाखाहरूलाई छ बुँदे निर्देशन दिएको छ ।

    Advertisement

    चालु आर्थिक वर्षमा महानगरको बजेट आठ अर्ब ७७ करोड छ । आन्तरिक राजस्व र प्रदेश र सङ्घका अनुदान घट्ने भएपछि महानगरका प्रमुख धनराज आचार्यले प्रमुख स्तरीय निर्णय गरी यो आर्थिक वर्षका लागि रातो किताबमा परेका तर सम्झौता हुन बाँकी रहेका योजनाको सम्झौता नगर्ने निर्णय गर्नुभएको हो ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेको परिपत्रमा निर्देशनलाई कडाइका साथ पालना गर्न भनिएको छ । परिपत्रमा भनिएको छ, “यस वर्षको खर्चमा कटौती गर्ने गरी महानगर प्रमुख स्तरीय निर्णय भएकाले कडाइका साथ कार्यान्वयन गर्न अनुरोध छ ।”

    योजनाहरूमा छुट्टाइएको कन्टिन्जेन्सी रकम खर्च नगर्न, थप योजनामा रकमान्तर नगर्न, कुनै योजनामा बचत भएको रकम अन्य योजनामा रकमान्तर नगर्न, प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन महानगरले निर्देशन दिएको छ । महानगरले अहिले कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रमको बजेटसमेत कटौती गरेको छ ।

    “कार्यक्रम खर्च तथा योजनाहरू २५ प्रतिशत कटौती गरेर मात्र सम्झौता÷कार्यान्वयन गर्ने,” परिपत्रमा उल्लेख छ । यो निर्णयले अहिले महानगरलाई योजना सम्पन्न भएपछि भुक्तानी दिन नसक्ने र आर्थिक वर्षको अन्तिममा असारे विकास भन्दै गरिने आलोचनाबाट बचाउने छ । तर, एक चौथाइ बजेट कटौती हुँदा कार्यान्वयनमा रहेका योजना र कार्यक्रमहरूको गुणस्तरमा उल्लेख्य कमी आउने पक्का छ ।

    चालु वर्षमा महानगरले दुई अर्ब २७ करोड आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको थियो । बिहीबारसम्म करिब ६८ करोड मात्र आन्तरिक राजस्व उठेको छ । सङ्घ, प्रदेश सरकारले दिने समानीकरण अनुदानसमेत एक चौथाइ घट्ने अनुमान छ । चालु आर्थिक वर्षमा तीन हजारभन्दा बढी योजना र कार्यक्रम समेटेको महानगरले अघिल्लो आर्थिक वर्ष सकिएका योजनाकै ३२ करोड भुक्तानी गर्न बाँकी छ ।

    महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना परिस्थितिजन्य कारणले यस्तो निर्णय भएको जनाउँदै नगरी नहुने योजनाहरू नरोकिने प्रस्ट पार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “न अपेक्षा अनुसार राजस्व उठ्यो, न सङ्घ र प्रदेशको अनुदान पहिले जति आउने अवस्था रह्यो । पछि अप्ठेरो व्यहोर्नु भन्दा अहिले नै सचेत गराएका हौँ ।”

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer